एक नयाँ सिर्जना

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् एक नयाँ सिर्जना

२ कोरिन्थी 5 : 17
17 यसकारण कोही ख्रीष्‍टमा छ भने त्‍यो नयाँ सृष्‍टि हो। पुरानो बितिगएको छ, हेर, नयाँ आएको छ।

एफिसी 2 : 8 – 9
8 किनभने अनुग्रहबाट विश्‍वासद्वारा तिमीहरूले उद्धार पाएका छौ— र यो तिमीहरू आफैबाट होइन, यो त परमेश्‍वरको वरदान हो—
9 कर्महरूद्वारा होइन, नत्रता मानिसले घमण्‍ड गर्नेछ।

प्रकाश 21 : 1 – 27
1 तब मैले नयाँ आकाश र नयाँ पृथ्‍वी देखें, किनकि पहिलो आकाश र पहिलो पृथ्‍वी बितिगएका थिए। समुद्र त अब छँदैथिएन।
2 अनि मैले परमेश्‍वरबाट दुलहाको निम्‍ति दुलही जस्‍तै गरी सिङ्गारिएर तयार पारिराखेकी, अर्थात्‌ पवित्र सहर, नयाँ यरूशलेम स्‍वर्गबाट तलतिर झरिरहेको देखें।
3 सिंहासनबाट यसो भन्‍ने एउटा चर्को सोर मैले सुनें, “हेर, परमेश्‍वरको वास मानिसहरूसँग भएको छ। उहाँ तिनीहरूसँग वास गर्नुहुनेछ, र तिनीहरू उहाँका प्रजा हुनेछन्, र परमेश्‍वर आफै तिनीहरूका परमेश्‍वर भएर तिनीहरूसँग रहनुहुनेछ।
4 उहाँले तिनीहरूका आँखाको आँसु पूर्ण रूपले पुछिदिनुहुनेछ, र फेरि मृत्‍यु नै हुनेछैन, र शोक र पीडा पनि हुनेछैन। किनकि पहिलेका कुराहरू बितिसकेका छन्‌।”
5 सिंहासनमा विराजमान हुनुहुनेले मलाई भन्‍नुभयो, “हेर, म सबै कुरा नयाँ तुल्‍याउँछु।” उहाँले यसो पनि भन्‍नुभयो, “यो लेख, यी कुराहरू भरपर्दा र सत्‍य छन्‌।”
6 उहाँले मलाई भन्‍नुभयो, “अब सिद्धियो। म अल्‍फा र ओमेगा हुँ, आदि र अन्‍त्‍य म नै हुँ। तिर्खाउनेहरूलाई जीवनका पानीको फुहाराबाट म सित्तैँमा दिनेछु।
7 जसले विजय प्राप्‍त गर्छ त्‍यसले यो उत्तराधिकार पाउनेछ, र म त्‍यसका परमेश्‍वर हुनेछु, र त्‍योचाहिँ मेरो छोरो हुनेछ।
8 तर डरपोकहरू, अविश्‍वासीहरू, घिनलाग्‍दा भएकाहरू, हत्‍याराहरू, व्‍यभिचारीहरू, जादूगरहरू, मूर्तिपूजकहरू र झूटा बोल्‍नेहरू सबैको हिस्‍सा आगो र गन्‍धक दन्‍कने कुण्‍डमा हुनेछ। यो दोस्रो मृत्‍यु हो।
9 तब ती सात अन्‍तिम विपत्तिले भरिएका सात कचौरा हुने सात स्‍वर्गदूतहरूमध्‍ये एक जना आएर मलाई यसो भने, “आऊ, म तिमीलाई थुमाकी पत्‍नी, उहाँकी दुलही देखाउनेछु।”
10 तिनले मलाई पवित्र आत्‍मामा एउटा ठूलो र उच्‍च पर्वतमा लगे, र परमेश्‍वरबाट स्‍वर्गदेखि तलतिर झरिरहेको पवित्र सहर यरूशलेम मलाई देखाए।
11 त्‍यसमा परमेश्‍वरको महिमा थियो, र त्‍यसको चमक बहुमूल्‍य रत्‍नहरू तथा बिल्‍लौर स्‍फटिकजस्‍तो चहकिलो थियो।
12 त्‍यसको वरिपरि ठूलो र अल्‍गो पर्खाल थियो, र त्‍यसमा बाह्र ढोका थिए। ढोकाहरूमा बाह्र स्‍वर्गदूत थिए। ती ढोकाहरूमा इस्राएलका बाह्रै कुलका नाउँ लेखिएका थिए।
13 पूर्वमा तीन ढोकाहरू, उत्तरमा तीन, दक्षिणमा तीन र पश्‍चिममा तीन ढोकाहरू थिए।
14 सहरको पर्खालका बाह्र जग थिए। तीमाथि थुमाका बाह्रै प्रेरितहरूका बाह्र नाउँ लेखिएका थिए।
15 सहर र त्‍यसका ढोकाहरू र पर्खाल नाप्‍नलाई मसँग बोल्‍नेसँग एउटा सुनको नाप्‍ने टाँगो थियो।
16 त्‍यो सहर वर्गाकार थियो। त्‍यसको चौडाइ र लमाइ समान थियो। तिनले त्‍यस टाँगोले नाप्‍दा त्‍यो सहर दुई हजार चार सय किलोमिटर थियो। त्‍यसको लमाइ, चौडाइ र उचाइ बराबर थियो।
17 स्‍वर्गदूतले त्‍यसको पर्खाल पनि नापे, र मानिसले चलाएको नापअनुसार त्‍यो पैँसट्ठी मिटर थियो।
18 त्‍यो पर्खाल बिल्‍लौरले बनेको थियो, र सहरचाहिँ निखुर सुनले बनेको थियो र सफा काँचजस्‍तै त्‍यो चम्‍कन्‍थ्‍यो।
19 पर्खालका जगहरू अनेक किसिमका बहुमूल्‍य रत्‍नहरूले जड़िएका थिए। पहिलो जग बिल्‍लौरको, दोस्रो नीर, तेस्रो हरित रत्‍न, चौथो पन्‍ना,
20 पाँचौँ आनिक्‍स, छैटौँ लालमणि, सातौँ पीतमणि, आठौँ बेरूज, नवौँ पुष्‍पराज, दशौँ लसुने, एघारौँ नीलमणि र बाह्रौँ, कटेलाको थियो।
21 ती बाह्र ढोकाचाहिँ बाह्र मोतीका थिए। प्रत्‍येक ढोका मोतीको थियो। त्‍यस सहरको सड़क चहकिलो शीशाजस्‍तै निखुर सुनको थियो।
22 मैले त्‍यस सहरमा कुनै मन्‍दिर देखिनँ, किनकि त्‍यहाँको मन्‍दिर स्‍वयम्‌ परमेश्‍वर सर्वशक्तिमान्‌ र थुमा नै हुनुहुन्‍छ।
23 त्‍यो सहर उज्‍यालो गराउन सूर्य र चन्‍द्रमाको खाँचो छैन, किनभने परमेश्‍वरको महिमा नै त्‍यसको उज्‍यालो हो। त्‍यहाँको बत्तीचाहिँ थुमा आफै हुनुहुन्‍छ।
24 त्‍यहाँकै उज्‍यालोमा जाति-जातिहरू हिँड्‌डुल गर्नेछन्‌। पृथ्‍वीका राजाहरूले आफ्‍ना वैभव त्‍यसमा ल्‍याउनेछन्‌।
25 दिनमा त्‍यसका ढोकाहरू कुनै किसिमले बन्‍द हुनेछैनन्, र त्‍यहाँ रात नै हुनेछैन।
26 तिनीहरूले जाति-जातिहरूका वैभव र सम्‍मान त्‍यसभित्र ल्‍याउनेछन्‌।
27 तर थुमाका जीवनको पुस्‍तकमा नाउँ लेखिएकाहरूबाहेक कुनै अशुद्ध कुरा, घृणित काम गर्ने र झूट बोल्‍ने कुनै किसिमले पनि त्‍यसभित्र पस्‍नेछैन।

प्रेरित 2 : 38 – 39
38 पत्रुसले तिनीहरूलाई भने, “पश्‍चात्ताप गर, र तिमीहरूका पाप-क्षमाको निम्‍ति येशू ख्रीष्‍टको नाउँमा तिमीहरू प्रत्‍येकले बप्‍तिस्‍मा लेऊ, र तिमीहरूले पवित्र आत्‍माको वरदान पाउनेछौ।
39 किनकि प्रतिज्ञा तिमीहरूका निम्‍ति, तिमीहरूका सन्‍तानको निम्‍ति र टाढ़ा-टाढ़ामा रहेका सबैका निम्‍ति हो, प्रत्‍येक जसलाई प्रभु हाम्रा परमेश्‍वरले बोलाउनुहुन्‍छ।”

२ राजाहरू 2 : 23 – 24
23 त्‍यहाँबाट एलीशा उक्‍लेर बेथलेहेममा गए। जब तिनी बाटोमा गइरहेका थिए, सहरबाट ससाना ठिटाहरू आएर तिनलाई यसो भन्‍दै जिस्‍क्‍याउन लागे, “ए मुडुले, माथि जाऊ। ए मुडुले, माथि जाऊ।”
24 तिनले फर्केर तिनीहरूलाई हेरी परमप्रभुको नाउँमा सराप दिए। तब जङ्गलबाट दुई वटा भालू निस्‍केर तिनीहरूमध्‍येका बयालीस जना ठिटाहरूलाई फहराए।

रोमी 8 : 1
1 यसकारण अब ख्रीष्‍ट येशूमा भएकाहरूलाई दण्‍डको आज्ञा छैन।

१ कोरिन्थी 5 : 7
7 नयाँ ढिका बन्‍नलाई पुरानो खमिरलाई निकाल, किनकि तिमीहरू वास्‍तवमा अखमिरी नै हौ। हाम्रो निस्‍तारको थुमा, ख्रीष्‍टको बलिदान भइसकेको छ।

१ पत्रुस 1 : 23
23 परमेश्‍वरको जीवित र नित्‍य रहने वचनद्वारा, विनाशी होइन तर अविनाशी वीर्यबाट तिमीहरू नयाँ गरी जन्‍मेका छौ।

यूहन्‍ना 3 : 16
16 “किनभने परमेश्‍वरले संसारलाई यस्‍तो प्रेम गर्नुभयो, कि उहाँले आफ्‍ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्‍वास गर्ने कोही पनि नाश नहोस्, तर त्‍यसले अनन्‍त जीवन पाओस्‌।

१ यूहन्‍ना 1 : 9
9 यदि हामीले आफ्‍ना पापहरू स्‍वीकार गर्‍यौं भने उहाँले हाम्रा पाप क्षमा गर्नुहुन्‍छ, र सबै अधर्मबाट हामीलाई शुद्ध पार्नुहुन्‍छ, किनकि उहाँ विश्‍वासयोग्‍य र धर्मी हुनुहुन्‍छ।

एफिसी 2 : 10
10 किनकि हामी असल कामहरूका निम्‍ति ख्रीष्‍ट येशूमा सृजना गरिएका उहाँका हातका सीप हौं। हामी तीबमोजिम हिँड़ौं भन्‍ने हेतुले परमेश्‍वरले पहिलेबाटै ती तयार गर्नुभएको थियो।

२ कोरिन्थी 5 : 21
21 किनकि हामी उहाँमा परमेश्‍वरको धार्मिकता बन्‍न सकौं भनेर पाप नचिन्‍नुहुनेलाई परमेश्‍वरले हाम्रा खातिर पाप बनाउनुभयो।

यूहन्‍ना 3 : 1 – 5
1 फरिसीहरूमध्‍ये निकोदेमस नाउँ भएका एक जना मानिस थिए। तिनी यहूदीहरूका महासभाका एक सदस्‍य थिए।
2 यिनी राती येशूकहाँ आए, र उहाँलाई भने, “गुरुज्‍यू, हामी जान्‍दछौं तपाईं परमेश्‍वरबाट आउनुभएको शिक्षक हुनुहुन्‍छ, किनकि परमेश्‍वर साथमा हुनुभएन भने तपाईंले गर्नुभएका यी चिन्‍हहरू कसैले गर्न सक्‍दैन।”
3 येशूले तिनलाई जवाफ दिनुभयो, “साँच्‍चै म तिमीलाई भन्‍दछु, कोही नयाँ गरी जन्‍मेन भने उसले परमेश्‍वरको राज्‍य देख्‍न सक्‍दैन।”
4 निकोदेमसले उहाँलाई भने, “मानिस बूढ़ो भएपछि कसरी जन्‍मन सक्‍छ र? के त्‍यो आफ्‍नी आमाको कोखमा दोस्रो चोटि पसेर जन्‍मन सक्‍छ?”
5 येशूले जवाफ दिनुभयो, “साँच्‍चै म तिमीलाई भन्‍दछु, कोही पानी र आत्‍माद्वारा जन्‍मेन भने परमेश्‍वरको राज्‍यमा पस्‍न सक्‍दैन।

यूहन्‍ना 5 : 24
24 “साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, जसले मेरो वचन सुन्‍छ र मलाई पठाउनुहुनेमाथि विश्‍वास गर्छ, त्‍यससित अनन्‍त जीवन छ। त्‍यो न्‍यायमा आउँदैन, तर मृत्‍युदेखि त्‍यसले जीवनमा प्रवेश गरेको छ।

यूहन्‍ना 6 : 55 – 59
55 किनभने मेरो देह साँच्‍चै खानेकुरो हो, र मेरो रगत साँच्‍चै पिउने कुरो हो।
56 मेरो देह खाने, र मेरो रगत पिउनेचाहिँ ममा रहन्‍छ, र म त्‍यसमा रहन्‍छु।
57 जसरी जीवित पिताले मलाई पठाउनुभयो, र म पिताको कारणले जिउँछु, त्‍यसै गरी मलाई खाने पनि मेरो कारणले जिउनेछ।
58 स्‍वर्गबाट आएको यो रोटी त्‍यस्‍तो होइन, जो पिता-पुर्खाहरूले खाए तापनि मरेर गए। यो रोटी खानेचाहिँ सधैँभरि जिउनेछ।”
59 उहाँले यी कुरा कफर्नहुमको सभाघरमा शिक्षा दिँदा भन्‍नुभएको हो।

रोमी 8 : 1 – 39
1 यसकारण अब ख्रीष्‍ट येशूमा भएकाहरूलाई दण्‍डको आज्ञा छैन।
2 पाप र मृत्‍युको व्‍यवस्‍थाबाट मलाई जीवनका आत्‍माको व्‍यवस्‍थाले ख्रीष्‍ट येशूमा मुक्त पारेको छ।
3 पापमय स्‍वभावले दुर्बल पारिएको हुनाले व्‍यवस्‍थाले जे गर्न सकेन परमेश्‍वरले गर्नुभयो, अर्थात्‌ उहाँले आफ्‍ना पुत्रलाई पापमय शरीरको स्‍वरूपमा पापबलिझैँ पठाउनुभयो। यसरी उहाँले पापलाई शरीरमा नै दण्‍ड दिनुभयो,
4 यस हेतुले कि व्‍यवस्‍थाको उचित आवश्‍यकता हामीमा पूर्ण होस्, हामी जो पापमय स्‍वभावअनुसार होइन, तर पवित्र आत्‍माअनुसार चल्‍दछौं।
5 किनभने पापमय स्‍वभावअनुसार चल्‍नेहरूले शरीरका कुरामा मन लगाउँछन्, तर आत्‍माअनुसार चल्‍नेहरूले आत्‍माका कुरामा मन लगाउँछन्‌।
6 किनभने, पापमय स्‍वभावमा मन लगाउनुचाहिँ मृत्‍यु हो, तर पवित्र आत्‍मामा मन लगाउनु जीवन र शान्‍ति हो।
7 किनभने पापमय शरीरतिर लागेको मनचाहिँ परमेश्‍वरप्रति शत्रुता हो। परमेश्‍वरका व्‍यवस्‍थाको अधीनमा त्‍यो हुँदैन, न त त्‍यो कहिल्‍यै हुन सक्‍छ।
8 पापमय स्‍वभावको वशमा हुनेहरूले परमेश्‍वरलाई प्रसन्‍न पार्न सक्‍दैनन्‌।
9 यदि साँच्‍चै परमेश्‍वरका आत्‍मा तिमीहरूमा वास गर्नुहुन्‍छ भने, तिमीहरू पापमय स्‍वभावमा होइन, तर पवित्र आत्‍मामा हुन्‍छौ। तर कुनै मानिसमा ख्रीष्‍टका आत्‍मा हुनुहुन्‍न भनेता त्‍यो उहाँको हुँदैहोइन।
10 यदि ख्रीष्‍ट तिमीहरूमा हुनुहुन्‍छ भने, पापको कारणले तिमीहरूका शरीर मरेका भए तापनि तिमीहरूका आत्‍मा धार्मिकताको कारणले जिउँदा हुन्‍छन्‌।
11 तर यदि येशूलाई मरेकाबाट जीवित पार्नुहुनेका आत्‍मा तिमीहरूमा वास गर्नुहुन्‍छ भने, ख्रीष्‍ट येशूलाई मरेकाबाट जीवित पार्नुहुनेले नै तिमीहरूमा वास गर्नुहुने उहाँका आत्‍माद्वारा तिमीहरूका मरणशील शरीरलाई पनि जीवन दिनुहुनेछ।
12 यसैले त भाइ हो, पापमय स्‍वभावअनुसार जिउनलाई हामी पापमय स्‍वभावप्रति बाध्‍य छैनौं।
13 किनकि पापमय स्‍वभावअनुसार जिउँछौ भने, तिमीहरू मर्छौ, तर यदि पवित्र आत्‍माद्वारा शरीरका कार्यहरू तिमीहरूले निर्मूल पार्‍यौ भने, तिमीहरू जिउनेछौ।
14 किनभने सबै, जो परमेश्‍वरका आत्‍माले डोर्‍याइएका हुन्‍छन्, तिनीहरू नै परमेश्‍वरका सन्‍तान हुन्‌।
15 किनभने फेरि डरमा पर्नलाई दासत्‍वको आत्‍मा तिमीहरूले पाएका छैनौ, तर तिमीहरूले धर्मपुत्र हुने आत्‍मा पाएका छौ। यसैले जब हामी परमेश्‍वरलाई “अब्‍बा, पिता” भनी पुकार्छौं,
16 त्‍योचाहिँ हामी परमेश्‍वरका सन्‍तान हौं भनी पवित्र आत्‍माले हाम्रो आत्‍मासँग गवाही दिनुभएको हो।
17 र सन्‍तान हौं भनेता उत्तराधिकारी पनि हौं, परमेश्‍वरका उत्तराधिकारी र ख्रीष्‍टसँग साझे-उत्तराधिकारी। उहाँसँग दुःख भोग्‍छौं भनेता हामी उहाँसँगै महिमित पनि हुनेछौं।
18 म विचार गर्दछु, कि हामीमा जुन महिमा प्रकट गरिनेछ, त्‍यससँग वर्तमान समयका कष्‍टहरू तुलना गर्न योग्‍य छैनन्‌।
19 सृष्‍टि बड़ो उत्‍कण्‍ठाले परमेश्‍वरका पुत्रहरू प्रकट हुने कुराको प्रतीक्षा गर्छ।
20 सृष्‍टि व्‍यर्थताको वशमा पारियो, त्‍यसको आफ्‍नै इच्‍छाले होइन, तर उहाँको इच्‍छाले, जसले त्‍यसलाई वशमा पार्नुभयो, यसै आशामा,
21 कि सृष्‍टि त्‍यसको आफ्‍नै विनाशको बन्‍धनबाट मुक्त गराइनेछ, र त्‍यसले पनि परमेश्‍वरका सन्‍तानको महिमित स्‍वतन्‍त्रता प्राप्‍त गर्नेछ।
22 हामी जान्‍दछौं, सारा सृष्‍टि अहिलेसम्‍म एकसाथ प्रसववेदनाको आर्तनाद गरिरहेछ।
23 सृष्‍टि मात्र होइन, तर हामी आफै पनि, जसमा पवित्र आत्‍माको पहिलो फल छ, सन्‍तानको रूपमा ग्रहण गरिनलाई, अर्थात्‌ हाम्रो देहको उद्धारको निम्‍ति प्रतीक्षा गरेर हामी आफै पनि भित्र-भित्रै आर्तनाद गर्दछौं।
24 किनकि यही आशामा हामीले मुक्ति पाएका थियौं। अब देखिनेचाहिँ आशा त आशा नै होइन। किनकि देखेका कुराको आशा कसले गर्छ र?
25 तर यदि हामी आफूले नदेखेका कुराको आशा गर्छौं भने, धैर्यसाथ हामी त्‍यसको प्रतीक्षा गर्छौं।
26 त्‍यसै गरी पवित्र आत्‍माले पनि हाम्रो दुर्बलतामा सहायता गर्नुहुन्‍छ। कसरी प्रार्थना गर्नुपर्ने हो हामी जान्‍दैनौं, तर शब्‍दहरूमा व्‍यक्‍त गर्न नसकिने सुस्‍केरामा पवित्र आत्‍माले हाम्रा निम्‍ति मध्‍यस्‍थता गर्नुहुन्‍छ।
27 र मानिसहरूका हृदयको खोजी गर्नुहुनेले पवित्र आत्‍माको विचार के हो सो जान्‍नुहुन्‍छ, किनकि परमेश्‍वरको इच्‍छाअनुसार पवित्र आत्‍माले सन्‍तहरूका निम्‍ति मध्‍यस्‍थता गर्नुहुन्‍छ।
28 हामी जान्‍दछौं, उहाँलाई प्रेम गर्नेहरू र उहाँका अभिप्रायअनुसार बोलाइएकाहरूका निम्‍ति हरेक कुरामा परमेश्‍वरले भलाइ नै गर्नुहुन्‍छ।
29 जस-जसलाई उहाँले पहिलेबाटै चिन्‍नुभएको छ, उहाँले तिनीहरूलाई आफ्‍ना पुत्रको रूपसमान बनाउनलाई, धेरै भाइहरूमध्‍ये उहाँचाहिँ ज्‍येष्‍ठ होऊन्‌ भनेर, अघिबाटै नियुक्त गर्नुभयो।
30 जस-जसलाई उहाँले अघिबाटै नियुक्त गर्नुभयो, तिनीहरूलाई उहाँले बोलाउनु पनि भयो, र जस-जसलाई उहाँले बोलाउनुभयो, तिनीहरूलाई उहाँले धर्मी पनि ठहराउनुभयो, र जस-जसलाई धर्मी ठहराउनुभयो तिनीहरूलाई उहाँले महिमित पनि पार्नुभयो।
31 हामीले यसमा के भन्‍ने त? यदि परमेश्‍वर हामीतर्फ हुनुहुन्‍छ भने, हाम्रो विरुद्ध को हुन्‍छ?
32 जसले आफ्‍नै निज पुत्रलाई बाँकी राख्‍नुभएन, तर हामी सबैका निम्‍ति उहाँलाई दिनुभयो, के उहाँले हामीलाई सबै थोक पनि उहाँकै साथमा दिनुहुनेछैन र?
33 परमेश्‍वरका चुनिएकाहरूका विरुद्धमा कसले अभियोग लाउनेछ? धर्मी ठहराउने परमेश्‍वर नै हुनुहुन्‍छ भने,
34 दण्‍डको आज्ञा दिने को हो? मर्ने त ख्रीष्‍ट येशू, हुनुहुन्‍छ, जो मरेकाहरूबाट जीवित पारिनुभयो, र परमेश्‍वरको दाहिने बाहुलीतर्फ हुनुहुन्‍छ, र हाम्रा निम्‍ति मध्‍यस्‍थ पनि गर्नुहुन्‍छ।
35 कसले हामीलाई ख्रीष्‍टको प्रेमबाट अलग गर्ने? के सङ्कष्‍टले, अथवा दुःखले, वा खेदोले, वा अनिकालले, वा नग्‍नताले, अथवा खतराले वा तरवारले?
36 यस्‍तो लेखिएको छ, “तपाईंको खातिर हामी दिनभरि मारिन्‍छौं, काटिने भेड़ाहरूजस्‍तै हामीहरू गनिएका छौं।”
37 होइन, यी सबै कुरामा हामीलाई प्रेम गर्नुहुनेद्वारा हामी विजेताहरूभन्‍दा पनि अझ बढ़ी छौं।
38 किनकि म यो पक्‍का गरी जान्‍दछु, कि मृत्‍युले वा जीवनले, स्‍वर्गदूतहरूले वा प्रधानताहरूले, वर्तमानका कुराहरूले वा पछि हुने कुराहरूले, वा शक्तिहरूले,
39 उचाइले वा गहिराइले, वा सारा सृष्‍टिमा भएका कुनै पनि कुराले, ख्रीष्‍ट येशू हाम्रा प्रभुमा भएका परमेश्‍वरको प्रेमबाट हामीलाई अलग गर्न सक्‍नेछैन।

फिलिप्पी 4 : 13
13 जसले मलाई शक्ति दिनुहुन्‍छ, उहाँमा नै म सब कुरा गर्न सक्‍छु।

१ पत्रुस 3 : 18 – 22
18 किनभने हामीलाई परमेश्‍वरकहाँ ल्‍याउन ख्रीष्‍ट पनि पापहरूका निम्‍ति सदाको लागि एक चोटि मर्नुभयो। उहाँ शरीरमा मारिनुभयो— धर्मी जन अधर्मीहरूका निम्‍ति— तर आत्‍माद्वारा जीवित पारिनुभयो।
19 यसै आत्‍मामा उहाँ जानुभयो र कैदमा परेका आत्‍माहरूलाई पनि प्रचार गर्नुभयो।
20 ती आत्‍माहरूले प्राचीनकालमा आज्ञापालन गरेनन्, जब नोआको समयमा जहाज बनाउँदा परमेश्‍वरले धैर्य धारण गरी पर्खिनुभएको थियो। त्‍यस जहाजमा थोरै, अर्थात्‌ आठ जना मात्र पानीद्वारा बचाइए।
21 यही पानी बप्‍तिस्‍माको एउटा रूप हो, जसले तिमीहरूलाई बचाउँछ। यो शरीरको मैला हटाएजस्‍तो होइन, तर शुद्ध विवेकको निम्‍ति परमेश्‍वरतर्फको एउटा प्रतिज्ञा हो। यसले मृतकबाट भएको येशू ख्रीष्‍टको पुनरुत्‍थानद्वारा तिमीहरूलाई बचाउँदछ।
22 उहाँ स्‍वर्गमा जानुभयो र स्‍वर्गदूतहरू, अधिकारहरू र शक्तिहरूलाई वशमा पारी परमेश्‍वरको दाहिने बाहुलीपट्टि विराजमान हुनुहुन्‍छ।

२ कोरिन्थी 5 : 1 – 21
1 किनभने हामी जान्‍दछौं, कि हामीले वास गरेको यो पार्थिव शरीर ढली गए तापनि स्‍वर्गमा अनन्‍तसम्‍म रहने परमेश्‍वरले दिनुभएको हाम्रो घर छ, जो हातले बनाइएको होइन।
2 यहाँ वास्‍तवमा हामी व्‍याकुल बन्‍छौं, र स्‍वर्गीय डेरा धारण गर्ने उत्‍कट इच्‍छा गर्छौं,
3 किनभने त्‍यो धारण गरेर हामी नाङ्गा हुनेछैनौं।
4 किनकि यस डेरामा हुँदा चिन्‍ताले हामी सुस्‍केरा हाल्‍छौं। हामी नाङ्गा होऔं भनेर होइन, तर अझ बढ़ी वस्‍त्र धारण गरौं भनेर हो, ताकि जो मरणशील छ त्‍यो जीवनमा समावेश होस्‌।
5 अब हामीलाई यस कुराको निम्‍ति तयार पारिदिने परमेश्‍वर नै हुनुहुन्‍छ, जसले हामीलाई बैनाको रूपमा पवित्र आत्‍मा दिनुभएको छ।
6 यसकारण हामीलाई सम्‍पूर्ण भरोसा छ। हामी जान्‍दछौं, कि हामी जबसम्‍म शरीरमा रहन्‍छौं, तबसम्‍म प्रभुबाट अलग हुन्‍छौं।
7 किनकि हामी विश्‍वासद्वारा हिँड्‌छौं, देखिने कुराको आधारमा होइन।
8 हामीमा पूर्ण भरोसा छ, बरु शरीरबाट अलग भएर प्रभुसँग रहन हामी चाहन्‍छौं।
9 यसैकारण चाहे हामी शरीरमै होऔं, चाहे अलग रहौं, उहाँलाई प्रसन्‍न तुल्‍याउनु नै हाम्रो लक्ष्य हुन्‍छ।
10 किनकि हामी सबै ख्रीष्‍टका न्‍याय-आसनको सामुन्‍ने खड़ा हुनुपर्छ, यसरी शरीरमा हुँदा आफूले गरेबमोजिम हरेकले असल वा खराब प्रतिफल पाउनेछ।
11 यसकारण प्रभुको भय थाहा गरेर हामी मानिसहरूलाई मनाउँछौं। तर हामी जे छौं परमेश्‍वरले जान्‍नुहुन्‍छ, र म आशा गर्दछु, त्‍यो तिमीहरूका विवेकमा पनि प्रष्‍टै होला।
12 हामी फेरि तिमीहरूका सामु आफ्‍नो तारीफ गर्दैनौं, तर तिनीहरूलाई हामीमा गर्व गर्ने मौका दिइरहेछौं, ताकि तिमीहरूले तिनीहरूलाई जवाफ दिन सक, जसले मानिसका हृदयको कुरामा होइन तर बाहिरी कुरामा घमण्‍ड गर्छन्‌।
13 यदि हाम्रो होश ठेगानामा छैन भने यो परमेश्‍वरको निम्‍ति हो, अनि यदि हामी ठीक होशमा छौं भने यो तिमीहरूका निम्‍ति हो।
14 ख्रीष्‍टको प्रेमले हामीलाई बाध्‍य गराउँछ, किनभने हामीलाई यो निश्‍चय छ, कि सबैका निम्‍ति एक जना मर्नुभएको हुनाले सबै मरे।
15 उहाँ सबैका निम्‍ति मर्नुभयो, ताकि बाँच्‍नेहरू अब उसो आफ्‍नै निम्‍ति बाँच्‍ने होइन, तर उहाँको निम्‍ति बाँचून्, जो तिनीहरूका खातिर मर्नुभयो, र फेरि जीवित पारी उठाइनुभयो।
16 यसरी अब उप्रान्‍त हामी कसैलाई मानिसको दृष्‍टिकोणले हेर्दैनौं। हामीले ख्रीष्‍टलाई एक समय मानिसको दृष्‍टिकोणले हेरेका थियौं, तर अब उप्रान्‍त उहाँलाई त्‍यसरी हेर्नेछैनौं।
17 यसकारण कोही ख्रीष्‍टमा छ भने त्‍यो नयाँ सृष्‍टि हो। पुरानो बितिगएको छ, हेर, नयाँ आएको छ।
18 यो सब परमेश्‍वरबाट भएको हो, जसले हामीलाई ख्रीष्‍टद्वारा आफूसँग मिलापमा ल्‍याउनुभयो, र हामीलाई मिलापको सेवा दिनुभयो,
19 अर्थात्‌ स्‍वयम्‌ ख्रीष्‍टमा हुनुभएर परमेश्‍वरले संसारलाई आफूसँग मिलापमा ल्‍याउँदैहुनुहुन्‍थ्‍यो। तिनीहरूका अपराधका लेखा नलिएर मिलाप गराउने कामको सन्‍देश उहाँले हामीलाई सुम्‍पिदिनुभएको छ।
20 यसकारण हामी ख्रीष्‍टका राजदूतहरू हौं, र परमेश्‍वरले हामीद्वारा अनुरोध गरिरहनुभएको छ। ख्रीष्‍टकै पक्षमा हामी तिमीहरूलाई बिन्‍ती गर्दछौं, कि तिमीहरू परमेश्‍वरसँग मिलापमा आओ।
21 किनकि हामी उहाँमा परमेश्‍वरको धार्मिकता बन्‍न सकौं भनेर पाप नचिन्‍नुहुनेलाई परमेश्‍वरले हाम्रा खातिर पाप बनाउनुभयो।

एफिसी 2 : 1 – 232

1 तिमीहरू आफ्‍ना अपराध र पापहरूद्वारा मरेको बेलामा उहाँले तिमीहरूलाई जीवित पार्नुभयो।
2 यिनैमा यस संसारको रीतिअनुसार र आकाशको शक्तिको मालिकअनुसार, अनाज्ञाकारिताका सन्‍तानमा अहिले काम गर्ने आत्‍माअनुसार तिमीहरू अघि एक पल्‍ट चल्‍दैथियौ।
3 तिनीमध्‍ये हामी सबै पनि शरीर र मनका इच्‍छा पूरा गरेर आफ्‍नो पापमय स्‍वभावका लालसामा अघि जिउँथ्‍यौं, र बाँकी मानिसजस्‍तै हामी स्‍वभावैले क्रोधका सन्‍तान थियौं।
4 तर परमेश्‍वर, जो कृपामा धनी हुनुहुन्‍छ, उहाँले आफ्‍नो महान्‌ प्रेमद्वारा हामीलाई प्रेम गर्नुभयो,
5 यसकारण पापमा हामी मरेका भए तापनि उहाँले हामीलाई ख्रीष्‍टसँगै जीवित पार्नुभयो— अनुग्रहबाट नै तिमीहरूले उद्धार पाएका छौ।
6 र उहाँसँग हामीलाई उठाउनुभयो, अनि स्‍वर्गीय स्‍थानहरूमा ख्रीष्‍ट येशूसँग बसाल्‍नुभयो।
7 योचाहिँ ख्रीष्‍ट येशूमा हामीप्रति उहाँको दयामा आफ्‍नो अनुग्रहको असीम सम्‍पत्ति आउँदा युगहरूमा देखाउनलाई हो।
8 किनभने अनुग्रहबाट विश्‍वासद्वारा तिमीहरूले उद्धार पाएका छौ— र यो तिमीहरू आफैबाट होइन, यो त परमेश्‍वरको वरदान हो—
9 कर्महरूद्वारा होइन, नत्रता मानिसले घमण्‍ड गर्नेछ।
10 किनकि हामी असल कामहरूका निम्‍ति ख्रीष्‍ट येशूमा सृजना गरिएका उहाँका हातका सीप हौं। हामी तीबमोजिम हिँड़ौं भन्‍ने हेतुले परमेश्‍वरले पहिलेबाटै ती तयार गर्नुभएको थियो।
11 यसकारण याद राख, अघि तिमीहरू शरीरअनुसार अन्‍यजाति छँदा शरीरमा हातबाट खतना गरिएकाहरूले तिमीहरूलाई बेखतनाका मान्‍दथे।
12 याद राख, तिमीहरू त्‍यस बेला ख्रीष्‍टबाट अलग, इस्राएलका नागरिक हकबाट बाहिर भएका थियौ, र प्रतिज्ञाका करारहरूबाट बिराना, आशा नभएका र यस संसारमा परमेश्‍वररहित थियौ।
13 तर तिमीहरू, जो त्‍यस बेला ख्रीष्‍ट येशूबाट टाढ़ा थियौ, अब ख्रीष्‍टको रगतले नजिक भएका छौ।
14 किनकि उहाँ नै हाम्रो शान्‍ति हुनुहुन्‍छ। उहाँले हामी दुवैलाई एउटै बनाउनुभएको छ, र विभाजन ल्‍याउने शत्रुताको पर्खाल भत्‍काइदिनुभएको छ।
15 र उहाँले व्‍यवस्‍थालाई त्‍यसका आज्ञाहरू र धार्मिक-विधानहरूसमेत आफ्‍नै शरीरमा खारेज गर्नुभएको छ, कि यी दुईका सट्टामा उहाँले आफैमा एउटा नयाँ मानिस सृष्‍टि गरून्, र यसरी शान्‍ति स्‍थापना होस्‌।
16 अनि उहाँले क्रूसद्वारा हामी दुवैलाई एउटै शरीरमा परमेश्‍वरसँग मेल गराएर शत्रुतालाई शेष पार्नुभयो।
17 उहाँले आएर तिमी टाढ़ा भएका र नजिक भएकाहरूलाई मिलापको सुसमाचार सुनाउनुभयो,
18 किनकि उहाँद्वारा नै हामी दुवैले एउटै पवित्र आत्‍मामा पिताकहाँ प्रवेश पाएका छौं।
19 यसरी अब तिमीहरू विदेशी र प्रवासी होइनौ, तर सन्‍तहरूसँग तिमीहरू सङ्गी-नागरिक र परमेश्‍वरको परिवारका सदस्‍यहरू भएका छौ।
20 त्‍यो घराना प्रेरितहरू र अगमवक्ताहरूको जगमाथि बसालेर निर्माण भएको छ, र ख्रीष्‍ट येशू आफैचाहिँ मुख्‍य कुने-ढुङ्गो हुनुहुन्‍छ।
21 उहाँमा पूरै घर ठीकसँग एकैसाथ जोडिएर प्रभुमा एउटै पवित्र मन्‍दिर हुनलाई बढ्‌दैजान्‍छ।
22 अनि पवित्र आत्‍मामा परमेश्‍वरको वासस्‍थान हुनलाई तिमीहरू पनि उहाँमा एकसाथ निर्माण हुँदैजान्‍छौ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *