उदासीनता

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् उदासीनता

प्रकाश 3 : 15 – 16
15 मलाई तिम्रा कामहरू थाहा छ। तिमी चिसो पनि छैनौ, तातो पनि छैनौ, चिसो कि तातो भए त हुनेथियो।
16 किनकि तिमी मनतातो छौ, न चिसो न तातो, यसकारण म तिमीहरूलाई मेरो मुखबाट उकेलिदिनेछु।

रोमी 12 : 2
2 यस संसारको ढाँचामा नचल, तर आफ्‍नो मनमा नयाँ भई पूर्ण रूपले परिवर्तित होओ, र परमेश्‍वरको असल, ग्रहणयोग्‍य र सिद्ध इच्‍छा के हो, त्‍यो तिमीहरूले जाँच्‍न सक।

मत्ती 11 : 16 – 17
16 “अब यस पुस्‍ताको तुलना म केसँग गरूँ? यो त बजारमा खेल्‍ने ससाना केटाकेटीहरूजस्‍तो हो, जसले तिनीहरूका साथीहरूलाई बोलाउँछन्, र भन्‍दछन्,
17 ‘हामीहरूले तिमीहरूका निम्‍ति बाँसुरी बजायौं, तर तिमीहरू नाचेनौ। हामीहरूले विलाप गर्‍यौं, तर तिमीहरूले अफसोस गरेनौ।’

हिब्रू 2 : 14
14 किनकि छोरा-छोरीहरू मासु र रगतका सहभागी भएका हुनाले उहाँले पनि त्‍यही स्‍वभाव लिनुभयो, ताकि मृत्‍युद्वारा नै मृत्‍युको शक्ति भएकोलाई, अर्थात्‌ दियाबलसलाई उहाँले नष्‍ट गरून्,

मत्ती 6 : 33
33 तर पहिले उहाँको राज्‍य र उहाँका धार्मिकताको खोजी गर, र यी सबै थोक तिमीहरूका निम्‍ति थपिनेछन्‌।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *