आसफ

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् आसफ

२ राजाहरू 18 : 18
18 उनीहरूले राजा बोलाइपठाए, अनि राजमहलका सञ्‍चालक हिल्‍कियाहका छोरा एल्‍याकीम, सचिव शेब्‍ना र आसापका छोरा लेखापाल योआ उनीहरूसँग भेट गर्नलाई गए।

यशैया 36 : 3
3 तब राजदरबारका प्रशासक हिल्‍कियाहका छोरा एल्‍याकीम, सचिव शेब्‍ना, र आसापका छोरा लेखापाल योआ बाहिर निस्‍केर उनीकहाँ आए।

यशैया 36 : 22
22 तब राजदरबारका प्रशासक हिल्‍कियाहका छोरा एल्‍याकीम, सचिव शेब्‍ना र आसापका छोरा लेखापाल योआले आफ्‍ना लुगा च्‍याते, र हिजकियाकहाँ आएर युद्धका सेनापतिका कुरा तिनलाई सुनाए।

१ इतिहास 15 : 19
19 सङ्गीतकार हेमान, आसाप र एतान काँसका झ्‍यालीहरू बजाउन नियुक्त भए।

१ इतिहास 16 : 7
7 त्‍यस दिन आसाप र तिनका कुटुम्‍बहरूलाई परमप्रभुको निम्‍ति धन्‍यवाद चढ़ाउन दाऊदले पहिलो पल्‍ट नियुक्त गरे:

१ इतिहास 25 : 9
9 पहिलो चिट्ठा, जो आसापको निम्‍ति थियो, योसेफ र तिनका छोराहरू र दाजुभाइहरूका नाउँमा पर्‍यो— १२ जना। दोस्रो चिट्ठा गदल्‍याह र तिनका छोराहरू र दाजुभाइहरूको नाउँमा— १२ जना।

२ इतिहास 5 : 12
12 सबै लेवी गायकहरू, अर्थात्‌ आसाप, हेमान र यदूतून, तिनीहरूका छोराहरू र कुटुम्‍बहरूसमेत मलमलका कपड़ा लगाएर झ्‍याली, वीणा र सारङ्गीहरू लिएर वेदीको पूर्वपट्टि उभिए। अनि तिनीहरूका साथमा एक सय बीस जना पूजाहारीहरू पनि थिए। तिनीहरूले चाहिँ तुरही बजाए।

२ इतिहास 35 : 15
15 आसापका सन्‍तानहरू, अर्थात्‌ गवैयाहरूचाहिँ दाऊद, आसाप, हेमान र राजाका दर्शी यदूतूनले तोकेको नियमबमोजिम आ-आफ्‍नो स्‍थान लिए। आफ्‍ना कुटुम्‍ब लेवीहरूले तिनीहरूका निम्‍ति तयारी गरेका हुनाले हरेक मूल ढोकाका द्वारपालहरूले आ-आफ्‍नो काम छोड्‌नुपरेन।

नहेम्‍याह 12 : 46
46 किनकि उहिले नै दाऊद र आसापको पालोमा गवैयाहरू परमेश्‍वरको प्रशंसा र धन्‍यवादका भजनका निम्‍ति निर्देशकहरू भएका थिए।

१ इतिहास 15 : 17
17 यसैले लेवीहरूले योएलका छोरा हेमान, र तिनका कुटुम्‍बहरूबाट बेरेक्‍याहका छोरा आसाप, र तिनीहरूका कुटुम्‍ब मरारीहरूबाट कूशायाहका छोरा एतानलाई,

१ इतिहास 15 : 19
19 सङ्गीतकार हेमान, आसाप र एतान काँसका झ्‍यालीहरू बजाउन नियुक्त भए।

१ इतिहास 16 : 5
5 तिनीहरूका मुखिया आसाप थिए, तिनीपछि दोस्रा जकरिया, र त्‍यसपछि सारङ्गी र वीणा बजाउने यीएल, शमीरामोत, यहीएल, मत्तित्‍याह, एलीआब, बनायाह, ओबेद-एदोम र यीएल थिए। आसापले चाहिँ झ्‍याली बजाउँथे।

१ इतिहास 16 : 7
7 त्‍यस दिन आसाप र तिनका कुटुम्‍बहरूलाई परमप्रभुको निम्‍ति धन्‍यवाद चढ़ाउन दाऊदले पहिलो पल्‍ट नियुक्त गरे:

२ इतिहास 29 : 30
30 राजा हिजकिया र तिनका अधिकारीहरूले लेवीहरूलाई दाऊद र दर्शी आसापका शब्‍दमा परमप्रभुको स्‍तुतिगान गर्न लाए। यसरी तिनीहरूले साह्रै रमाहटसित उहाँको प्रशंसा गरे, र निहुरेर दण्‍डवत्‌ गरे।

१ इतिहास 25 : 9
9 पहिलो चिट्ठा, जो आसापको निम्‍ति थियो, योसेफ र तिनका छोराहरू र दाजुभाइहरूका नाउँमा पर्‍यो— १२ जना। दोस्रो चिट्ठा गदल्‍याह र तिनका छोराहरू र दाजुभाइहरूको नाउँमा— १२ जना।

२ इतिहास 20 : 14
14 तब आसापको वंशका एक जना लेवी यहासेलमाथि परमप्रभुका आत्‍मा उत्रनुभयो। तिनी मत्तन्‍याहका जनाति, यहीएलका पनाति, बनायाहका नाति अनि जकरियाका छोरा थिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *