ओरियन

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् ओरियन

आमोस 5 : 8
8 (किरकिटी र मृगशिरा तारा-समूहलाई सृजनुहुने, र घोर अन्‍धकारलाई प्रभातकालको उज्‍यालोमा परिवर्तन गर्नुहुने, दिनलाई अँध्‍यारो पारेर रात बनाउनुहुने, जसले समुद्रको पानीलाई बोलाउनुहुन्‍छ र त्‍यसलाई जमिनमा खन्‍याउनुहुन्‍छ— उहाँको नाउँ परमप्रभु नै हो।

अय्‍यूब 38 : 31
31 “के तँ किरकिटी ताराहरूलाई बाँध्‍न सक्‍छस्‌? अथवा मृगशिराको पुञ्‍जलाई फुकाल्‍न सक्‍छस्‌?

अय्‍यूब 9 : 9
9 उहाँले सप्‍तर्षि, मृगशिरा र किरकिटी ताराहरू र दक्षिणका तारागण बनाउनुभयो।

अय्‍यूब 38 : 31 – 32
31 “के तँ किरकिटी ताराहरूलाई बाँध्‍न सक्‍छस्‌? अथवा मृगशिराको पुञ्‍जलाई फुकाल्‍न सक्‍छस्‌?
32 के तैंले ग्रह नक्षत्रहरूलाई तिनका ऋतु-ऋतुमा निकाल्‍न सक्‍छस्‌? अथवा सप्‍तर्षि-तारा र तिनका दललाई डोर्‍याउन सक्‍छस्‌?

यशैया 40 : 26
26 तिमीहरूका आँखा माथि उठाएर आकाशलाई हेर, यी सबै कसले बनाएका हुन्‌? उहाँले नै होइन र, जसले पुञ्‍जलाई एक-एक गरी ल्‍याउनुहुन्‍छ र प्रत्‍येकलाई नाउँ काढ़ी बोलाउनुहुन्‍छ। उहाँको ठूलो शक्ति र शक्तिशाली सामर्थ्‍यको कारण तिनीहरूमध्‍ये एउटै पनि हराउँदैन।

भजनसंग्रह 8 : 1 – 9
1 सङ्गीत-निर्देशकको निम्‍ति गित्तितअनुसार दाऊदको भजन [1] हे हाम्रा सर्वमान्‍य परमप्रभु, सारा पृथ्‍वीभरि तपाईंको नाउँ कति महिमित छ! तपाईंका महिमाको स्‍तुतिगान उच्‍च स्‍वर्गमा हुँदछ।
2 शिशुहरू र दूधे-बालकहरूका ओठबाट तपाईंले पूर्ण प्रशंसा निकाल्‍नुभएको छ, तपाईंका शत्रुहरूका कारणले, अनि शत्रु र प्रतिपक्षीलाई चूप गराउनलाई तपाईंले यसो गर्नुभएको छ।
3 जब म तपाईंको हातले बनाएको आकाशलाई, र तपाईंले स्‍थापित गर्नुभएका जून र ताराहरूमाथि विचार गर्छु,
4 मानिस के हो, र तपाईं त्‍यसको वास्‍ता राख्‍नुहुन्‍छ? मानिसको छोरो के हो, र तपाईं त्‍यसको फिक्री गर्नुहुन्‍छ?
5 तपाईंले त्‍यसलाई स्‍वर्गीय प्राणीहरूभन्‍दा केही मात्र सानो बनाउनुभयो, र त्‍यसलाई महिमा र आदरको मुकुट पहिराउनुभएको छ।
6 आफ्‍नो हातका कामहरूमाथि तपाईंले त्‍यसलाई शासक बनाउनुभएको छ। सबै थोक तपाईंले त्‍यसका पैतालामुनि राखिदिनुभएको छ—
7 सबै भेड़ाबाख्रा र गाई-गोरु र वनका सबै पशुहरू,
8 आकाशका पक्षीहरू र समुद्रका माछाहरू र समुद्रभित्र पौड़ने सबै जन्‍तुहरू।
9 हे हाम्रा सर्वमान्‍य परमप्रभु, सारा पृथ्‍वीभरि तपाईंको नाउँ कति गौरवमय छ!

भजनसंग्रह 147 : 4
4 उहाँले ताराहरूको संख्‍या निश्‍चित गर्नुहुन्‍छ, र एक-एकलाई आ-आफ्‍नो नाउँ दिनुहुन्‍छ।

२ पत्रुस 1 : 21
21 किनकि मानिसको इच्‍छाबाट कुनै अगमवाणी आएन, तर पवित्र आत्‍माबाट प्रेरणा पाएर मानिसहरूले परमेश्‍वरको तर्फबाट बोलेका हुन्‌।

यशैया 40 : 22
22 उहाँ पृथ्‍वीको परिधिभन्‍दा माथि विराजमान हुनुहुन्‍छ, र पृथ्‍वीका मानिसहरूचाहिँ फटेङ्‌ग्राजस्‍तै छन्‌। उहाँले आकाशलाई पर्दाझैँ फिँजाउनुहुन्‍छ, अनि त्‍यसमा वास गर्नलाई पालझैँ त्‍यो फैलाउनुहुन्‍छ।

यशैया 34 : 7
7 अर्नाहरू तिनीहरूसित, र बाछाहरू र ठूला-ठूला साँढ़ेहरू सोतर हुन्‍छन्‌। तिनीहरूका देश रगतले निथ्रुक्‍क हुनेछन्‌ र तिनीहरूको बोसोले सम्‍पूर्ण माटो भरिनेछ।

भजनसंग्रह 29 : 6
6 उहाँले लेबनानका पर्वतहरूलाई बाछालाई जस्‍तै, र सिरिओन पर्वतलाई [1] जङ्गली साँढ़ेजस्‍तै उफार्नुहुन्‍छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *