यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् आत्माहरु मा conjuring
यशैया 8 : 19
19 जब मानिसहरूले तिमीहरूलाई भूतप्रेत खेलाउने र तन्त्रमन्त्र गर्ने धामीझाँक्रीसँग सल्लाह लेओ भनी भन्लान्, तब के मानिसहरूले आफ्ना परमेश्वरकहाँ गएर सोध्नुपर्दैन र? जीवितहरूका विषयमा मरेकाहरूलाई किन सोध्ने?
१ यूहन्ना 4 : 1
1 प्रिय हो, जुनसुकै आत्मालाई विश्वास नगर, तर आत्माहरू परमेश्वरबाट आएका हुन् कि होइनन् भनेर तिनको जाँच गर। किनभने धेरै झूटा अगमवक्ताहरू यस संसारमा निस्केका छन्।
व्यवस्था 13 : 1 – 3
1 तिमीहरूका बीचमा कोही अगमवक्ता वा कोही स्वप्न-दर्शी चमत्कारी चिन्ह वा आश्चर्यकर्म देखाउन तत्पर हुन्छ,
2 र त्यसले भनेको चिन्ह वा चमत्कार घटेपछि तिमीले नचिनेका “अन्य देवताहरूका पछि लागौं र तिनीहरूको पूजा गरौं” भनी त्यसले भन्यो भने,
3 तिमीहरूले त्यस अगमवक्ता वा स्वप्न-दर्शीका कुरा नसुन्नू। त्यो त तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरलाई आफ्ना सारा हृदय र प्राणले प्रेम गर्छौ कि गर्दैनौ भनी उहाँले तिमीहरूको जाँच गर्नुभएको हो।
मर्कूस 9 : 29
29 उहाँले तिनीहरूलाई भन्नुभयो, “यस किसिमको चाहिँ प्रार्थनाले बाहेक अरू कुनै उपायले धपाउन सकिँदैन।”
व्यवस्था 18 : 11
11 टुनामुना गर्ने, मृतकसँग सल्लाह लिने बिजुवा वा झाँक्री तिमीहरूका बीचमा कोही नहोस्।
एफिसी 6 : 12
12 किनकि हामीहरूको युद्ध शरीर र रगतको विरुद्ध होइन, तर प्रधानताहरूका विरुद्ध, शक्तिहरूका विरुद्ध, वर्तमान अन्धकारका सांसारिक शासकहरूका विरुद्ध र स्वर्गीय स्थानहरूमा भएका दुष्ट्याइँका आत्मिक सेनाहरूका विरुद्ध हो।
१ तिमोथी 4 : 1
1 पवित्र आत्मा प्रष्टै भन्नुहुन्छ, कि पछि आउने समयमा छली आत्मा र भूतप्रेतका सिद्धान्ततिर मन लाएर कोही विश्वासबाट तर्किजानेछन्।
Leave a Reply