बाइबलले के भन्छ ह्यान्डब्रेडथ – बारेमा सबै बाइबल पदहरू ह्यान्डब्रेडथ

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् ह्यान्डब्रेडथ

प्रस्‍थान 25 : 25
25 त्‍यसका चारैतिर चार अङ्‌गुल चौड़ा भएको एउटा घेरो बनाउनू, र घेरोका चारैतिर सुनको बिट लगाउनू।

१ राजाहरू 7 : 26
26 त्‍यसको चौड़ाइ चार अङ्‌गुल थियो, र त्‍यसको बिटचाहिँ कचौराको बिटजस्‍तै फक्रेको लिली फूलजस्‍तै थियो। त्‍यसमा प्राय: चवालीस हजार लिटर पानी अटाउँथ्‍यो।

२ इतिहास 4 : 5
5 त्‍यसको मोटाई चार अङ्‌गुल थियो। त्‍यसको बिट कचौराको बिटजस्‍तो फक्रेको लिली फूलजस्‍तै थियो। त्‍यसमा प्राय: छयसट्ठी हजार लिटर पानी अटाउँथ्‍यो।

भजनसंग्रह 39 : 5
5 तपाईंले मेरो जीवनकाल बित्ताभरको बनाउनुभएको छ, र मेरो आयु तपाईंको दृष्‍टिमा केही पनि होइन। मानिसको जीवन एक मुट्ठी सासमा मात्र अड़ेको छ। सेला

यशैया 48 : 13
13 मेरो आफ्‍नै हातले पृथ्‍वीका जगहरू बसालेको हो, र मेरो दाहिने हातले आकाश फिँजाएको हो। जब म तिनीहरूलाई बोलाउँछु, ती एकसाथ खड़ा हुन्‍छन्‌।

इजकिएल 40 : 5
5 मन्‍दिरका क्षेत्रको पूरै बाहिर चारैतिर घेरेको एउटा पर्खाल मैले देखें। ती मानिसको हातमा भएको नाप्‍ने टाँगोको लमाइ छ हात लामो थियो, अर्थात्‌ प्रत्‍येक हात एक हात र चार अङ्‌गुलको चौड़ाइ थियो। तिनले त्‍यो पर्खाल नापे। त्‍यो एक नाप्‍ने टाँगो मोटो र एक टाँगो अल्‍गो थियो।

इजकिएल 40 : 43
43 अनि दुई चुच्‍चा भएका अङ्‌कुसेहरू— प्रत्‍येक चार अङ्‌गुल चौड़ा— भित्ताका चारैतिर झुण्‍ड्याइएका थिए। टेबिलहरूचाहिँ भेटीको मासु राखिनलाई थिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *