आफ्नो शरीर को सम्मान

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् आफ्नो शरीर को सम्मान

१ कोरिन्थी 6 : 19 – 20
19 तिमीहरूको शरीर पवित्र आत्‍माको मन्‍दिर हो, जुन पवित्र आत्‍मा तिमीहरूले परमेश्‍वरबाट पाएका छौ, र उहाँ तिमीहरूभित्र वास गर्नुहुन्‍छ भन्‍ने के तिमीहरूलाई थाहा छैन? तिमीहरू स्‍वयम्‌ आफ्‍नै होइनौ।
20 तिमीहरू मोल तिरेर किनिएका हौ। यसकारण तिमीहरूका शरीरमा परमेश्‍वरको महिमा गर।

१ कोरिन्थी 3 : 16 – 17
16 के तिमीहरूलाई थाहा छैन, तिमीहरू परमेश्‍वरका मन्‍दिर हौ, र परमेश्‍वरका पवित्र आत्‍मा तिमीहरूमा वास गर्नुहुन्‍छ?
17 यदि कसैले परमेश्‍वरको मन्‍दिरलाई नष्‍ट गर्छ भने परमेश्‍वरले त्‍यसलाई नष्‍ट गर्नुहुनेछ। किनकि परमेश्‍वरको मन्‍दिर पवित्र हुन्‍छ, र त्‍यो मन्‍दिर तिमीहरू नै हौ।

गलाती 5 : 19 – 21
19 पापमय स्‍वभावका कामहरू प्रत्‍यक्ष छन्, जो यी नै हुन्‌— व्‍यभिचार, अपवित्रता, लम्‍पटपना,
20 मूर्तिपूजा, मन्‍त्रतन्‍त्र, दुश्‍मनी, झैँझगड़ा, ईर्ष्‍या, क्रोध, स्‍वार्थीपन, फूट, गुटबन्‍दी,
21 डाह, पियक्‍कड़पन, अश्लील मोजमज्‍जा र यस्‍तै अरू, जसका विषयमा म तिमीहरूलाई चेताउनी दिन्‍छु, र अघि पनि दिएकै हुँ। जस-जसले यस्‍ता कामहरू गर्दछन्, परमेश्‍वरका राज्‍यका हकदार बन्‍नेछैनन्‌।

गलाती 5 : 16
16 तर म भन्‍दछु, पवित्र आत्‍माद्वारा हिँड़, र पापमय स्‍वभावका लालसा पूरा नगर।

हिब्रू 4 : 12
12 किनकि परमेश्‍वरको वचन जीवित र क्रियाशील हुन्‍छ, र कुनै पनि दुईधारे तरवारभन्‍दा बढ़ी धारिलो हुन्‍छ। यसले प्राण र आत्‍मालाई त्‍यसका जोर्नी-जोर्नी र हाड़को गुदीसम्‍मलाई भाग-भाग पारुञ्‍जेल वारपार छेड्‌ने र हृदयका विचार र इच्‍छा जाँच्‍न सक्‍ने हुन्‍छ।

१ कोरिन्थी 7 : 10 – 11
10 अब विवाहितहरूलाई म कड़ा आज्ञा दिन्‍छु (मेरो आज्ञा होइन, तर प्रभुको आज्ञा हो): पत्‍नी पतिबाट नछुटोस्‌।
11 तर छुट्टिएर बसिहाले तापनि त्‍यसले विवाह नगरोस्, बरु आफ्‍नो पतिसँग मिलाप गरोस्‌। पतिले आफ्‍नी पत्‍नीलाई नत्‍यागोस्‌।

यशैया 53 : 1 – 12
1 हाम्रो समाचार कसले विश्‍वास गरेको छ? र परमप्रभुको बाहुबल कसलाई प्रकट गरियो?
2 ऊ उहाँको सामु कलिलो बोटजस्‍तो र सुक्‍खा जमिनबाट निस्‍केको जरोजस्‍तो बढ़्यो। ऊसित हामीलाई आकर्षण गर्ने न केही सुन्‍दरता न त महत्त्व नै थियो। उसको अनुहारमा हामीलाई मन पर्ने केही थिएन।
3 ऊ मानिसहरूबाट घृणित थियो र इन्‍कार गरियो, अफसोसमा परेको मानिस र कष्‍टसित परिचित। ऊ त्‍योजस्‍तो थियो, जसलाई देखेर मानिसहरू आफ्‍ना मुख फर्काउँछन्‌। ऊ घृणित थियो, र हामीले उसलाई केही मोलको गनेनौं।
4 निश्‍चय नै उसले हाम्रा निर्बलताहरू बोक्‍यो, र हाम्रा दु:ख भोग्‍यो, तापनि हामीले उसलाई परमेश्‍वरबाट हिर्काइएको, उहाँबाट पिटिएको र दु:खमा परेको सम्‍झ्‍यौं।
5 तर ऊ त हाम्रा अपराधहरूका निम्‍ति छेड़ियो। हाम्रा अधर्मका निम्‍ति ऊ पेलियो। हामीमा शान्‍ति ल्‍याउने दण्‍ड उसमाथि पर्‍यो, र उसको कोर्राको चोटले हामी निको भयौं।
6 हामी सबै भेड़ाझैँ बरालिएका छौं। हामी हरेक आफ्‍नै बाटोतिर लागेका छौं, र परमप्रभुले उसमाथि हामी सबैको अधर्म हालिदिनुभएको छ।
7 ऊ थिचोमिचोमा पर्‍यो, र उसलाई कष्‍ट पर्‍यो, तापनि उसले आफ्‍नो मुख खोलेन। मारिनलाई लगेको थुमाजस्‍तै ऊ डोर्‍याएर लगियो। आफ्‍नो ऊन कत्रनेको सामु भेड़ा मौन भएझैँ उसले पनि आफ्‍नो मुख खोलेन।
8 अत्‍याचार र इन्‍साफद्वारा ऊ लगियो। उसका सन्‍तानका बारेमा कसले विचार गर्न सक्‍छ? किनकि ऊ जीवितहरूको देशबाट अलग गरियो, र मेरो प्रजाका अपराधको निम्‍ति उसमाथि कुटाइ पर्‍यो।
9 उसको चिहान दुष्‍टहरूसित बनाइयो, र मृत्‍युमा धनीहरू उसको साथमा थिए, यद्यपि उसले केही उपद्रव गरेको थिएन न त उसको मुखमा केही छल थियो।
10 तापनि उसलाई चकनाचूर र कष्‍टमा पार्न परमप्रभुको इच्‍छा थियो, र परमप्रभुले उसको प्राणलाई दोषबलिझैँ बनाउनुभए तापनि, उसले आफ्‍ना छोराछोरीलाई देख्‍नेछ र आफ्‍नो दिन बढ़ाउनेछ र परमप्रभुको इच्‍छा उसकै हातमा उन्‍नत हुनेछ।
11 उसका प्राणको वेदनापछि उसले जीवनको ज्‍योति देख्‍नेछ र सन्‍तुष्‍ट हुनेछ। आफ्‍नो ज्ञानद्वारा मेरो धर्मी दासले धेरैलाई धर्मी बनाउनेछ, र उसले तिनीहरूका अधर्म बोक्‍नेछ।
12 यसैकारण महान्‌हरूसँगै उसलाई पनि म एक भाग दिनेछु, र उसले लूटको माल सामर्थीहरूसित बाँड्‌नेछ। किनभने उसले आफ्‍नो जीवन मृत्‍युमा खन्‍यायो, र ऊ अपराधीहरूको गन्‍तीमा गनियो। किनकि उसले धेरैको पाप बोक्‍यो र उसले अपराधीहरूका निम्‍ति मध्‍यस्‍थता गर्‍यो।

१ कोरिन्थी 6 : 12
12 “सबै कुरा मेरो निम्‍ति न्‍यायसङ्गत छन्,” तर सबै कुरा फाइदाका छैनन्‌। “सबै कुरा मेरो निम्‍ति न्‍यायसङ्गत छन्,” तर म कुनै कुराको कमारो हुनेछैनँ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *