एक्लै

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् एक्लै

यशैया 41 : 10
10 यसैले नडरा, किनकि म तँसित छु। निरुत्‍साहित नहो, किनकि म तेरा परमेश्‍वर हुँ। म तँलाई बलियो पार्नेछु। म तँलाई सहायता गर्नेछु। मेरो धार्मिकताको दाहिने हातले म तँलाई सम्हाल्‍नेछु।

याकूब 5 : 13
13 के तिमीहरूमा कसैले कष्‍ट भोगिरहेछ? त्‍यसले प्रार्थना गरोस्‌। के कोही आनन्‍दित छ? त्‍यसले प्रशंसाको भजन गाओस्‌।

रोमी 8 : 35 – 39
35 कसले हामीलाई ख्रीष्‍टको प्रेमबाट अलग गर्ने? के सङ्कष्‍टले, अथवा दुःखले, वा खेदोले, वा अनिकालले, वा नग्‍नताले, अथवा खतराले वा तरवारले?
36 यस्‍तो लेखिएको छ, “तपाईंको खातिर हामी दिनभरि मारिन्‍छौं, काटिने भेड़ाहरूजस्‍तै हामीहरू गनिएका छौं।”
37 होइन, यी सबै कुरामा हामीलाई प्रेम गर्नुहुनेद्वारा हामी विजेताहरूभन्‍दा पनि अझ बढ़ी छौं।
38 किनकि म यो पक्‍का गरी जान्‍दछु, कि मृत्‍युले वा जीवनले, स्‍वर्गदूतहरूले वा प्रधानताहरूले, वर्तमानका कुराहरूले वा पछि हुने कुराहरूले, वा शक्तिहरूले,
39 उचाइले वा गहिराइले, वा सारा सृष्‍टिमा भएका कुनै पनि कुराले, ख्रीष्‍ट येशू हाम्रा प्रभुमा भएका परमेश्‍वरको प्रेमबाट हामीलाई अलग गर्न सक्‍नेछैन।

उत्‍पत्ति 2 : 18
18 फेरि परमप्रभु परमेश्‍वरले भन्‍नुभयो, “मानिस एकलो रहन असल छैन। म त्‍यसको निम्‍ति त्‍यसलाई सुहाउने एक जना सहयोगी बनाउनेछु।”

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *