यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् आत्महत्या
आमोस 9 : 2
2 तिनीहरूले चिहानको [1] गहिराइमा खनेर गए तापनि मेरो हातले तिनीहरूलाई त्यहाँबाट तानेर ल्याउनेछ। तिनीहरू माथि स्वर्गमा उक्ले तापनि म तिनीहरूलाई उँधो तानेर झार्नेछु।
प्रकाश 9 : 6
6 ती दिनमा मानिसहरूले मृत्यु खोज्नेछन्, तर पाउनेछैनन्। तिनीहरूले मर्न इच्छा गर्नेछन्, तर मृत्यु तिनीहरूबाट भाग्नेछ।
मत्ती 4 : 6
6 र उहाँलाई भन्यो, “तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ भने, यहाँबाट तल हामफाल्नुहोस्, किनभने यस्तो लेखिएको छ, ‘उहाँले आफ्ना दूतहरूको जिम्मामा तिमीलाई दिनुहुनेछ र तिनीहरूले तिमीलाई आफ्ना हात-हातै थाम्नेछन्, नत्रता तिम्रो खुट्टा ढुङ्गामा ठोकिनेछ’।”
लूका 4 : 11
11 र ‘तिनीहरूले तिमीलाई हात-हातै थाम्नेछन्, नत्रता तिम्रो खुट्टा ढुङ्गामा ठोकिनेछ’।”
न्यायकर्ताहरू 16 : 30
30 तिनले भने, “मलाई पलिश्तीहरूसँगै मर्न दिनुहोस्।” तब शिमशोनले आफ्नो सम्पूर्ण शक्ति लगाएर ठेले, र मुखियाहरू र त्यसमा भएका सबै मानिसहरूमाथि मन्दिर ढल्यो। यसरी तिनले आफू मर्दा बाँचेको समयको भन्दा धेरै मानिसहरूलाई मारे।
१ शमूएल 31 : 5
5 जब त्यस हतियार बोक्नेले शाऊल मरेका देख्यो, तब त्यसले पनि आफ्नो तरवारले आफैलाई रोपेर उनीसँगै मर्यो।
१ इतिहास 10 : 5
5 जब त्यस हतियार बोक्नेले शाऊल मरेका देख्यो, तब त्यो पनि आफ्नो तरवारमा उनिएर मर्यो।
२ शमूएल 17 : 23
23 जब आफूले दिएको सल्लाह नमानेको अहीतोपेलले बुझे, तब तिनले आफ्नो गधामा जीन-लगाम कसेर आफ्नो सहरपट्टि आफ्नो घरतिर गए। त्यहाँ तिनले आफ्नो घरलाई ठीकठाक गरी आफैलाई झुण्ड्याएर आत्महत्या गरे। तिनी यसरी मरे, र आफ्नो बुबाको चिहानमा गाड़िए।
१ राजाहरू 16 : 18
18 सहर लिएको देख्ने बित्तिकै जिम्री राजमहलको किल्लाभित्र पसे, र तिनले राजमहलमा आगो लगाइदिए। यसरी तिनी जलेर मरे।
मत्ती 27 : 5
5 तब चाँदीका ती सिक्काहरू मन्दिरमा फ्याँकेर त्यो गयो, र त्यसले झुण्डेर आत्महत्या गर्यो।
प्रेरित 1 : 18
18 त्यस मानिसले अधर्मको कमाइबाट एउटा जग्गा किन्यो, र उँधोमुन्टो भई खस्यो र त्यसको भुँड़ी फुट्यो, र त्यसका सबै आन्द्रा-भुँड़ी निस्के।
Leave a Reply