आधार

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् आधार

मत्ती 7 : 24
24 “यसकारण जसले मेरा यी वचन सुन्‍छ र पालन गर्छ, म एक जना बुद्धिमान्‌ मानिससँग त्‍यसको तुलना गर्छु, जसले आफ्‍नो घर चट्टानमाथि बनायो।

१ कोरिन्थी 3 : 11 – 13
11 किनकि जुन जग बसालिसकिएको छ, जो येशू ख्रीष्‍ट हुनुहुन्‍छ, त्‍यसबाहेक कुनै मानिसले अर्को जग बसाल्‍न सक्‍दैन।
12 अब यदि कुनै मानिसले यस जगमाथि सुन, चाँदी, बहुमूल्‍य पत्‍थर, काठ, घाँस वा पराल प्रयोग गरेर घर बनायो भने,
13 प्रत्‍येक मानिसको काम प्रकट हुनेछ, किनकि न्‍यायको दिनले त्‍यो खुलस्‍त गरिदिनेछ। त्‍यो आगोद्वारा प्रकट हुनेछ, र हरेकले कस्‍तो काम गरेको छ, सो आगोले जाँच गर्नेछ।

लूका 6 : 46 – 48
46 “मैले भनेका कुरा गर्दैनौ भने किन मलाई ‘प्रभु, प्रभु,’ भन्‍दछौ?
47 जो मकहाँ आउँछ, मेरा वचन सुन्‍छ र तीअनुसार गर्छ, त्‍यो कस्‍तो मानिस हो, म तिमीहरूलाई बताउनेछु।
48 त्‍यो एक जना घर बनाउने मानिसजस्‍तो हो, जसले गहिरो खनेर चट्टानमाथि जग बसाल्‍यो। अनि जब भल चल्‍यो, र जलप्रवाह उर्लिआएर त्‍यस घरमा ठोकियो, तब त्‍यस घरलाई हल्‍लाउन सकेन, किनकि त्‍यो पक्‍का बनाइएको थियो।

२ तिमोथी 2 : 19
19 तर परमेश्‍वरको दृढ़ जग खड़ै रहन्‍छ, र त्‍यसमा यो छाप लागेको छ, “प्रभुले आफ्‍ना जतिलाई चिन्‍नुहुन्‍छ,” र “प्रभुको नाउँ लिने जति हरेक अधर्मबाट टाढ़ै रहोस्‌।”

यशैया 28 : 16
16 यसकारण सर्वोच्‍च परमप्रभु भन्‍नुहुन्‍छ, “हेर, मैले सियोनमा एउटा ढुङ्गो बसालेको छु, एउटा जाँचेको ढुङ्गो, दृढ़ जगको निम्‍ति एउटा बहुमूल्‍य कुने-ढुङ्गो। भरोसा गर्नेले कहिल्‍यै हरेस खानेछैन।

भजनसंग्रह 11 : 3
3 यदि जग नै नष्‍ट हुन्‍छन्‌ भने, धर्मी जनले के गर्न सक्‍छन्‌ र?”

२ तिमोथी 3 : 16
16 सम्‍पूर्ण पवित्र-शास्‍त्र परमेश्‍वरको प्रेरणाबाट भएको हो, र यो सिकाउनलाई, अर्ती दिनलाई, सच्‍याउनलाई, धार्मिकतामा तालीम दिनलाई लाभदायक हुन्‍छ,

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *