कडा मेहनत गर्नुहोस्

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् कडा मेहनत गर्नुहोस्

हितोपदेश 21 : 5
5 लगनशीलको योजनाहरूले लाभ गराउनेतर्फ उन्‍मुख गराउँछ, त्‍यसरी नै हतार गर्नाले दरिद्रतामा पुगिन्‍छ।

कलस्सी 3 : 23
23 तिमीहरू जे गर्छौ दिलोज्‍यानले गर्ने गर, मानिसको होइन, तर प्रभुको सेवा गरेजस्‍तै,

हितोपदेश 10 : 4
4 अल्‍छे हातहरूले मानिसलाई कङ्गाल तुल्‍याउँछन्, तर लगनशील हातहरूले सम्‍पत्ति आर्जन गर्छन्‌।

हितोपदेश 13 : 4
4 अल्‍छेले लालसा गर्छ र त्‍यसलाई केही पनि मिल्‍दैन, तर लगनशीलका इच्‍छाहरू पर्याप्‍त रूपले पूरा गरिन्‍छ।

प्रेरित 20 : 35
35 मैले सबै कुरामा तपाईंहरूलाई उदाहरण दिएको छु, कि तपाईंहरूले पनि यसरी नै कड़ा परिश्रम गरेर निर्धाहरूलाई मदत गर्नुपर्छ। प्रभु येशूको वचन याद राख्‍नुहोस्, कसरी उहाँ आफैले भन्‍नुभएको छ, कि लिनुभन्‍दा दिनु अझ धन्‍य हो।”

उपदेशक 9 : 10
10 तिम्रो हातमा जे काम छ त्‍यो आफ्‍नो पूरा शक्तिले गर, किनभने चिहानमा, [1] जहाँ तिमी जान्‍छौ, त्‍यहाँ न त केही गर्ने, न योजना गर्ने, न ज्ञान, न बुद्धि नै हुन्‍छ।

हितोपदेश 14 : 23
23 सबै कठोर परिश्रमले लाभ हुन्‍छ, तर कुरै मात्र गर्नेचाहिँ दरिद्रतामा पुग्‍छ।

१ तिमोथी 5 : 8
8 यदि कसैले आफन्‍तहरूको र विशेष गरी आफ्‍नै परिवारको पालनपोषण गर्दैन भनेता त्‍यसले विश्‍वासलाई इन्‍कार गर्दछ, र विश्‍वास नगर्नेहरूभन्‍दा पनि खराब हुन्‍छ।

१ थेसलोनिकी 4 : 11
11 हामीले तिमीहरूलाई आज्ञा दिएझैँ, तिमीहरू शान्‍त रहने, आफ्‍नै धन्‍धाको फिक्री गर्ने र आफ्‍नै हातले काम गर्ने प्रयत्‍न गर,

हितोपदेश 12 : 11
11 आफ्‍नो खेतबारी खनजोत गर्नेको प्रशस्‍त खानेकुरा हुन्‍छ, तर कल्‍पनाका पछि लाग्‍ने विनासमझको हुन्‍छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *