यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् ओक रूख
उत्पत्ति 35 : 4
4 यसकारण तिनीहरूले आफू-आफूसित भएका विदेशी देवताहरू र आफ्ना कानमा भएका कुण्डलहरू याकूबलाई दिए र याकूबले शकेमको नजिकै भएको फलाँटको रूखमुनि ती गाड़िदिए।
२ शमूएल 18 : 9
9 अब दाऊदका कतिपय मानिसहरूले अब्शालोमलाई देखे। तिनी एउटा खच्चरमा चढ़िरहेका थिए, तर जब त्यो खच्चर एउटा ठूलो फलाँटको रूखमुनिबाट भएर गयो, तब अब्शालोमको कपाल हाँगामा अल्झ्यो, तिनी झुण्डिए, अनि खच्चरचाहिँ त्यस हाँगामुनिबाट छिरिगयो।
२ शमूएल 18 : 14
14 योआबले भने, “तँसित मेरो समय फाल्न म चाहन्नँ।” तब योआबले तीन वटा बर्छा लिए, र अब्शालोम रूखमा त्यसरी जिउँदै झुण्डिरहेको बेलामा तिनको छातीमा रोपिदिए।
उत्पत्ति 35 : 8
8 त्यहाँ रिबेकाकी धाई दबोरा मरी, र त्यसलाई बेथेलनेरको फलाँटको रूखमुनि तिनीहरूले गाड़े। त्यसैले त्यस ठाउँको नाउँ अल्लोन-बकुत राखे।
इजकिएल 27 : 6
6 तेरा पतवारहरू तिनीहरूले बाशानका फलाँटका बनाए। साइप्रसका समुद्र-किनारहरूबाट ल्याएका धूपीका काठले तिनीहरूले जहाजका तला बनाए, र त्यसलाई हस्ती-हाड़ले मोहोरे।
आमोस 2 : 9
9 “मैले तिनीहरूका सामुबाट एमोरीलाई सर्वनाश गरिदिएँ, जसको अल्गाइ देवदारुको र बलचाहिँ फलाँटका रूखको जस्तै थियो। मैले त्यसका माथितिरका फल र त्यसका तलतिरका जरा नष्ट पारिदिएँ।
Leave a Reply