बाइबलले के भन्छ हास्य र हाँसो – बारेमा सबै बाइबल पदहरू हास्य र हाँसो

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् हास्य र हाँसो

हितोपदेश 17 : 22
22 प्रसन्‍न हृदय असल औषधी हो, तर पेलिएको आत्‍माले हड्डीहरू सुकाउँछ।

भजनसंग्रह 126 : 2
2 तब हाम्रो मुख हाँसोले, र हाम्रो जिब्रो आनन्‍दको आवाजले भरिए। तब जातिहरूका बीचमा यसो भनियो, “परमप्रभुले तिनीहरूका निम्‍ति महान्‌ काम गर्नुभएको छ।”

अय्‍यूब 8 : 21
21 तापनि उहाँले तपाईंको मुखमा हाँसो र रमाहटको ठूलो सोरले तपाईंको ओठ भरिदिनुहुनेछ।

उपदेशक 3 : 4
4 रुने एउटा समय छ, र हाँस्‍ने एउटा समय। शोक गर्ने एउटा समय छ, र नाच्‍ने एउटा समय।

हितोपदेश 15 : 13
13 आनन्‍दित हृदयले अनुहार प्रसन्‍न पार्छ, तर हृदयको पीरले आत्‍मालाई आघात पुर्‍याउँछ।

भजनसंग्रह 2 : 4
4 स्‍वर्गमा विराजमान हुनुहुनेचाहिँ हाँस्‍नुहुन्‍छ, परमप्रभुले तिनीहरूको उपहास गर्नुहुन्‍छ।

उत्‍पत्ति 21 : 6
6 साराले भनिन्, “परमेश्‍वरले मलाई एउटा हाँस्‍ने कारण दिनुभयो। यो सुन्‍ने जति सबै मसँगै हाँस्‍नेछन्‌।”

भजनसंग्रह 32 : 11
11 हे धर्मात्‍मा हो, परमप्रभुमा आनन्‍दित होओ र हर्ष मनाओ, र सोझो मन भएका हो, तिमीहरू सबै आनन्‍दसाथ जयजयकार गर!

एफिसी 5 : 4
4 कुनै अश्‍लील कुरा, मूर्ख बातचीत अथवा बेफाइदाको ठट्यौली नगर्नू, यी सुहाउने कुरा होइनन्‌। तर बरु धन्‍यवाद दिने काम होस्‌।

भजनसंग्रह 37 : 13
13 तर प्रभुले तिनीहरूलाई हाँसोमा उड़ाइदिनुहुन्‍छ, किनभने तिनीहरूको दिन आइराखेको उहाँ जान्‍नुहुन्‍छ।

हितोपदेश 14 : 13
13 मुखमा हाँसो भए पनि हृदयमा वेदना हुन सक्‍छ, र हर्षको अन्‍तचाहिँ शोकमा हुन सक्‍छ।

भजनसंग्रह 16 : 11
11 तपाईंले मलाई जीवनको मार्ग देखाउनुभएको छ। तपाईंको उपस्‍थितिद्वारा तपाईंले आनन्‍दले मलाई गद्‌गद्‌ पार्नुहुनेछ। तपाईंको दाहिने बाहुलीमा अनन्‍त आनन्‍द छ।

भजनसंग्रह 16 : 8 – 11
8 मैले परमप्रभुलाई सधैँ मेरो सामुन्‍ने राखेको छु। उहाँ मेरो दाहिने हाततर्फ हुनुहुन्‍छ, यसकारण म डग्‍नेछैनँ।
9 यसकारण मेरो हृदय आनन्‍दित छ, अनि मेरो जिब्रो हर्षित हुन्‍छ। मेरो शरीर पनि सुरक्षित रहन्‍छ।
10 किनभने तपाईंले मेरो प्राणलाई चिहानमा [1] छोड्‌नुहुनेछैन, न त तपाईंले आफ्‍ना पवित्र जनको शरीर कुहुन दिनुहुनेछ।
11 तपाईंले मलाई जीवनको मार्ग देखाउनुभएको छ। तपाईंको उपस्‍थितिद्वारा तपाईंले आनन्‍दले मलाई गद्‌गद्‌ पार्नुहुनेछ। तपाईंको दाहिने बाहुलीमा अनन्‍त आनन्‍द छ।

भजनसंग्रह 4 : 7
7 तिनीहरूका अन्‍न र नयाँ दाखमद्यको प्रशस्‍ततामा हुने आनन्‍दभन्‍दा बढ़ी आनन्‍दले तपाईंले मेरो हृदय भर्नुभएको छ।

सपन्‍याह 3 : 17
17 परमप्रभु तेरा परमेश्‍वर तँसित हुनुहुन्‍छ। उहाँ बचाउनलाई सामर्थी हुनुहुन्‍छ। उहाँ तँसित अत्‍यन्‍तै आनन्‍दित हुनुहुन्‍छ। उहाँले आफ्‍नो प्रेममा तँलाई शान्‍त पार्नुहुनेछ। गीत गाएर उहाँ तेरा बारेमा रमाउनुहुनेछ।

फिलिप्पी 4 : 4
4 प्रभुमा सधैँ आनन्‍द गर। म फेरि पनि भन्‍दछु, आनन्‍द गर।

उत्‍पत्ति 17 : 17
17 तब अब्राहाम घोप्‍टो परी मनमनै हाँसेर भने, “के सय वर्ष पुगिसकेकोलाई सन्‍तान होला? नब्‍बे वर्ष पुगेकी साराले बालक जन्‍माउलिन्‌ र?”

कलस्सी 4 : 6
6 नूनले स्‍वादिलो पारेजस्‍तो तिमीहरूको बोलीवचन सधैँ कृपालु होस्, ताकि प्रत्‍येकलाई कसरी जवाफ दिनुपर्ने हो, सो तिमीहरू जान।

भजनसंग्रह 47 : 1
1 सङ्गीत-निर्देशकको निम्‍ति कोरहवंशीको भजन [1] हे सबै जाति हो, ताली बजाओ, उच्‍च स्‍वरले परमेश्‍वरको जय-जयकार गर।

हितोपदेश 31 : 25
25 तिनी सामर्थ्‍य र प्रतिष्‍ठाले सुशोभित हुन्‍छिन्, र आउने दिनहरूका बारेमा तिनी हाँस्‍न सक्‍छिन्‌।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *