आफ्नो पतिलाई खुसी पार्न

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् आफ्नो पतिलाई खुसी पार्न

१ कोरिन्थी 7 : 3 – 5
3 पतिले आफ्‍नी पत्‍नीलाई तिनको वैवाहिक हक देओस्, र यसरी नै पत्‍नीले पनि आफ्‍ना पतिलाई।
4 पत्‍नीले आफ्‍नो शरीरमाथि अधिकार राख्‍दिन, तर उसको पतिले राख्‍छ। यसरी नै पतिले पनि आफ्‍नो शरीरमाथि अधिकार राख्‍दैन, तर उसकी पत्‍नीले राख्‍छे।
5 पति पत्‍नीले आफ्‍नो पारस्‍परिक संसर्गदेखि एक-अर्कालाई इन्‍कार नगर। इन्‍कार गर्‍यौ भने पनि आपसमा सल्‍लाह गरेर केही समयको निम्‍ति मात्र, ताकि तिमीहरू प्रार्थनामा लागिरहन सक। तब फेरि एकसाथ बस, ताकि आत्‍मसंयमको अभावको कारणले शैतानले तिमीहरूलाई परीक्षामा नपारोस्‌।

हितोपदेश 31 : 12
12 तिनले आफ्‍नो जीवनकालभरि नै उनको भलो गर्छिन्, कुभलो होइन।

१ कोरिन्थी 7 : 32 – 35
32 तिमीहरू सबै निष्‍फिक्री होओ भन्‍ने म चाहन्‍छु। विवाह नभएको मानिसले प्रभुलाई कसरी खुशी तुल्‍याऊँ भनेर प्रभुकै कुराको विषयमा फिक्री गर्दछ,
33 तर विवाह भएको मानिसले पत्‍नीलाई कसरी खुशी राखूँ भनेर संसारका कुराको फिक्री गर्दछ।
34 यस्‍तो मानिसको मन दुईपट्टि लागेको हुन्‍छ। विवाह नभएकी स्‍त्रीले शरीर र आत्‍मा दुवैमा कसरी पवित्र रहूँ भनेर प्रभुकै कुराका विषयमा फिक्री गर्दछे। तर विवाह भएकीले चाहिँ कसरी आफ्‍ना पतिलाई खुशी राखूँ भनी संसारका कुराको फिक्री गर्दछे।
35 यो कुरा तिमीहरूमाथि प्रतिबन्‍ध लाउनलाई होइन तर तिमीहरूका भलाइको लागि नै भनिरहेछु, यस हेतुले कि तिमीहरू एक चित्तका भई प्रभुप्रति भक्तिसाथ ठीक किसिमको जीवन यापन गर्न सक।

१ पत्रुस 3 : 1
1 पत्‍नी हो, तिमीहरू पनि आफ्‍ना पतिका अधीनमा रहो, र यसरी तिनीहरूले वचन पालन नगरे तापनि आफ्‍ना पत्‍नीहरूको आचरणले गर्दा शब्‍दविना पनि तिनीहरूका मनको परिवर्तन हुन सक्‍छ।

हितोपदेश 31 : 11
11 तिनका पतिले तिनीमाथि पूरा भरोसा गर्छन्, र उनलाई कुनै असल कुराको अभाव हुँदैन।

उत्‍पत्ति 3 : 16
16 स्‍त्रीलाई उहाँले भन्‍नुभयो, “तेरो सुत्‍केरी-वेदना म ज्‍यादै गरी बढ़ाइदिनेछु। दु:खसँग तैंले बालक जन्‍माउनेछस्‌। तेरो इच्‍छा पतितर्फ नै हुनेछ, र त्‍यसले तँलाई अधीनमा राख्‍नेछ।”

हितोपदेश 31 : 30
30 सौन्‍दर्य भ्रमात्‍मक हुन्‍छ, र सुन्‍दरता उड़िजाने हुन्‍छ, तर परमेश्‍वरको भय मान्‍ने स्‍त्रीको नै प्रशंसा गरिनुपर्छ।

एफिसी 5 : 24
24 जसरी मण्‍डली ख्रीष्‍टको अधीनमा छ, त्‍यसरी नै पत्‍नीहरू पनि हरेक कुरामा पतिहरूका अधीनमा रहून्‌।

फिलिप्पी 4 : 11
11 खाँचो पर्‍यो भनेर मैले गुनासो पोखाएको होइन, किनभने जुनसुकै परिस्‍थितिमा भए पनि त्‍यसमा सन्‍तुष्‍ट रहन मैले सिकेको छु।

हितोपदेश 31 : 13 – 19
13 तिनले ऊन र सनपाट चुनेर आफ्‍ना हातहरूले उत्‍सुकतासाथ काम गर्छिन्‌।
14 व्‍यापारी जहाजहरूले जस्‍तै तिनले टाढ़ाबाट भोजन ल्‍याउँछिन्‌।
15 तिनी राती नै उठ्‌छिन्, आफ्‍नो परिवारको लागि भोजनको इन्‍तिजाम गर्छिन्, र आफ्‍नी दासी ठिटीहरूलाई आ-आफ्‍नो भाग दिन्‍छिन्‌।
16 खूबै सोच-विचार गरेर तिनले एउटा खेत किन्‍छिन्, र आफ्‍नो कमाइले तिनी दाखबारी लाउँछिन्‌।
17 तिनले आफ्‍नो काम फूर्तिसँग गर्छिन्, आफ्‍नो कामको लागि तिनका पाखुराहरू बलिया छन्‌।
18 तिनले आफ्‍नो कारोबार लाभदायक भएको देख्‍छिन्, र तिनको बत्ती राती निभ्‍दैन।
19 तिनले आफ्‍नो हातमा चर्खाको डन्‍डा लिन्‍छिन्, र आफ्‍नै औँलाले पिउरी पक्रन्‍छिन्‌।

हितोपदेश 14 : 1
1 बुद्धिमान्‌ स्‍त्रीले आफ्‍नो घर निर्माण गर्छे, तर निर्बुद्धि स्‍त्रीले आफ्‍नै हातले आफ्‍नो घर भत्‍काउँछे।

हिब्रू 13 : 4
4 सबैका बीचमा विवाहचाहिँ आदरणीय होस्, वैवाहिक सम्‍बन्‍ध नबिटुलिओस्, किनकि दुराचारी र व्‍यभिचारीहरूको इन्‍साफ परमेश्‍वरले गर्नुहुन्‍छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *