एकल महिला

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् एकल महिला

१ तिमोथी 2 : 9
9 यसै गरी म चाहन्‍छु, कि स्‍त्रीहरूले सरलता र भद्रतासाथ सुहाउँदो वस्‍त्र पहिरून्, केशको बढ़ी सिङ्गार गरेर, सुन, मोती र बहुमूल्‍य वस्‍त्रहरू पहिरेर होइन,

१ कोरिन्थी 7 : 1 – 40
1 अब तिमीहरूले लेखेका कुराहरूका विषयमा: पुरुषले स्त्रीलाई नछुनु नै असल हो।
2 तर व्‍यभिचारसम्‍बन्‍धी परीक्षा अनेक भएका हुनाले हरेक मानिसको आफ्‍नै पत्‍नी होस्, र हरेक स्‍त्रीको पनि आफ्‍नै पति होस्‌।
3 पतिले आफ्‍नी पत्‍नीलाई तिनको वैवाहिक हक देओस्, र यसरी नै पत्‍नीले पनि आफ्‍ना पतिलाई।
4 पत्‍नीले आफ्‍नो शरीरमाथि अधिकार राख्‍दिन, तर उसको पतिले राख्‍छ। यसरी नै पतिले पनि आफ्‍नो शरीरमाथि अधिकार राख्‍दैन, तर उसकी पत्‍नीले राख्‍छे।
5 पति पत्‍नीले आफ्‍नो पारस्‍परिक संसर्गदेखि एक-अर्कालाई इन्‍कार नगर। इन्‍कार गर्‍यौ भने पनि आपसमा सल्‍लाह गरेर केही समयको निम्‍ति मात्र, ताकि तिमीहरू प्रार्थनामा लागिरहन सक। तब फेरि एकसाथ बस, ताकि आत्‍मसंयमको अभावको कारणले शैतानले तिमीहरूलाई परीक्षामा नपारोस्‌।
6 यो म तिमीहरूलाई आज्ञाको रूपमा होइन, तर अनुमतिको रूपमा भन्‍दछु।
7 सबै मानिस मजस्‍तै रहेको म इच्‍छा गर्दछु। तर हरेकलाई परमेश्‍वरबाट विशेष वरदान मिलेको छ, एउटालाई एक किसिमको, अर्कालाई अर्को किसिमको।
8 तर अविवाहित र विधवाहरूलाई म भन्‍दछु, तिनीहरू मजस्‍तै अविवाहित रहे तिनीहरूका निम्‍ति असल हुनेछ।
9 तर तिनीहरूले आफूलाई वशमा राख्‍न सक्‍दैनन्‌ भने तिनीहरूले विवाह गरून्‌। किनभने कामवासनामा जल्‍नुभन्‍दा विवाह गर्नु असल हो।
10 अब विवाहितहरूलाई म कड़ा आज्ञा दिन्‍छु (मेरो आज्ञा होइन, तर प्रभुको आज्ञा हो): पत्‍नी पतिबाट नछुटोस्‌।
11 तर छुट्टिएर बसिहाले तापनि त्‍यसले विवाह नगरोस्, बरु आफ्‍नो पतिसँग मिलाप गरोस्‌। पतिले आफ्‍नी पत्‍नीलाई नत्‍यागोस्‌।
12 तर तिमी अरूहरूलाई म भन्‍दछु (यो मेरो भनाइ हो, प्रभुको होइन), यदि कुनै भाइकी ख्रीष्‍टमा विश्‍वास नगर्ने पत्‍नी छ, र तिनी ऊसँग बस्‍न चाहन्‍छिन्‌ भने, उसले त्‍यसलाई नत्‍यागोस्‌।
13 यदि कुनै स्‍त्रीको ख्रीष्‍टमा विश्‍वास नगर्ने पति छ, र त्‍यो ऊसित बस्‍न चाहन्‍छ भने, तिनले आफ्‍नो पतिलाई नत्‍यागोस्‌।
14 किनकि अविश्‍वासी पति आफ्‍नी पत्‍नीद्वारा पवित्र हुन्‍छ, र अविश्‍वासी पत्‍नी आफ्‍नो पतिद्वारा पवित्र हुन्‍छे, नत्रता तिनीहरूका छोरा-छोरीहरू अशुद्ध हुनेछन्, तर वास्‍तवमा तिनीहरू त पवित्र छँदैछन्‌।
15 तर विश्‍वास नगर्नेचाहिँ छुट्टिन्‍छ भने छुट्टिओस्‌। यस्‍तो अवस्‍थामा त्‍यो ख्रीष्‍टमा विश्वास गर्ने पति अथवा पत्‍नी कुनै बन्‍धनमा रहनेछैन। किनभने परमेश्‍वरले हामीलाई शान्‍तिमा रहन बोलाउनुभएको हो।
16 हे पत्‍नी, तिमीलाई के थाहा! शायद तिमीले आफ्‍ना पतिलाई बचाउन सक्‍छ्यौ कि? अथवा हे पति, तिमीलाई के थाहा! शायद तिमीले आफ्‍नी पत्‍नीलाई बचाउन सक्‍छौ कि?
17 प्रभुले हरेकलाई जस्‍तो जीवन खटाउनुभएको छ र जस्‍तो स्‍थितिमा बोलाउनुभएको छ, सोहीबमोजिम त्‍यो हिंडोस्। सबै मण्‍डलीहरूका निम्‍ति मेरो नियम यही हो।
18 के कोही मानिसको बोलावट हुँदा त्‍यसको अघिबाटै खतना भइसकेको थियो? त्‍यसो हो भने त्‍यसले बेखतना हुन नखोजोस्‌। के कोही खतना नहुँदै बोलावट भएको छ? त्‍यसो भए त्‍यसले खतना हुन नचाहोस्‌।
19 खतना केही होइन, बेखतना पनि केही होइन, तर परमेश्‍वरको आज्ञापालन मुख्‍य कुरा हो।
20 जुन अवस्‍थामा मानिसलाई बोलावट भएको छ, त्‍यसैमा नै हरेक मानिस रहिरहोस्‌।
21 तिम्रो बोलावट हुँदा तिमी कमारा थियौ? यदि थियौ भने त्‍यसको वास्‍ता नगर, तर स्‍वतन्‍त्र हुन सक्‍छौ भने त्‍यसको फाइदा उठाऊ।
22 किनभने प्रभुमा बोलावट हुँदा जो मानिस कमारो थियो, अब त्‍यो प्रभुको स्‍वतन्‍त्र मानिस भएको छ। त्‍यसै गरी बोलावट भएको समयमा जो मानिस स्‍वतन्‍त्र थियो, त्‍यो ख्रीष्‍टको कमारो भएको छ।
23 तिमीहरू मोल तिरेर किनिएका हौ, मानिसहरूका कमारा नबन।
24 यसकारण भाइ हो, जसलाई जस्‍तो अवस्‍थामा बोलावट भएको छ, प्रत्‍येक त्‍यही अवस्‍थामा परमेश्‍वरसँग रहिरहोस्‌।
25 अब कन्‍याहरूका बारेमा प्रभुको आज्ञा मसित केही छैन। तर प्रभुको कृपाद्वारा एउटा विश्‍वासयोग्‍य व्‍यक्तिको हैसियतले म तिमीहरूलाई आफ्‍नो सल्‍लाह दिन्‍छु।
26 वर्तमान सङ्कष्‍टलाई हेर्दा, जुन व्‍यक्ति जस्‍तो अवस्‍थामा छ त्‍यसैमा नै रहे असल होला भन्‍ने म ठान्‍छु।
27 के तिमीले विवाह गरेका छौ? त्‍यसो भए आफ्‍नी पत्‍नीबाट छुट्‌न नखोज। के तिमी अविवाहित छौ? त्‍यसो भए विवाह गर्न नखोज।
28 तर तिमीले विवाह गर्‍यौ भने पनि त्‍यो पाप होइन। कन्‍याकेटीले विवाह गर्दैमा त्‍यसले पाप गरेकी हुँदिन। तरै पनि विवाह गर्नेहरूले यस जीवनमा कष्‍टहरूको सामना गर्नुपर्नेछ, र म तिमीलाई यसदेखि जोगाउन चाहन्‍छु।
29 भाइ हो, मेरो भन्‍ने कुरा यही हो, कि समय थोरै छ, र अब उप्रान्‍त पत्‍नी हुनेहरू पत्‍नी नभएकाहरूजस्‍तै भएर रहून्‌।
30 शोक गर्नेहरू शोक नगरेकाहरूजस्‍ता र हर्ष मनाउनेहरू हर्ष नमनाउनेहरूजस्‍ता भएर रहून्‌। किनमेल गर्नेहरू आफूसँग केही थोक नभएजस्‍तै रहून्‌।
31 र तिनीहरू जसले संसारका थोकहरू उपभोग गर्छन्, तिनमा आफ्‍नो केही चासो नभएजस्‍तै गरून्, किनकि संसारको वर्तमान रूप बितेर जाँदैछ।
32 तिमीहरू सबै निष्‍फिक्री होओ भन्‍ने म चाहन्‍छु। विवाह नभएको मानिसले प्रभुलाई कसरी खुशी तुल्‍याऊँ भनेर प्रभुकै कुराको विषयमा फिक्री गर्दछ,
33 तर विवाह भएको मानिसले पत्‍नीलाई कसरी खुशी राखूँ भनेर संसारका कुराको फिक्री गर्दछ।
34 यस्‍तो मानिसको मन दुईपट्टि लागेको हुन्‍छ। विवाह नभएकी स्‍त्रीले शरीर र आत्‍मा दुवैमा कसरी पवित्र रहूँ भनेर प्रभुकै कुराका विषयमा फिक्री गर्दछे। तर विवाह भएकीले चाहिँ कसरी आफ्‍ना पतिलाई खुशी राखूँ भनी संसारका कुराको फिक्री गर्दछे।
35 यो कुरा तिमीहरूमाथि प्रतिबन्‍ध लाउनलाई होइन तर तिमीहरूका भलाइको लागि नै भनिरहेछु, यस हेतुले कि तिमीहरू एक चित्तका भई प्रभुप्रति भक्तिसाथ ठीक किसिमको जीवन यापन गर्न सक।
36 यदि कुनै मानिसले आफूसँग मगनी भइसकेकी कन्‍यासँग अनुचित व्‍यवहार गरेको ठान्‍छ, र यदि त्‍यस कन्‍याको उमेर पनि ढल्‍कँदैगएको छ भने, उसले विवाह गर्न चाहे विवाह गर्न सक्‍छ। यसमा पाप छैन। तिनीहरूको विवाह हुनैपर्छ।
37 तर जुन मानिसले आफ्‍नो मन पक्‍का गरिसकेको छ, जो कुनै करकापमा परेको छैन, तर आफ्‍नो इच्‍छालाई वशमा राख्‍न सक्‍छ, र जसले कन्‍यालाई विवाह नगर्ने निर्णय गरिसकेको छ, भने— यस्‍तो मानिसले पनि ठीकै गर्दछ।
38 यसरी जसले कन्‍यालाई विवाह गर्छ, उसले ठीकै गर्छ, तर जसले विवाह गर्दैन, उसले अझ असल गर्छ।
39 पति बाँचुञ्‍जेल पतिकै बन्‍धनमा पत्‍नी रहन्‍छे। तर पतिको मृत्‍यु भएपछि त्‍यसले इच्‍छा गरेको व्‍यक्तिसँग त्‍यो विवाह गर्न स्‍वतन्‍त्र हुन्‍छे, तर ऊचाहिँ प्रभुकै जन हुनुपर्छ।
40 तर त्‍यो त्‍यसै बस्‍छे भने झन्‌ सुखी हुन्‍छे, यो मेरो विचार हो, अनि म सम्‍झन्‍छु कि ममा पनि परमेश्‍वरका आत्‍मा हुनुहुन्‍छ।

१ कोरिन्थी 6 : 19
19 तिमीहरूको शरीर पवित्र आत्‍माको मन्‍दिर हो, जुन पवित्र आत्‍मा तिमीहरूले परमेश्‍वरबाट पाएका छौ, र उहाँ तिमीहरूभित्र वास गर्नुहुन्‍छ भन्‍ने के तिमीहरूलाई थाहा छैन? तिमीहरू स्‍वयम्‌ आफ्‍नै होइनौ।

१ कोरिन्थी 11 : 3
3 तर तिमीहरूले यो बुझ भन्‍ने म चाहन्‍छु, कि हरेक मानिसको शिर ख्रीष्‍ट हुनुहुन्‍छ, स्‍त्रीको शिर तिनको पति हो, अनि ख्रीष्‍टको शिर परमेश्‍वर हुनुहुन्‍छ।

१ कोरिन्थी 7 : 7
7 सबै मानिस मजस्‍तै रहेको म इच्‍छा गर्दछु। तर हरेकलाई परमेश्‍वरबाट विशेष वरदान मिलेको छ, एउटालाई एक किसिमको, अर्कालाई अर्को किसिमको।

तीतस 2 : 3
3 यसरी नै वृद्ध स्‍त्रीहरू आचार-व्‍यवहारमा श्रद्धालु हुनुपर्छ, बदख्‍वाइँ नगर्ने, धेरै मद्यपान नगर्ने हुनुपर्छ भन्‍ने आदेश देऊ। जे असल छ, तिनीहरूले त्‍यही सिकाऊन्‌।

उत्‍पत्ति 2 : 18
18 फेरि परमप्रभु परमेश्‍वरले भन्‍नुभयो, “मानिस एकलो रहन असल छैन। म त्‍यसको निम्‍ति त्‍यसलाई सुहाउने एक जना सहयोगी बनाउनेछु।”

१ तिमोथी 2 : 1 – 15
1 सर्वप्रथम म आग्रह गर्दछु, कि सबै मानिसहरूका निम्‍ति नम्र-निवेदन, प्रार्थना र मध्‍यस्‍थ-बिन्‍ती र धन्‍यवाद चढ़ाइऊन्,
2 राजाहरू र सबै उच्‍च पदमा भएकाहरूका निम्‍ति पनि, ताकि हामी निर्धक्‍क र शान्‍तिपूर्ण भएर हरप्रकारले धार्मिक र आदरणीय जीवन बिताउन सकौं।
3 हाम्रा मुक्तिदाता परमेश्‍वरको दृष्‍टिमा यो असल र ग्रहणयोग्‍य छ।
4 सबै मानिसहरूले मुक्ति पाऊन्‌ र तिनीहरू सत्‍यको ज्ञानमा आऊन्‌ भन्‍ने इच्‍छा उहाँ गर्नुहुन्‍छ।
5 किनकि परमेश्‍वर एउटै हुनुहुन्‍छ, परमेश्‍वर र मानिसहरूका बीचमा मध्‍यस्‍थ पनि एउटै हुनुहुन्‍छ— मानिस, ख्रीष्‍ट येशू।
6 उहाँले सबैका छुटकाराका मोलको निम्‍ति आफैलाई सुम्‍पिदिनुभयो, जुन कुराको गवाही ठीक समयमा दिइयो।
7 यसको खातिर म प्रचारक र प्रेरित नियुक्त भएँ, र विश्‍वास र सत्‍यतामा अन्‍यजातिहरूका निम्‍ति चाहिँ शिक्षक। म साँचो भन्‍दछु, म ढाँट्‌दिनँ।
8 यसकारण सबै ठाउँमा पुरुषहरूले पवित्र हात उठाएर विनाक्रोध र विनाविवाद प्रार्थना गरून्‌ भन्‍ने म चाहन्‍छु।
9 यसै गरी म चाहन्‍छु, कि स्‍त्रीहरूले सरलता र भद्रतासाथ सुहाउँदो वस्‍त्र पहिरून्, केशको बढ़ी सिङ्गार गरेर, सुन, मोती र बहुमूल्‍य वस्‍त्रहरू पहिरेर होइन,
10 तर असल कामद्वारा सुसज्‍जित होऊन्, जो परमेश्‍वरको भक्ति गर्ने स्‍त्रीहरूलाई सुहाउँछ।
11 स्‍त्रीले पूर्ण दीनतासाथ चूपचाप बसेर सिकून्‌।
12 तर स्‍त्रीले पुरुषलाई सिकाउने र पुरुषमाथि अधिकार जमाउने काममा म अनुमति दिन्‍नँ, तर तिनी चूपचापै रहून्‌।
13 किनभने आदम नै पहिले सृजिएका हुन्, त्‍यसपछि हव्‍वा।
14 आदम छलिएका होइनन्, तर स्‍त्रीचाहिँ छलिएर अपराधमा फसेकी हुन्‌।
15 तरै पनि, यदि तिनी सुशीलतासाथ विश्‍वास, प्रेम र पवित्रतामा रहिन्‌ भने, बालक जन्‍ममा तिनी बचाइनेछिन्‌।

रोमी 16 : 1 – 27
1 किंक्रियामा भएको मण्‍डलीकी धर्म-सेविका हाम्री बहिनी फिबीको प्रशंसा तिमीहरूको समक्ष गर्दछु।
2 म तिमीहरूलाई निवेदन गर्दछु कि सन्‍तहरूलाई सुहाउने किसिमले तिनलाई प्रभुमा ग्रहण गर, र तिनलाई चाहिएको कुनै पनि सहायता तिनलाई देओ, किनकि तिनी आफैले धेरैको र मेरो पनि सहायता गरेकी छिन्‌।
3 प्रिस्‍का र अकिलास, ख्रीष्‍ट येशूमा मेरा सहकर्मीहरूलाई अभिवादन।
4 तिनीहरूले मेरो निम्‍ति आफ्‍ना जीवन सङ्कष्‍टमा हाले। तिनीहरूलाई मैले मात्र होइन, तर अन्‍यजातिका मण्‍डलीहरू जम्‍मैले पनि धन्‍यवाद दिन्‍छन्‌।
5 तिनीहरूको घरमा भएको मण्‍डलीलाई अभिवादन देओ। मेरा प्रिय इपेनितसलाई, जो ख्रीष्‍टको निम्‍ति एशियाको पहिलो विश्‍वासी हुन्, अभिवादन देओ।
6 मरियमलाई, जसले तिमीहरूका बीचमा घोर परिश्रम गरिन्, तिनलाई अभिवादन देओ।
7 एन्ड्रोनिकस र युनियस, मेरा आफन्‍तहरू र मेरा सङ्गी-कैदीहरूलाई, अभिवादन भनिदेओ। तिनीहरू प्रेरितहरूमध्‍ये प्रख्‍यात छन्, र मभन्‍दा अगाडि ख्रीष्‍टमा भएका थिए।
8 एम्‍प्‍लीआतस, प्रभुमा मेरो प्रियलाई, अभिवादन भनिदेओ।
9 उर्बानस, ख्रीष्‍टमा हाम्रा सहकर्मी, र मेरा प्रिय मित्र स्‍ताखुसलाई अभिवादन भनिदेओ।
10 ख्रीष्‍टको योग्‍य ठहरिएका अपेल्‍लेसलाई अभिवादन भनिदेओ। अरिस्‍तोबुलसको घरकाहरूलाई अभिवादन भनिदेओ।
11 मेरा आफन्‍त हेरोदियनलाई अभिवादन भनिदेओ। प्रभुमा भएका नर्किससका घरानालाई अभिवादन भनिदेओ।
12 प्रभुमा परिश्रम गर्ने त्रुफेना र त्रोफोसालाई अभिवादन भनिदेओ। प्रभुमा अत्‍यन्‍तै परिश्रम गर्ने प्रिय परसीसलाई अभिवादन भनिदेओ।
13 प्रभुमा चुनिएका रूफस र तिनकी आमा, जो मेरी पनि आमा भएकी थिइन्, तिनीहरूलाई अभिवादन भनिदेओ।
14 असिंक्रितस, फ्‍लेगन, हर्मेस, पत्रोबास, हर्मास, र तिनीहरूसँग भएका भाइहरूलाई अभिवादन भनिदेओ।
15 फिलोलोगस, युलिया, नेरियस र तिनकी बहिनी, र ओलिम्‍पास, र तिनीहरूसँग भएका सबै सन्‍तहरूलाई अभिवादन भनिदेओ।
16 एउटाले अर्कालाई पवित्र चुम्‍बनले अभिवादन गर। ख्रीष्‍टमा सबै मण्‍डलीहरूले तिमीहरूलाई अभिवादन पठाएका छन्‌।
17 भाइ हो, म तिमीहरूलाई आग्रहपूर्वक बिन्‍ती गर्दछु, कि तिमीहरूलाई सिकाइएको धर्म-सिद्धान्‍तको विरुद्धमा फूट र बाधा-विघ्‍‌न सृष्‍टि गर्नेहरूलाई नजर राख, र तिनीहरूबाट अलग्‍गै बस।
18 किनभने यस्‍ताहरूले ख्रीष्‍ट हाम्रा प्रभुको निम्‍ति होइन, तर आफ्‍नै पेटको निम्‍ति सेवा गर्दछन्, र तिनीहरूको मीठो-मीठो बोली र कुराले सीधासाधाहरूका हृदयलाई धोका दिन्‍छन्‌।
19 तिमीहरूको आज्ञाकारिता सबै मानिसहरूमा जाहेरै छ, र तिमीहरूको कारण म आनन्‍द गर्दछु। तर म चाहन्‍छु, कि जे असल छ त्‍यसको निम्‍ति तिमीहरू बुद्धिमान्‌ होओ, र जे खराब छ त्‍यसमा दोषरहित रहो।
20 शान्‍तिका परमेश्‍वरले चाँड़ै नै शैतानलाई तिमीहरूका खुट्टामुनि कुल्‍चनुहुनेछ। हाम्रा प्रभु येशू ख्रीष्‍टको अनुग्रह तिमीहरूसँग रहोस्‌।
21 तिमोथी मेरा सहकर्मी, र मेरा आफन्‍तहरू लुकियस, यासोन र सोसिपात्रोसले तिमीहरूलाई अभिवादन पठाएका छन्‌।
22 यो चिट्ठी लेख्‍ने, म तर्तियसले प्रभुमा तिमीहरूलाई अभिवादन पठाउँदैछु।
23 मेरा मेजमान र सारा मण्‍डलीलाई सत्‍कार गर्ने गायसले अभिवादन पठाएका छन्‌। तिमीहरूलाई अभिवादन छ। सहरका कोषाध्‍यक्ष इरास्‍तस र भाइ क्‍वार्टसले तिमीहरूलाई अभिवादन पठाएका छन्‌।
24 [हाम्रा प्रभु येशू ख्रीष्‍टको अनुग्रह तिमीहरूसँग रहोस्‌। आमेन।]
25 अब उहाँलाई, जसले तिमीहरूलाई मेरो सुसमाचार र येशू ख्रीष्‍टका विषयको प्रचारअनुसार सुदृढ़ गराउन सक्‍नुहुन्‍छ, त्‍यस रहस्‍यको प्रकाशबमोजिम, जो युग-युगदेखि गुप्‍त रहेको थियो,
26 तर अब अनन्‍तका परमेश्‍वरको आज्ञाअनुसार अगमवक्ताहरूका लेखाइद्वारा प्रकट गरिएको र जनाइएको छ, यस हेतुले कि सबै जातिहरूले विश्‍वास गरून्‌ र आज्ञापालन गरून्‌—
27 अद्वितीय सर्वज्ञानी परमेश्‍वरलाई येशू ख्रीष्‍टद्वारा सदासर्वदा महिमा होस्‌। आमेन।

तीतस 2 : 4
4 तिनीहरूले तरुणीहरूलाई आ-आफ्‍ना पति र बालबच्‍चाहरूलाई प्रेम गर्न,

फिलिप्पी 4 : 3
3 विश्‍वासी सहकर्मी, म तिमीलाई पनि अनुरोध गर्दछु, कि यी स्‍त्रीहरूलाई मदत गर, किनकि यिनीहरूले मेरो साथसाथै सुसमाचारको काममा क्‍लेमेससँग र मेरा अरू बाँकी सहकर्मीहरूसँग परिश्रम गरेका छन्, जसका नाउँ जीवनको पुस्‍तकमा छन्‌।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *