यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् एन्थ्रोपोमोर्फिज्म
उत्पत्ति 2 : 3
3 अनि परमेश्वरले सातौँ दिनलाई आशिष् दिनुभयो र त्यसलाई पवित्र तुल्याउनुभयो, किनभने आफूले सृष्टिमा गर्नुभएका सारा कामबाट यसै दिनमा उहाँले विश्राम लिनुभयो।
प्रस्थान 31 : 17
17 म र इस्राएलीहरूका बीचमा त्यो सदाको निम्ति एउटा चिन्ह हुनेछ, किनभने परमप्रभुले छ दिनमा आकाश र पृथ्वी बनाउनुभयो, तर सातौँ दिनमा उहाँले काम छोड़ेर विश्राम गर्नुभयो’।”
उत्पत्ति 2 : 19
19 परमप्रभुले सबै वन-पशु र आकाशका सबै पक्षीलाई भूमिबाट बनाएर मानिसले तिनीहरूको के-के नाउँ राख्दो रहेछ भनी हेर्न तिनीहरूलाई मानिसकहाँ ल्याउनुभयो। र मानिसले हरेक प्राणीलाई जे-जे नाउँ दिए त्यही-त्यही नै त्यसको नाउँ भयो।
उत्पत्ति 6 : 6
6 पृथ्वीमा मानिसलाई बनाउनुभएकोमा परमप्रभुले अफसोस गर्नुभयो, र उहाँ मनमा साह्रै दु:खित हुनुभयो।
प्रस्थान 32 : 14
14 तब आफ्ना मानिसहरूलाई हानि गर्नदेखि परमप्रभुले आफ्नो मन बद्लनुभयो।
न्यायकर्ताहरू 2 : 18
18 जहिले पनि परमप्रभुले तिनीहरूमाथि न्यायकर्ता खड़ा गर्नुभयो, परमप्रभु त्यो न्यायकर्तासँग हुनुहुन्थ्यो, र तिनी बाँचुञ्जेल उहाँले तिनीहरूलाई शत्रुहरूका हातदेखि बचाइराख्नुहुन्थ्यो। किनकि दुर्व्यवहार र अत्याचारमा पर्दा जहिले पनि तिनीहरूले सुस्केरा मार्दथे परमप्रभुले तिनीहरूमाथि दया गर्नुहुन्थ्यो।
१ शमूएल 15 : 35
35 शमूएल आफ्नो मृत्युको दिनसम्मै फेरि कहिल्यै शाऊललाई भेट्न गएनन्, तर तिनी शाऊलको निम्ति शोक गरिरहे। अनि शाऊललाई इस्राएलमाथि राजा तुल्याउनुभएकोमा परमप्रभुले पछितो गर्नुभयो।
२ शमूएल 24 : 16
16 जब स्वर्गदूतले यरूशलेम नष्ट पार्नलाई त्यसतिर आफ्नो हात पसारे, तब त्यस्तो सत्यानाश गर्नदेखि परमप्रभुको मन बदल्यो, र मानिसहरूलाई नाश गर्ने ती स्वर्गदूतलाई उहाँले भन्नुभयो, “बस, भयो। तिम्रो हात थाम।” त्यस बेला परमप्रभुका ती दूत यबूसी अरौनाका खलाको छेउमा उभिरहेका थिए।
१ इतिहास 21 : 15
15 र परमेश्वरले यरूशलेम विनाश गर्न एउटा स्वर्गदूत पठाउनुभयो। तर तिनले त्यो नाश गर्न लाग्दा परमप्रभुले त्यो देखेर त्यस सर्वनाशदेखि मन बद्लेर ती नाश गर्ने स्वर्गदूतलाई भन्नुभयो, “अब भयो! तिम्रो हात थाम!” त्यसै बेला ती स्वर्गदूत यबूसी अरौनाका खलाको छेउमा उभिरहेका थिए।
भजनसंग्रह 106 : 45
45 तिनीहरूका खातिर आफ्नो करार उहाँले स्मरण गर्नुभयो, र आफ्नो प्रशस्त करुणाअनुसार दयालु हुनुभयो।
यर्मिया 26 : 19
19 “के यहूदाका राजा हिजकिया वा यहूदाका अरू कसैले तिनलाई मारे र? अनि के परमप्रभुदेखि डराएर हिजकियाले उहाँको निगाहा खोजेनन् र? के तिनीहरूमाथि ल्याउने विपत्तिदेखि परमप्रभुले आफ्नो मन बद्लनुभएन र? हामीले त आफूमाथि ठूलो सर्वनाश ल्याउन लागेका छौं।”
आमोस 7 : 3
3 यस कुरामा परमप्रभु नरम हुनुभयो। “यसो हुनेछैन,” परमप्रभुले भन्नुभयो।
उत्पत्ति 9 : 16
16 जुन बेला बादलमा इन्द्रेनी देखा पर्छ, म त्यो हेरेर यो सधैँको करारलाई सम्झनेछु, जो परमेश्वर र पृथ्वीका सबै जीवित-जीवातसँग बाँधिएको छ।”
उत्पत्ति 11 : 5
5 मानिसहरूका सन्तानले बनाइरहेका सहर र धरहरा हेर्नलाई परमप्रभु तल ओर्लनुभयो।
उत्पत्ति 11 : 7
7 आओ, तल ओर्लेर गई तिनीहरूको भाषा खलबल पारिदिऔं, र तिनीहरूले एक-अर्काको बोली नबुझून्।”
गन्ती 11 : 25
25 तब परमप्रभु बादलमा तल आउनुभएर तिनीसित कुरा गर्नुभयो, र तिनले आफूसित भएका आत्माबाट केही लिएर ती सत्तरी जना धर्म-गुरुहरूमाथि राखे। अनि तिनीहरूमाथि आत्मा आएपछि तिनीहरूले अगमवाणी गरे। तर पछिपछि त तिनीहरूले त्यसो गरेनन्।
उत्पत्ति 18 : 19
19 किनभने त्यसले आफ्ना छोराछोरीहरू र घरानालाई धर्म र न्याय गरेर परमप्रभुको मार्ग पालन गर्नलाई आज्ञा देओस् भनेर मैले त्यसलाई छानेको छु। यसैले नै परमप्रभुले अब्राहामसित गर्नुभएको प्रतिज्ञा पूरा गरिदिनुहुनेछ।”
उत्पत्ति 18 : 21
21 अब त्यही आवाजअनुसार तिनीहरूबाट यो काम भएको हो कि होइन भनी हेर्नलाई म तल ओर्लेर जानेछु। होइन रहेछ भने मलाई थाहा हुनेछ।”
उत्पत्ति 18 : 33
33 अब्राहामसित कुरा गरिसक्नुभएपछि परमप्रभु गइहाल्नुभयो, र अब्राहामचाहिँ आफ्नो ठाउँमा फर्के।
उत्पत्ति 19 : 29
29 यसरी बेँसीका सहरहरू सर्वनाश गर्नुहुँदा परमेश्वरले अब्राहामलाई सम्झनुभयो। लोत बसेको सहरलाई उहाँले नष्ट पार्नुहुँदा त्यस सर्वनाशको बीचबाट लोतलाई निकाल्नुभयो।
उत्पत्ति 22 : 12
12 उनले भने, “तेरो हात त्यस केटामाथि नउठा”, र “त्यसलाई केही नगर्। अब मैले थाहा पाएँ तैले परमेश्वरको भय मान्दोरहेछस्, किनकि तेरो छोरो, तेरो एकमात्र छोरालाई पनि मबाट तैंले रोकेर राखिनस्।”
उत्पत्ति 28 : 13
13 परमप्रभु त्यसमाथि उभिनुभयो, र याकूबलाई भन्नुभयो, “म परमप्रभु, तेरा पिता अब्राहामका परमेश्वर र इसहाकका परमेश्वर हुँ। जुन भूमिमा तँ ढल्किरहेको छस् त्यो म तँलाई र तेरा सन्तानहरूलाई दिनेछु।
उत्पत्ति 35 : 13
13 तब तिनीसँग कुरा गर्नुभएको ठाउँबाट परमेश्वर उक्लिहाल्नुभयो।
प्रस्थान 2 : 24
24 परमेश्वरले तिनीहरूको सुस्केरा सुन्नुभयो, र अब्राहाम, इसहाक र याकूबसित गर्नुभएको आफ्नो करार सम्झनुभयो।
प्रस्थान 3 : 8
8 यसैले तिनीहरूलाई मिश्रीहरूका हातबाट छुटकारा दिएर त्यस देशबाट एक असल र ठूलो देश, अर्थात् दूध र मह बग्ने देश— कनानी, हित्ती, एमोरी, परिज्जी, हिव्वी र यबूसीहरूका देशमा ल्याउनलाई म ओर्लिएको छु।
Leave a Reply