यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् आफ्नो छिमेकीलाई माया गर्ने
मर्कूस 12 : 31
31 दोस्रोचाहिँ यो हो, ‘तैंले आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्।’ योभन्दा ठूलो आज्ञा अर्को छैन।”
लेवीहरू 19 : 18
18 “‘आफ्ना आफन्तहरूसित बदला लिन नखोज र इबी नराख, तर आफ्नो छिमेकीलाई आफैलाई झैँ प्रेम गर। म परमप्रभु हुँ।
मत्ती 22 : 36 – 40
36 “गुरुज्यू, व्यवस्थामा महान् आज्ञा कुन हो?”
37 उहाँले तिनलाई भन्नुभयो, “तैंले परमप्रभु आफ्ना परमेश्वरलाई आफ्नो सारा हृदयले, र आफ्नो सारा प्राणले, र आफ्नो सारा समझले प्रेम गर्नू।
38 महान् र प्रथम आज्ञा यही हो।
39 दोस्रो पनि त्यस्तै छ, तैंले आफ्नो छिमेकीलाई आफैलाई जस्तै प्रेम गर्नू।
40 सारा व्यवस्था र अगमवक्ताहरूका शिक्षाको आधार नै यी दुई आज्ञाहरू हुन्।”
लूका 6 : 27
27 “तर तिमी सुन्नेहरूलाई म भन्दछु, आफ्ना शत्रुलाई प्रेम गर, र घृणा गर्नेहरूलाई भलाइ गर,
रोमी 13 : 8 – 10
8 आपसमा प्रेम गर्नुबाहेक कसैको केही कुरामा ऋणी नहोओ। किनकि आफ्नो छिमेकीलाई प्रेम गर्नेले व्यवस्था पूरा गरेको हुन्छ।
9 “तैंले व्यभिचार नगर्, तैंले हत्या नगर्, तैंले चोरी नगर्, तैंले लोभ नगर्,” यी आज्ञाहरूबाहेक, र अरू जति आज्ञा छन्, ती सबैको सारांश यसै आज्ञामा पाइन्छ, अर्थात् “तैंले आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्।”
10 प्रेमले छिमेकीको खराबी गर्दैन। यसकारण प्रेम गर्नु नै व्यवस्था पूरा गर्नु हो।
मत्ती 7 : 12
12 मानिसहरूले तिमीहरूसँग जस्तो व्यवहार गरून् भन्ने तिमीहरू चाहन्छौ, तिमीहरूले पनि तिनीहरूसँग त्यस्तै व्यवहार गर, किनभने यही नै व्यवस्था र अगमवक्ताका शिक्षाको सारांश हो।
लूका 10 : 25 – 37
25 व्यवस्थाका एक जना पण्डित उहाँको परीक्षा गर्न खड़ा भए, र यो प्रश्न गरे, “गुरुज्यू, अनन्त जीवन प्राप्त गर्न मैले के गर्नुपर्छ?”
26 उहाँले तिनलाई भन्नुभयो, “व्यवस्थामा के लेखिएको छ? तिमीले के पढ़्यौ?”
27 तिनले भने, “तैंले परमप्रभु, आफ्ना परमेश्वरलाई आफ्नो सारा हृदयले, आफ्नो सारा प्राणले, आफ्नो सारा समझले र आफ्नो सारा मनले प्रेम गर्, र आफ्नो छिमेकीलाई आफैलाई झैँ प्रेम गर्।”
28 उहाँले तिनलाई भन्नुभयो, “तिमीले ठीक जवाफ दियौ। त्यसै गर, र तिमी जिउनेछौ।”
29 तर तिनले आफूलाई धार्मिक देखाउने इच्छा गरेर येशूलाई भने, “मेरो छिमेकीचाहिँ को हो त?”
30 येशूले जवाफ दिनुभयो, “एक जना मानिस यरूशलेमबाट यरीहोतिर जाँदैथियो। त्यो डाँकूहरूको फेला पर्यो। तिनीहरूले त्यसलाई नाङ्गै पारेर पिटे, र अधमरो पारी छोड़ेर गए।
31 संयोगले एक जना पूजाहारी त्यही बाटो भएर जाँदैथियो, र त्यो अधमरो मान्छेलाई देखेर त्यो अर्कोपट्टि तर्केर गयो।
32 त्यसै गरी एक जना लेवी पनि त्यस ठाउँमा आएर त्यसलाई देखेपछि अर्कोपट्टि तर्केर गयो।
33 तर एक जना सामरी उसको यात्रामा जाँदैगर्दा त्यो मान्छे भएको ठाउँमा आइपुग्यो, र त्यसलाई देखेर उसको मन दयाले भरियो।
34 र त्यसकहाँ गएर तेल र दाखमद्य लगाएर त्यसका घाउहरूमा पट्टी बाँधिदियो, र आफ्नै गधामाथि चढ़ाएर त्यसलाई एउटा पौवामा ल्याई त्यसको हेरचाह गर्यो।
35 भोलिपल्ट उसले चाँदीका दुई सिक्का पौवाको मालिकलाई दिएर भन्यो, ‘यिनको हेरचाह गर, र अरू बढ़ी खर्च लागे म फर्केर आउँदा तिमीलाई तिरिदिनेछु’।”
36 येशूले सोध्नुभयो, “तिम्रो विचारमा यी तीन जनामध्ये डाँकूहरूका हातमा पर्ने मानिसको छिमेकी कुनचाहिँ ठहरियो?”
37 तिनले भने, “त्यस मानिसमाथि दया देखाउनेचाहिँ।” तब येशूले तिनलाई भन्नुभयो, “जाऊ, तिमी पनि त्यसै गर।”
१ यूहन्ना 4 : 16
16 यसरी हामीप्रति भएको परमेश्वरको प्रेम हामी जान्दछौं र विश्वास गर्छौं। परमेश्वर प्रेम हुनुहुन्छ, र जो प्रेममा रहन्छ त्यो परमेश्वरमा रहन्छ, र परमेश्वर उसमा रहनुहुन्छ।
मत्ती 19 : 19
19 आफ्ना आमा-बुबाको आदर गर्नू, र आफ्नो छिमेकीलाई आफूलाई झैँ प्रेम गर्नू।”
रोमी 15 : 2
2 हामी प्रत्येकले आफ्नो छिमेकीको आत्मिक सुधार होस् भनेर तिनको भलाइको लागि तिनलाई प्रसन्न राखौं।
मत्ती 7 : 1 – 2
1 “अरूलाई दोषी नठहराओ, र तिमीहरू पनि दोषी ठहराइनेछैनौ।
2 किनभने जसरी तिमीहरू अरूहरूलाई दोषी ठहराउँछौ, त्यसरी नै तिमीहरू पनि दोषी ठहराइनेछौ। जुन नापले तिमीहरू नाप्तछौ, त्यसै गरी तिमीहरूका निम्ति पनि नापिनेछ।
यूहन्ना 15 : 12
12 “मेरो आज्ञा यही हो, कि मैले तिमीहरूलाई जसरी प्रेम गरें, तिमीहरूले एक-अर्कालाई त्यसरी नै प्रेम गर।
मत्ती 18 : 15 – 17
15 “तिम्रो भाइले तिम्रो विरुद्धमा अपराध गर्यो भने, गएर तिमीहरू दुई मात्र हुँदा त्यसको दोष देखाइदेऊ। त्यसले तिम्रो कुरा सुन्यो भने, तिम्रो भाइ आफ्नो भयो।
16 तर त्यसले सुनेन भने आफ्नो साथ अरू एक वा दुई जनालाई लैजाऊ र दुई अथवा तीन साक्षीद्वारा प्रत्येक कुरा पक्का होस्।
17 यदि त्यसले तिनीहरूका कुरा पनि सुन्न इन्कार गर्यो भने, मण्डलीलाई भन। त्यसले मण्डलीको कुरा पनि सुन्न इन्कार गर्यो भने, त्यो तिम्रो लागि विधर्मी र कर उठाउनेसरह होस्।
रोमी 13 : 1
1 हरेक व्यक्ति शासन गर्ने प्रशासकहरूका अधीनमा बसोस्। परमेश्वरबाट आएको अधिकारबाहेक अरू कुनै अधिकार हुँदैन। जुन प्रशासकहरू छन्, ती परमेश्वरबाटै नियुक्त भएका हुन्।
रोमी 13 : 9
9 “तैंले व्यभिचार नगर्, तैंले हत्या नगर्, तैंले चोरी नगर्, तैंले लोभ नगर्,” यी आज्ञाहरूबाहेक, र अरू जति आज्ञा छन्, ती सबैको सारांश यसै आज्ञामा पाइन्छ, अर्थात् “तैंले आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्।”
याकूब 2 : 8
8 यदि “आफ्ना छिमेकीलाई आफूलाई झैँ प्रेम गर” भन्ने पवित्र-धर्मशास्त्रको राजकीय व्यवस्थालाई साँच्चै पूरा गर्दछौ भनेता असलै गर्दछौ।
मत्ती 22 : 39
39 दोस्रो पनि त्यस्तै छ, तैंले आफ्नो छिमेकीलाई आफैलाई जस्तै प्रेम गर्नू।
एफिसी 4 : 25
25 यसकारण झूट त्यागेर हरेकले आ-आफ्नो छिमेकीसँग सत्य बोल, किनकि हामी एउटै शरीरमा एक-अर्काका अङ्गहरू हौं।
एफिसी 5 : 1
1 यसकारण तिमीहरू प्रिय बालकहरूझैँ परमेश्वरको देखासिकी गर्नेहरू होओ।
Leave a Reply