आफ्नो ख्याल राख्दै

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् आफ्नो ख्याल राख्दै

१ कोरिन्थी 6 : 19 – 20
19 तिमीहरूको शरीर पवित्र आत्‍माको मन्‍दिर हो, जुन पवित्र आत्‍मा तिमीहरूले परमेश्‍वरबाट पाएका छौ, र उहाँ तिमीहरूभित्र वास गर्नुहुन्‍छ भन्‍ने के तिमीहरूलाई थाहा छैन? तिमीहरू स्‍वयम्‌ आफ्‍नै होइनौ।
20 तिमीहरू मोल तिरेर किनिएका हौ। यसकारण तिमीहरूका शरीरमा परमेश्‍वरको महिमा गर।

३ यूहन्‍ना 1 : 2
2 प्रिय मित्र, म प्रार्थना गर्दछु, कि सबै कुरामा तिम्रो भलो होस्, र तिम्रो स्‍वास्‍थ्‍य ठीक रहोस्‌। तिम्रो आत्‍मिक जीवन ठीक छ भन्‍ने म जान्‍दछु।

१ कोरिन्थी 3 : 16
16 के तिमीहरूलाई थाहा छैन, तिमीहरू परमेश्‍वरका मन्‍दिर हौ, र परमेश्‍वरका पवित्र आत्‍मा तिमीहरूमा वास गर्नुहुन्‍छ?

भजनसंग्रह 139 : 13 – 14
13 किनकि तपाईंले नै म भित्रका अङ्ग-प्रत्‍यङ्ग बनाउनुभयो, तपाईंले मलाई मेरी आमाको गर्भमा रच्‍नुभयो।
14 म तपाईंको प्रशंसा गर्छु, किनकि म भयानक र अद्‌भुत रीतिले बनाइएको छु। तपाईंका कार्यहरू अद्‌भुत छन्‌, र त्‍यो कुरा म पूर्ण रूपले जान्‍दछु।

१ कोरिन्थी 3 : 17
17 यदि कसैले परमेश्‍वरको मन्‍दिरलाई नष्‍ट गर्छ भने परमेश्‍वरले त्‍यसलाई नष्‍ट गर्नुहुनेछ। किनकि परमेश्‍वरको मन्‍दिर पवित्र हुन्‍छ, र त्‍यो मन्‍दिर तिमीहरू नै हौ।

फिलिप्पी 4 : 13
13 जसले मलाई शक्ति दिनुहुन्‍छ, उहाँमा नै म सब कुरा गर्न सक्‍छु।

१ पत्रुस 5 : 7 – 9
7 तिमीहरूका सारा फिक्री उहाँलाई सुम्‍पिदेओ, किनकि उहाँले तिमीहरूको वास्‍ता गर्नुहुन्‍छ।
8 सचेत रहो, जागा रहो, तिमीहरूको शत्रु दियाबलस कसलाई भेट्टाऊँ र खाइहाँलू भनी गर्जने सिंहझैँ खोजिहिँड्‌छ।
9 विश्‍वासमा दह्रिला भएर त्‍यसको विरोध गर, किनकि संसारभरि नै तिमीहरूका दाजुभाइहरूले पनि यस्‍तै कष्‍टको अनुभव गरिरहनुपरेको छ।

रोमी 12 : 1 – 2
1 यसकारण भाइ हो, परमेश्‍वरको कृपालाई ध्‍यानमा राखी म तिमीहरूलाई अनुरोध गर्दछु, कि तिमीहरूको आत्‍मिक उपासनाको रूपमा आ-आफ्‍ना शरीरलाई पवित्र र परमेश्‍वरलाई ग्रहणयोग्‍य हुने जिउँदो बलिको रूपमा अर्पण गर।
2 यस संसारको ढाँचामा नचल, तर आफ्‍नो मनमा नयाँ भई पूर्ण रूपले परिवर्तित होओ, र परमेश्‍वरको असल, ग्रहणयोग्‍य र सिद्ध इच्‍छा के हो, त्‍यो तिमीहरूले जाँच्‍न सक।

१ पत्रुस 3 : 1 – 22
1 पत्‍नी हो, तिमीहरू पनि आफ्‍ना पतिका अधीनमा रहो, र यसरी तिनीहरूले वचन पालन नगरे तापनि आफ्‍ना पत्‍नीहरूको आचरणले गर्दा शब्‍दविना पनि तिनीहरूका मनको परिवर्तन हुन सक्‍छ।
2 तिमीहरूका जीवनको शुद्धता र श्रद्धा देख्‍दा तिनीहरूको परिवर्तन हुनेछ।
3 केशको सिङ्गार, सुनको गहनापात र दामी वस्‍त्र तिमीहरूको बाहिरी सिङ्गारपटार नहोस्‌।
4 तिमीहरूका भित्री हृदयलाई भलो र शान्‍त आत्‍माको अविनाशी रत्‍नले सजाओ, जो परमेश्‍वरको दृष्‍टिमा साह्रै मूल्‍यवान्‌ छ।
5 किनकि यही किसिमले अघिअघि परमेश्‍वरमा आशा राख्‍ने पवित्र स्‍त्रीहरूले पनि सिङ्गार गर्थे, र आफ्‍ना पतिका अधीनमा बस्‍थे।
6 साराले जस्‍तै, जसले अब्राहामलाई स्‍वामी भनेर तिनको आज्ञापालन गर्थिन्, यदि तिमीहरूले उचित काम गर्‍यौ र कुनै कुरामा भयभीत भएनौ भने तिमीहरू उनकै छोरीहरू ठहरिनेछौ।
7 पति हो, त्‍यसै गरी आफ्‍ना पत्‍नीसँग विचारशील भएर बस, र स्‍त्रीलाई अबला ठानी आदर गर्ने गर, किनकि तिमीहरू जीवनका अनुग्रहका साझेहकदार हौ, यस हेतुले कि तिमीहरूका प्रार्थनामा बाधा नपरोस्‌।
8 अन्‍त्‍यमा तिमीहरू सबैमा आत्‍माको एकता राख, एउटाले अर्कोलाई सहानुभूति देखाओ, भातृ-प्रेम गर, कोमल हृदयका होओ, र नम्र मनका होओ।
9 खराबीको बदला खराबी नगर्ने अथवा अपमानको बदला अपमान नगर्ने, बरु त्‍यसको सट्टामा आशिष्‌ दिने होओ, किनकि यसैको लागि तिमीहरू बोलाइएका छौ, कि तिमीहरूले आशिष्‌ प्राप्‍त गर्न सक।
10 किनकि, “जसले जीवनलाई प्रेम गर्छ, र असल दिनहरू देख्‍ने इच्‍छा गर्दछ, त्‍यसले आफ्‍नो जिब्रोलाई खराबीबाट र आफ्‍ना ओठलाई छली कुरा बोल्‍नबाट अलग राखोस्‌।
11 त्‍यो खराबीबाट फर्कोस्‌ र असल गरोस्, त्‍यसले शान्‍तिको खोजी गरोस्‌ र त्‍यसको पछि लागोस्‌।
12 किनकि परमेश्‍वरको नजर धर्मात्‍माहरूमाथि रहन्‍छ, र उहाँका कान तिनीहरूका प्रार्थनातिर खुला हुन्‍छन्, तर परमप्रभुको मुहार खराबी गर्नेहरूका विरुद्धमा हुन्‍छ।”
13 यदि तिमीहरू भलाइको निम्‍ति उत्‍साहित छौ भने, तिमीहरूको हानि गर्ने को हुन्‍छ र?
14 तर धार्मिकताको खातिर दुःख भोग्‍नैपरे तापनि तिमीहरू धन्‍यका हौ। तिनीहरूका धम्‍कीको डर नमान, र भयभीत नहोओ।
15 तर ख्रीष्‍टलाई प्रभु मानेर तिम्रो हृदयमा उहाँको श्रद्धा गर। तिमीहरूमा भएका आशाको विषयमा कसैले सोधपूछ गरे त्‍यसको जवाफ दिन सधैँ तत्‍पर बस, तर त्‍यो काम नम्रता र श्रद्धासाथ गर।
16 तिमीहरूका विवेक शुद्ध राख, ताकि तिमीहरूको विरोधमा बोल्‍ने र ख्रीष्‍टमा तिमीहरूका चालचलनको निन्‍दा गर्नेहरू लज्‍जित होऊन्‌।
17 यदि परमेश्‍वरको यस्‍तै इच्‍छा छ भने, खराबी गरेर दुःख भोग्‍नुभन्‍दा भलाइ गरेर दुःख भोग्‍नु नै असल हो।
18 किनभने हामीलाई परमेश्‍वरकहाँ ल्‍याउन ख्रीष्‍ट पनि पापहरूका निम्‍ति सदाको लागि एक चोटि मर्नुभयो। उहाँ शरीरमा मारिनुभयो— धर्मी जन अधर्मीहरूका निम्‍ति— तर आत्‍माद्वारा जीवित पारिनुभयो।
19 यसै आत्‍मामा उहाँ जानुभयो र कैदमा परेका आत्‍माहरूलाई पनि प्रचार गर्नुभयो।
20 ती आत्‍माहरूले प्राचीनकालमा आज्ञापालन गरेनन्, जब नोआको समयमा जहाज बनाउँदा परमेश्‍वरले धैर्य धारण गरी पर्खिनुभएको थियो। त्‍यस जहाजमा थोरै, अर्थात्‌ आठ जना मात्र पानीद्वारा बचाइए।
21 यही पानी बप्‍तिस्‍माको एउटा रूप हो, जसले तिमीहरूलाई बचाउँछ। यो शरीरको मैला हटाएजस्‍तो होइन, तर शुद्ध विवेकको निम्‍ति परमेश्‍वरतर्फको एउटा प्रतिज्ञा हो। यसले मृतकबाट भएको येशू ख्रीष्‍टको पुनरुत्‍थानद्वारा तिमीहरूलाई बचाउँदछ।
22 उहाँ स्‍वर्गमा जानुभयो र स्‍वर्गदूतहरू, अधिकारहरू र शक्तिहरूलाई वशमा पारी परमेश्‍वरको दाहिने बाहुलीपट्टि विराजमान हुनुहुन्‍छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *