ईर्ष्यालु

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् ईर्ष्यालु

याकूब 4 : 2
2 तिमीहरू इच्‍छा त गर्दछौ, तर तिमीहरू पाउँदैनौ। तिमीहरू हत्‍या गर्दछौ र लोभ गर्छौ, तर पाउन सक्‍दैनौ। तिमीहरू झगड़ा गर्दछौ र लड़ाइँ गर्छौ। तिमीहरूसित हुँदैन, किनभने तिमीहरू परमेश्‍वरसँग माग्‍दैनौ।

याकूब 4 : 6
6 तर उहाँले अझ बढ़ी अनुग्रह दिनुहुन्‍छ? यसैकारण पवित्र-धर्मशास्‍त्र यसो भन्‍दछ, “परमेश्‍वरले अभिमानीहरूको विरोध गर्नुहुन्‍छ, तर नम्रहरूलाई अनुग्रह गर्नुहुन्‍छ।”

प्रस्‍थान 34 : 14
14 तिमीहरूले अन्‍य कुनै देवताको पूजा नगर्नू, किनकि परमप्रभु, जसको नाउँ “डाही” हो, डाह गर्ने परमेश्‍वर नै हुनुहुन्‍छ।

लेवीहरू 26 : 1
1 “‘तिमीहरूले आफ्‍ना निम्‍ति मूर्तिहरू नबनाओ। अनि आफ्‍ना निम्‍ति कुनै खोपिएको मूर्ति वा प्रतिमूर्ति खड़ा नगर, र खोपिएका ढुङ्गाहरू आफ्‍नो देशमा ठड़्याएर ती पुज्‍नलाई घोप्‍टो नपर। म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ।

१ कोरिन्थी 13 : 1 – 13
1 मैले मानिसहरू र स्‍वर्गदूतहरूको भाषामा बोलें तापनि ममा प्रेम छैन भने, म हल्‍ला मचाउने घण्‍टा र झ्‍याइँ-झ्‍याइँ गर्ने झ्‍याली मात्र हुन्‍छु।
2 मसँग अगमवाणी बोल्‍ने शक्ति होला, र सबै रहस्‍य र सबै ज्ञानहरू बुझ्‍न सकूँला, र पहाड़हरू हटाउन सक्‍नेसम्‍मको सम्‍पूर्ण विश्‍वास मसित होला, तर ममा प्रेमचाहिँ छैन भने म केही पनि होइनँ।
3 यदि मैले सारा सम्‍पत्ति बाँड़िदिएँ, र मेरो शरीर जलाउनलाई दिइहालें, तर मसित प्रेम छैन भने मलाई केही लाभ हुँदैन।
4 प्रेम सहनशील हुन्‍छ र दयालु हुन्‍छ। प्रेमले डाह गर्दैन, न शेखी गर्छ।
5 प्रेम हठी हुँदैन, न ढीट हुन्‍छ। प्रेमले आफ्‍नै कुरामा जिद्दी गर्दैन, झर्को मान्‍दैन, खराबीको हिसाब राख्‍दैन।
6 प्रेम खराबीमा प्रसन्‍न हुँदैन, तर ठीक कुरामा रमाउँछ।
7 प्रेमले सबै कुरा सहन्‍छ, सबै कुराको पत्‍यार गर्छ, सबै कुरामा आशा राख्‍छ, सबै कुरामा स्‍थिर रहन्‍छ।
8 प्रेमको कहिल्‍यै अन्‍त्‍य हुँदैन। अगमवाणीहरू बितेर जानेछन्, भाषाहरू बन्‍द हुनेछन्, ज्ञान टलिजानेछ।
9 हाम्रो ज्ञान अपूर्ण छ, हाम्रो अगमवाणी अपूर्ण छ।
10 तर जब सिद्धताचाहिँ आउनेछ, तब अपूर्णता टलिजानेछ।
11 जब म बालक थिएँ तब बालकजस्‍तै बोल्‍थें, बालकले जस्‍तो विचार गर्थें, बालकले जस्‍तै तर्क गर्थें, तर जब म जवान भएँ तब बालकको चाल छोडिदिएँ।
12 अहिले हामी ऐनामा जस्‍तै धमिलोसँग देख्‍छौं, तर त्‍यस बेलाचाहिँ छर्लङ्ग देख्‍नेछौं। अहिले म थोरै मात्र बुझ्‍दछु, त्‍यस बेलाचाहिँ पूरै बुझ्‍नेछु, जसरी म पनि पूर्ण रूपले चिनिएको छु।
13 अब विश्‍वास, आशा, प्रेम, यी तीन रहन्‍छन्, तर यिनमा सर्वोत्तमचाहिँ प्रेम नै हो।

एफिसी 2 : 8 – 9
8 किनभने अनुग्रहबाट विश्‍वासद्वारा तिमीहरूले उद्धार पाएका छौ— र यो तिमीहरू आफैबाट होइन, यो त परमेश्‍वरको वरदान हो—
9 कर्महरूद्वारा होइन, नत्रता मानिसले घमण्‍ड गर्नेछ।

प्रस्‍थान 20 : 4 – 5
4 “आफ्‍ना निम्‍ति खोपेर कुनै किसिमको मूर्ति नबनाउनू, माथि आकाश अथवा तल पृथ्‍वी वा तल पानीमा भएको कुनै कुराको आकारको प्रतिमूर्ति नबनाउनू।
5 तिनीहरूका सामु ननिहुरनू, तिनीहरूको पूजा नगर्नू, किनकि म परमप्रभु तिमीहरूका परमेश्‍वर डाह गर्ने परमेश्‍वर हुँ। मेरो अवहेलना गर्ने पिता-पुर्खाका अधर्मको दण्‍ड उनीहरूका सन्‍तानहरूलाई उनीहरूका तेस्रो र चौथो पुस्‍तासम्‍म दिनेछु,

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *