यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् आमाबाबुको सम्मान
प्रस्थान 20 : 12
12 “आफ्ना बुबा र आमालाई आदर गर, कि जुन देश तिमीहरूलाई परमप्रभु आफ्ना परमेश्वरले दिनुहुन्छ, त्यहाँ तिमीहरूको आयु लामो होस्।
कलस्सी 3 : 20
20 छोरा-छोरी हो, प्रत्येक कुरामा आफ्ना आमा-बुबाको आज्ञापालन गर। किनकि यस कुराले प्रभुलाई प्रसन्न तुल्याउँछ।
एफिसी 6 : 1 – 4
1 छोरा-छोरी हो, प्रभुमा आफ्ना आमा-बुबाको आज्ञापालन गर, किनकि यो उचित हो।
2 आफ्ना बुबा र आमाको मान गर। (जो प्रतिज्ञासहितको पहिलो आज्ञा हो),
3 कि तिमीहरूलाई भलो होस्, र पृथ्वीमा तिमीहरू दीर्घायु होओ।
4 बुबा हो, आफ्ना छोरा-छोरीलाई रीस नउठाओ, तर तिनीहरूलाई प्रभुको अनुशासन र शिक्षामा हुर्काओ।
एफिसी 6 : 1
1 छोरा-छोरी हो, प्रभुमा आफ्ना आमा-बुबाको आज्ञापालन गर, किनकि यो उचित हो।
हितोपदेश 1 : 8
8 हे मेरो छोरा, आफ्नो बुबाको आदेश सुन् र आफ्नी आमाको शिक्षा नत्याग्।
व्यवस्था 21 : 18 – 21
18 आफ्ना आमा-बुबाको आज्ञापालन नगर्ने कुनै अटेरी बदमाश छोरालाई ताड़ना दिँदा पनि तिनीहरूको कुरा मान्दैन भने,
19 त्यसका आमा-बुबाले त्यसलाई समातेर सहरका धर्म-गुरुहरूकहाँ सहरको मूल ढोकामा लैजाऊन्।
20 तिनीहरूले सहरका धर्म-गुरुहरूलाई यसो भनून्, “यो हाम्रो छोरा ढीट र बदमाश छ। त्यसले हाम्रो आज्ञापालन गर्दैन। यो लफङ्गो र मतवाला हो।”
21 तब त्यस सहरका सबै पुरुषहरूले त्यसलाई मरुञ्जेल ढुङ्गाले हानून्। तिमीहरूले आफ्ना बीचबाट दुष्टता हटाउनू, र सारा इस्राएलीहरू यो सुनेर डराउनेछन्।
व्यवस्था 4 : 10
10 होरेबमा तिमीहरू परमप्रभु तिमीहरूका परमेश्वरको सामुन्ने उभिएको दिनको सम्झना गर, जब उहाँले मलाई भन्नुभयो, “मेरा वचन सुन्नलाई मानिसहरूलाई मेरो सामु भेला गर्, र त्यस देशमा बाँचुञ्जेल तिनीहरूले मेरो डर मान्न सिकून् अनि ती वचन आफ्ना छोराछोरीहरूलाई पनि सिकाऊन्।”
प्रस्थान 21 : 17
17 “जसले आफ्नो बुबा वा आमालाई सराप्छ, त्यो मारिनैपर्छ।
हितोपदेश 22 : 6
6 बालकलाई ऊ हिँड्नुपर्ने बाटोमा तालीम देऊ, र वृद्धावस्थासम्म ऊ त्यसबाट तर्किएर जाँदैन।
हितोपदेश 13 : 24
24 छड़ी नचलाउने बुबाले आफ्नो छोरालाई घृणा गर्छ, तर त्यसलाई प्रेम गर्ने बुबाले होशियारीसाथ त्यसलाई अनुशासन दिन्छ।
हितोपदेश 29 : 15
15 सुधारको छड़ीले बुद्धि प्रदान गर्छ, तर छाडा छोड़ेको छोराले आफ्नी आमाको बेइज्जत गर्छ।
प्रेरित 3 : 19 – 23
19 यसकारण पश्चात्ताप गर्नुहोस् र फर्कनुहोस्, कि तपाईंहरूका पाप मेटिऊन्, र परमप्रभुको उपस्थितिबाट आनन्दको समय आओस्,
20 र उहाँले तपाईंहरूका निम्ति अघिबाटै नियुक्त गर्नुभएको ख्रीष्ट, अर्थात् येशूलाई पठाइदिनुहुन्छ।
21 परमेश्वरले प्राचीन कालदेखि आफ्ना पवित्र अगमवक्ताहरूका मुखबाट बोल्नुभएका सबै थोकको पुनर्स्थापना हुने समय नआउञ्जेल ख्रीष्ट स्वर्गमा अवश्य रहनुपर्छ।
22 मोशाले भनेका थिए, ‘परमप्रभु परमेश्वरले मलाई खड़ा गर्नुभएजस्तै तिमीहरूका दाजुभाइहरूका माझबाट एक जना अगमवक्ता तिमीहरूका निम्ति खड़ा गर्नुहुनेछ। उहाँले तिमीहरूलाई जे-जे भन्नुहुनेछ ती सबै कुरा तिमीहरूले सुन्नुपर्छ।
23 यसो हुनेछ, कि त्यस अगमवक्तालाई नसुन्ने जति हरेक प्राणी मानिसहरूका बीचबाट नष्ट हुनेछ।’
एफिसी 6 : 4
4 बुबा हो, आफ्ना छोरा-छोरीलाई रीस नउठाओ, तर तिनीहरूलाई प्रभुको अनुशासन र शिक्षामा हुर्काओ।
प्रेरित 3 : 19 – 21

Leave a Reply