यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् उज्जियाह
२ राजाहरू 14 : 21
21 तब यहूदाका सबै मानिसहरूले सोह्र वर्ष पुगेका अजर्याहलाई [1] लिएर तिनका पिता अमस्याहको सट्टामा राजा तुल्याए।
२ राजाहरू 15 : 2
2 जब तिनी राजा भए तब तिनी सोह्र वर्षका थिए, र तिनले यरूशलेममा बाउन्न वर्ष राज्य गरे। तिनकी आमाको नाउँ यकोल्याह थियो। तिनी यरूशलेमकी थिइन्।
२ इतिहास 26 : 1
1 तब यहूदाका सबै मानिसहरूले सोह्र वर्ष पुगेका उज्जियाहलाई [1] लिएर तिनका पिता अमस्याहको सट्टामा राजा तुल्याए।
२ इतिहास 26 : 3
3 उज्जियाह राजगद्दी आरोहण गर्दा सोह्र वर्षका थिए। तिनले यरूशलेममा बाउन्न वर्ष राज्य गरे। तिनकी आमाको नाउँ यकोल्याह थियो। तिनी यरूशलेमकी थिइन्।
२ राजाहरू 14 : 22
22 अमस्याह आफ्ना पित्रहरूसित सुतिसकेपछि यिनले नै एलात सहरलाई पुनर्निर्माण गरेर यहूदालाई फिर्ता गरिदिए।
२ इतिहास 26 : 2
2 अमस्याह आफ्ना पित्रहरूसित सुतिसकेपछि यिनले नै एलात सहरलाई पुनर्निर्माण गरेर यहूदालाई फिर्ता गरिदिए।
२ राजाहरू 15 : 3
3 तिनले आफ्ना पिता अमस्याहले गरेझैँ परमप्रभुको दृष्टिमा जे असल थियो त्यही गरे।
२ इतिहास 26 : 5
5 तिनलाई परमेश्वरको भयमा शिक्षा दिने जकरियाको समयमा तिनले परमेश्वरको अगुवाइ खोज्नमा तनमन लगाए। परमप्रभुलाई खोज्दैरहुञ्जेलसम्म परमेश्वरले तिनको फलिफाप गराइदिनुभयो।
२ इतिहास 26 : 7
7 परमेश्वरले तिनलाई पलिश्तीहरू, गूर-बालमा बस्ने अरबीहरू र मोनीहरूका विरुद्धमा सहायता गर्नुभयो।
२ इतिहास 26 : 8
8 अम्मोनीहरूले उज्जियाहकहाँ सौगातहरू ल्याए, अनि तिनको ख्याति मिश्रदेशको सिमानासम्मै पुग्यो, किनभने तिनी धेरै शक्तिशाली भएका थिए।
२ इतिहास 26 : 9
9 तिनले यरूशलेममा कुने-ढोका, बेँसी ढोका र पर्खालका कुनाको घुम्तीमा पनि धरहरा बनाएर तिनलाई सुरक्षित पारे।
२ इतिहास 26 : 10
10 तिनले उजाड़-स्थानमा अरू धरहराहरू बनाए, र तिनले पहाड़ र बेँसी दुवैमा तिनका गाईबस्तुका धेरै बथान भएको कारण धेरै कूवाहरू खने। पहाड़ र मधेसमा तिनका खेती गर्ने किसानहरू र दाखबारी हेर्नेहरू पनि थिए, किनभने तिनी खेतीपातीमा ध्यान दिन्थे।
२ इतिहास 26 : 15
15 धरहरा र बुर्जाहरूमा प्रयोग गर्न कारीगरहरूले बनाएका काँड़हरू र ठूला-ठूला ढुङ्गा हान्ने यन्त्रहरू यरूशलेममा तिनले तयार पारे। तिनलाई यस्तो आश्चर्यको सामान मिलेको कारण तिनको ख्याति चारैतिर फैलिएको थियो। यसले गर्दा तिनी ज्यादै शक्तिशाली भए।
२ इतिहास 26 : 21
21 राजा उज्जियाह आफ्नो मर्ने दिनसम्मै कोरी भए। तिनी अलग्गै घरमा कोरी भएर बस्न लागे। परमप्रभुको मन्दिरभित्र तिनी पस्न पाएनन्। राज्यका सबै कामकाजहरूबाट तिनलाई कार्य-मुक्त गरियो। अनि तिनका छोरा योतामले महलको रेखदेख गरे, र राजप्रतिनिधि भएर राज्य चलाउन लागे।
Leave a Reply