बाइबलले के भन्छ हस्तक्षेप – बारेमा सबै बाइबल पदहरू हस्तक्षेप

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् हस्तक्षेप

हितोपदेश 26 : 17
17 आफूसँग असम्‍बन्‍धित झगड़ामा हस्‍तक्षेप गर्ने बटुवा, र कुकुरको कान पक्रने व्‍यक्ति एउटै हो।

१ थेसलोनिकी 4 : 11
11 हामीले तिमीहरूलाई आज्ञा दिएझैँ, तिमीहरू शान्‍त रहने, आफ्‍नै धन्‍धाको फिक्री गर्ने र आफ्‍नै हातले काम गर्ने प्रयत्‍न गर,

१ पत्रुस 4 : 15
15 तर तिमीहरूमध्‍ये कसैले पनि हत्‍यारा, वा चोर, वा खराबी गर्ने, वा अर्काको कुरामा हात हाल्‍नेले झैँ दुःख नभोग।

मत्ती 7 : 1 – 5
1 “अरूलाई दोषी नठहराओ, र तिमीहरू पनि दोषी ठहराइनेछैनौ।
2 किनभने जसरी तिमीहरू अरूहरूलाई दोषी ठहराउँछौ, त्‍यसरी नै तिमीहरू पनि दोषी ठहराइनेछौ। जुन नापले तिमीहरू नाप्‍तछौ, त्‍यसै गरी तिमीहरूका निम्‍ति पनि नापिनेछ।
3 “किन तिमी आफ्‍नो भाइको आँखामा भएको धूलोको कण देख्‍तछौ, तर तिम्रो आफ्‍नै आँखामा भएको मूढ़ाचाहिँ थाहा पाउँदैनौ?
4 अथवा तिम्रो आफ्‍नै आँखामा मूढ़ा छ भने कसरी तिमी तिम्रो भाइलाई भन्‍न सक्‍छौ, ‘मलाई तिम्रो आँखाबाट धूलोको कण निकाल्‍न देऊ।’
5 ए ढोंगी, पहिले आफ्‍नै आँखाबाट मूढ़ा निकाल, तब तिम्रो भाइको आँखाबाट धूलोको कण निकाल्‍नलाई तिमी सफासँग देख्‍न सक्‍नेछौ।

हितोपदेश 26 : 20
20 दाउराविना आगो निभ्‍छ, कुरौटेविना खिचोला शान्‍त हुन्‍छ।

१ पत्रुस 4 : 13 – 15
13 तर ख्रीष्‍टका कष्‍ट-भोगमा सहभागी हुँदा रमाओ, ताकि उहाँको महिमा प्रकट हुँदा तिमीहरू पनि आनन्‍दित र हर्षित हुन सक।
14 यदि ख्रीष्‍टको नाउँमा तिमीहरू निन्‍दित भयौ भने तिमीहरू धन्‍यका हौ। किनभने महिमाका र परमेश्‍वरका आत्‍मा तिमीहरूमाथि रहनुहुन्‍छ।
15 तर तिमीहरूमध्‍ये कसैले पनि हत्‍यारा, वा चोर, वा खराबी गर्ने, वा अर्काको कुरामा हात हाल्‍नेले झैँ दुःख नभोग।

हितोपदेश 20 : 3
3 कलह नचाहनु मानिसको निम्‍ति आदरणीय कुरो हो, तर हरेक मूर्खचाहिँ कलह मच्‍चाउनमा छिटो हुन्‍छ।

१ पत्रुस 2 : 1 – 25
1 यसकारण सबै दुष्‍टता, सबै छल-कपट र ईर्ष्‍या, र सबै निन्‍दाहरूलाई त्‍याग।
2 नयाँ जन्‍मेका बालकहरूजस्‍तै शुद्ध आत्‍मिक दूधको तृष्‍णा गर, र त्‍यसबाट तिमीहरू आफ्‍नो मुक्तिमा बढ्‌दैजान सक्‍नेछौ।
3 किनकि प्रभु कृपालु हुनुहुन्‍छ भन्‍ने कुराको स्‍वाद तिमीहरूले पाएका छौ।
4 उहाँकहाँ जाओ, जो जीवित पत्‍थर हुनुहुन्‍छ। मानिसहरूबाट इन्‍कार हुनुभएको, तर परमेश्‍वरको दृष्‍टिमा उहाँ चुनिनुभएको र बहुमूल्‍य हुनुहुन्‍छ।
5 तिमीहरू पनि येशू ख्रीष्‍टद्वारा परमेश्‍वरको दृष्‍टिमा ग्रहणयोग्‍य आत्‍मिक बलिदान चढ़ाउने पवित्र पूजाहारीगिरीको निम्‍ति जीवित पत्‍थरहरूझैँ आत्‍मिक घर बन्‍दैजाओ।
6 किनभने धर्मशास्‍त्रमा भनिएको छ, “हेर, सियोनमा एउटा छानिएको र बहुमूल्‍य कुने-ढुङ्गो म बसाल्‍छु, र जसले उहाँमाथि विश्‍वास गर्छ त्‍यो शर्ममा पर्नेछैन।”
7 यसकारण तिमीहरू जसले विश्‍वास गर्छौ तिमीहरूका निम्‍ति त उहाँ बहुमूल्‍य हुनुहुन्‍छ, तर विश्‍वास नगर्नेहरूका निम्‍ति चाहिँ, “जुन ढुङ्गालाई भवन निर्माण गर्नेहरूले रद्द गरे त्‍यहीचाहिँ कुनाको शिर-ढुङ्गा बन्‍यो।”
8 र, “एउटा ढुङ्गो, जसले मानिसहरूलाई ठेस खान लगाउँछ, एउटा चट्टान, जसले तिनीहरूलाई लोट्‌न लगाउँछ।” किनकि तिनीहरू वचन उल्‍लङ्घन गर्छन्‌ र लोट्‌छन्‌। तिनीहरूका निम्‍ति यस्‍तै हुन तोकिएको थियो।
9 तर तिमीहरू त चुनिएका वंश, राजकीय पूजाहारीगिरी, पवित्र जाति, परमेश्‍वरका निजी प्रजा हौ। उहाँले तिमीहरूलाई अन्‍धकारदेखि उहाँका उदेकको ज्‍योतिमा ल्‍याउनुभयो, ताकि तिमीहरू उहाँका आश्‍चर्यपूर्ण कार्यहरूको घोषणा गर्न सक।
10 एक पल्‍ट तिमीहरू प्रजा थिएनौ, तर अब तिमीहरू परमेश्‍वरका प्रजा भएका छौ। एक पल्‍ट तिमीहरूले कृपा पाएका थिएनौ, तर अब तिमीहरूले कृपा पाएका छौ।
11 प्रिय हो, म तिमीहरूलाई आग्रहपूर्वक बिन्‍ती गर्दछु, कि विदेशी र प्रवासीहरू हौ भनी जानेर तिमीहरूका आत्‍माको विरुद्धमा लड़ाइँ गर्ने शारीरिक अभिलाषाहरूबाट अलग रहो।
12 अन्‍यजातिहरूका बीचमा तिमीहरूको चालचलन असल होस्‌। कसैले तिमीहरूलाई कुकर्मी भनी तिमीहरूका विरुद्धमा बोले तापनि तिनीहरूले तिमीहरूका असल कामहरू देखून्, र आगमनको दिनमा तिनीहरूले परमेश्‍वरको महिमा गरून्‌।
13 प्रभुको खातिर मानिसको हरेक शासनको अधीनमा बस, चाहे त्‍यो सर्वोच्‍च राजाको होस्,
14 अथवा हाकिमहरूको होस्, जो दुष्‍ट काम गर्नेहरूलाई दण्‍ड दिन र असल काम गर्नेहरूलाई प्रशंसा गर्न उहाँद्वारा खटाइएका हुन्‍छन्‌।
15 किनकि परमेश्‍वरको इच्‍छा यही छ, कि असल गरेर नै तिमीहरूले मूर्ख मानिसहरूको अज्ञानतालाई चूप गराउनुपर्छ।
16 स्‍वतन्‍त्र मानिसहरूझैँ जीवन बिताओ। स्‍वतन्‍त्रतालाई कुकर्म गर्ने बहाना नबनाओ, तर परमेश्‍वरका दासहरूझैँ भएर चल।
17 सबै मानिसहरूलाई आदर गर। भाइबन्‍धुलाई प्रेम गर। परमेश्‍वरसँग डराओ। राजाको आदर गर।
18 कमारा हो, सम्‍पूर्ण आदरपूर्वक आफ्‍ना मालिकहरूका अधीनमा बस। तिमीहरूमाथि दयालु र भला हुनेहरूका अधीनमा मात्र होइन, तर निर्दयीहरूका अधीनमा पनि।
19 परमेश्‍वरलाई सम्‍झेर कुनै मानिसले अन्‍यायपूर्ण कष्‍ट सहन्‍छ भने त्‍यो परमेश्‍वरमा प्रशंसनीय छ।
20 किनभने तिमीहरूले खराब काम गरेर कुटाइ खाँदा धैर्यसँग सह्यौ भने यसमा ठूलो कुरो के छ र? तर तिमीहरूले असल गरेर पनि दुःख भोग्‍नुपर्दा धैर्यसँग सहन्‍छौ भने यो परमेश्‍वरमा ग्रहणयोग्‍य हुन्‍छ,
21 किनकि यसैको निम्‍ति तिमीहरू बोलाइएका हौ। ख्रीष्‍टले पनि तिमीहरूका निम्‍ति कष्‍ट भोग्‍नुभयो, अनि तिमीहरूका लागि एउटा उदाहरण छोडिजानुभयो, र तिमीहरू उहाँकै पाइलामा हिँड्‌नुपर्छ।
22 “उहाँले कुनै पाप गर्नुभएन, र उहाँको मुखमा कुनै छलको कुरा पाइएन।”
23 तिनीहरूले उहाँलाई अपमान गर्दा उहाँले साटो फेर्नुभएन। दुःख भोग्‍नुहुँदा उहाँले धम्‍की दिनुभएन। तर उचित न्‍याय गर्नुहुनेमाथि उहाँले भरोसा राख्‍नुभयो।
24 हामी पापका लेखि मरेर धार्मिकताको लेखि जिऔं भनी उहाँले क्रूसमा आफ्‍नै शरीरमा हाम्रा पाप बोक्‍नुभयो। उहाँकै चोटहरूद्वारा तिमीहरू निको भयौ।
25 किनभने तिमीहरू भेड़ाहरूझैँ बरालिरहेका थियौ, तर अब तिमीहरूका आत्‍माको गोठाला र संरक्षककहाँ फर्किआएका छौ।

प्रकाश 2 : 8 – 11
8 अनि स्‍मुर्नाका मण्‍डलीका दूतलाई यो लेख: यी कुरा आदि र अन्‍त्‍यले भन्‍दछ, जो मरेको थियो, र फेरि जीवित भयो।
9 म तिम्रा कष्‍टहरू र तिम्रो दरिद्रतालाई जान्‍दछु। तर तिमी त धनी नै छौ। म तिनीहरूलाई चिन्‍दछु, जसले आफूलाई यहूदी हौं त भन्‍छन्, तर वास्‍तवमा तिनीहरू होइनन्‌। तिनीहरूले गरेका निन्‍दा म जान्‍दछु। तिनीहरू शैतानको सभाघर हुन्‌।
10 तिमीले भोग्‍नै लागेका कष्‍टहरूसँग नडराओ। हेर, दियाबलसले [1] तिमीहरूमध्‍ये कतिलाई तिमीहरूका जाँचको निम्‍ति कैदमा हाल्‍न आँटेको छ, र तिमीहरूलाई दशै दिन कष्‍ट हुनेछ। तिमी मृत्‍युसम्‍मै विश्‍वासी होओ, र म तिमीलाई जीवनको मुकुट दिनेछु।
11 जसको कान छ, त्‍यसले सुनोस्, पवित्र आत्‍माले मण्‍डलीहरूलाई के भन्‍नुहुन्‍छ। जसले जित्‍छ, त्‍यसलाई दोस्रो मृत्‍युदेखि केही हानि हुनेछैन।

रोमी 3 : 1 – 33
1 अब यहूदीलाई के फाइदा छ त? अथवा खतनाको के मोल?
2 हरप्रकारले यसमा ज्‍यादै लाभ छ। सर्वप्रथम त परमेश्‍वरको वाणी यहूदीहरूलाई सुम्‍पिएको हो।
3 यदि तिनीहरूमध्‍ये कसैकसैले विश्‍वास गरेनन्‌ भने, के भयो त? के तिनीहरूको अविश्‍वासले परमेश्‍वरको विश्‍वासयोग्‍यतालाई रद्द तुल्‍याउँछ र?
4 त्‍यसो नहोस्, परमेश्‍वर सत्‍य र हरेक मानिस झूटो ठहरिओस्‌। जस्‍तो लेखिएको छ, “तपाईं आफ्‍ना वचनमा ठीक ठहरिनुहोस्, र इन्‍साफ हुँदा तपाईं विजयी हुनुहोस्‌।”
5 तर हाम्रो अधार्मिकताले परमेश्‍वरको धार्मिकतालाई प्रकाशमा ल्‍याउँछ भने, हामी के भनौं? के परमेश्‍वरको क्रोध हामीमाथि आइपर्दा उहाँले अन्‍याय गर्नुहुन्‍छ? (म मानिसले जस्‍तै तर्क गर्दछु।)
6 कदाचित्‌ होइन! त्‍यसो भए, परमेश्‍वरले संसारको इन्‍साफ कसरी गर्न सक्‍नुहुन्‍थ्‍यो र?
7 तर यदि मेरो झूटले गर्दा परमेश्‍वरको सत्‍यता उहाँकै महिमाको निम्‍ति प्रशस्‍त हुन्‍छ भने, किन पापीझैँ इन्‍साफमा परिरहेको छु?
8 त्‍यसो भए, असल होस्‌ भनेर खराबी नै किन नगर्ने त? कोही-कोही मानिसहरूले हामी त्‍यसै भन्‍छौं भनी हामीलाई निन्‍दापूर्ण दोष लाउँछन्‌। तिनीहरूको दोषारोपण न्‍यायसङ्गतै छ।
9 उसो भए के हामी यहूदीहरू अझ असल छौं त? अवश्‍य छैनौं, किनकि सबै मानिस, यहूदी र अन्‍यजातिहरू दुवै पापको वशमा छन्‌ भनी मैले दोष लगाइसकेको छु।
10 जसो लेखिएको छ, “धर्मी कोही छैन, एक जना पनि छैन,
11 बुझ्‍ने कोही छैन, परमेश्‍वरलाई खोज्‍ने कोही छैन।
12 ती सबै बरालिएका छन्, तिनीहरू एकसाथ बेकम्‍मा भएका छन्‌। कसैले असल गर्दैन, असल गर्ने एक जना पनि छैन।”
13 “तिनीहरूका घोक्रा खुला चिहान हुन्, तिनीहरू आफ्‍ना जिब्राले छलका कुरा गर्छन्‌।” “सर्पको विष तिनीहरूका ओठमा छ।”
14 “तिनीहरूका मुख सराप र तीता कुराले भरिएका छन्‌।”
15 “तिनीहरूका खुट्टा रक्तपात गर्नलाई छिटा छन्‌।
16 विनाश र दुर्दशा तिनीहरूको बाटोमा छन्,
17 र शान्‍तिको बाटो तिनीहरूले चिनेका छैनन्‌।”
18 “तिनीहरूका आँखाको सामने परमेश्‍वरको भय छैन।”
19 अब हामी जान्‍दछौं, जे-जति व्‍यवस्‍थाले भन्‍छ, व्‍यवस्‍थामुनि हुनेहरूलाई नै भन्‍छ, कि हरेक मुख चूप रहोस्, र सारा संसार परमेश्‍वरको अगि जवाफदेही होस्‌।
20 यसैकारण व्‍यवस्‍थाको कर्मले कोही प्राणी उहाँको दृष्‍टिमा धर्मी ठहरिनेछैन, किनकि व्‍यवस्‍थाद्वारा नै पापको चेतना हुन्‍छ।
21 तर अब त व्‍यवस्‍थाविनै परमेश्‍वरबाट आउने धार्मिकता प्रकट भएको छ। त्‍यसैको गवाही व्‍यवस्‍था र अगमवक्ताहरूले दिएका छन्‌।
22 येशू ख्रीष्‍टमा विश्‍वास गर्ने सबैमाथि परमेश्‍वरको धार्मिकता विश्‍वासद्वारा प्रकट भएको छ। किनभने केही भेद छैन,
23 किनकि सबैले पाप गरेका छन्, र परमेश्‍वरको महिमासम्‍म पुग्‍नबाट चुकेका छन्‌।
24 परमेश्‍वरका अनुग्रहको वरदानले ख्रीष्‍ट येशूमा भएको उद्धारबाट तिनीहरू सित्तैँमा धर्मी ठहरिएका छन्‌।
25 परमेश्‍वरले ख्रीष्‍टलाई उहाँको रगतद्वारा प्रायश्‍चितको बलिदान स्‍वरूप प्रस्‍तुत गर्नुभयो, जुन प्रायश्‍चित विश्‍वासद्वारा ग्रहण गर्नुपर्दछ। यो काम परमेश्‍वरले आफ्‍नो धार्मिकता देखाउनलाई गर्नुभयो, किनभने उहाँको ईश्‍वरीय धैर्यमा अगाडिका पापहरूलाई उहाँले वास्‍ता गर्नुभएको थिएन।
26 परमेश्‍वर आफै धर्मी हुनुहुन्‍छ र येशूमा विश्‍वास राख्‍नेहरूलाई उहाँले धर्मी ठहराउनुहुन्‍छ भन्‍ने कुरा प्रमाण गर्नलाई उहाँले वर्तमान समयमा यो गर्नुभयो।
27 तब हाम्रो घमण्‍ड कहाँ गयो? त्‍यसको त ठाउँ नै छैन। कुन सिद्धान्‍तमा यसो गर्ने त? यो कर्मको सिद्धान्‍तद्वारा हुने? कदाचित्‌ होइन! यो त विश्‍वासको सिद्धान्‍तबाट मात्र हुन सक्‍छ।
28 यसकारण व्‍यवस्‍थाका कर्महरूको पालनविना विश्‍वासद्वारा नै मानिस धर्मी ठहरिन्‍छ भनी हामी ठान्‍छौं।
29 के परमेश्‍वर केवल यहूदीहरूकै मात्र परमेश्‍वर हुनुहुन्‍छ र? के उहाँ अन्‍यजातिहरूका परमेश्‍वर हुनुहुन्‍न? उहाँ अन्‍यजातिहरूका पनि परमेश्‍वर हुनुहुन्‍छ।
30 किनकि परमेश्‍वर एउटै हुनुहुन्‍छ। उहाँले खतनावाललाई तिनीहरूका विश्‍वासको आधारमा र खतना नभएकालाई तिनीहरूको विश्‍वासद्वारा धर्मी ठहराउनुहुन्‍छ।
31 तब के हामी यही विश्‍वासद्वारा व्‍यवस्‍थालाई रद्द गर्ने? कदाचित्‌ होइन! बरु हामीहरू त व्‍यवस्‍थालाई कायम पो राख्‍छौं।

१ कोरिन्थी 10 : 31
31 यसकारण चाहे तिमीहरू खाओ, अथवा पिओ, वा तिमीहरू जेसुकै गर, सबै परमेश्‍वरका महिमाको निम्‍ति गर।

यूहन्‍ना 3 : 1 – 36
1 फरिसीहरूमध्‍ये निकोदेमस नाउँ भएका एक जना मानिस थिए। तिनी यहूदीहरूका महासभाका एक सदस्‍य थिए।
2 यिनी राती येशूकहाँ आए, र उहाँलाई भने, “गुरुज्‍यू, हामी जान्‍दछौं तपाईं परमेश्‍वरबाट आउनुभएको शिक्षक हुनुहुन्‍छ, किनकि परमेश्‍वर साथमा हुनुभएन भने तपाईंले गर्नुभएका यी चिन्‍हहरू कसैले गर्न सक्‍दैन।”
3 येशूले तिनलाई जवाफ दिनुभयो, “साँच्‍चै म तिमीलाई भन्‍दछु, कोही नयाँ गरी जन्‍मेन भने उसले परमेश्‍वरको राज्‍य देख्‍न सक्‍दैन।”
4 निकोदेमसले उहाँलाई भने, “मानिस बूढ़ो भएपछि कसरी जन्‍मन सक्‍छ र? के त्‍यो आफ्‍नी आमाको कोखमा दोस्रो चोटि पसेर जन्‍मन सक्‍छ?”
5 येशूले जवाफ दिनुभयो, “साँच्‍चै म तिमीलाई भन्‍दछु, कोही पानी र आत्‍माद्वारा जन्‍मेन भने परमेश्‍वरको राज्‍यमा पस्‍न सक्‍दैन।
6 शरीरबाट जन्‍मेको शरीर हो, र पवित्र आत्‍माबाट जन्‍मेको आत्‍मा हो।
7 मैले तिमीलाई नयाँ गरी जन्‍मनुपर्छ भन्‍दा अचम्‍म नमान।
8 बतास जता चाहन्‍छ उतै बहन्‍छ। तिमी बतासको आवाज सुन्‍छौ, तर त्‍यो कहाँबाट आउँछ र कता जान्‍छ, त्‍यो जान्‍दैनौ। आत्‍माबाट जन्‍मेको हरेक व्‍यक्ति त्‍यस्‍तै हुन्‍छ।”
9 निकोदेमसले उहाँलाई सोधे, “यो कसरी हुन सक्‍दछ?”
10 येशूले तिनलाई जवाफ दिनुभयो, “तिमी इस्राएलका गुरु हौ, र पनि यी कुरा बुझ्‍दैनौ?
11 साँच्‍चै, म तिमीलाई भन्‍दछु, हामी जे जान्‍दछौं त्‍यो भन्‍दछौं, र हामीले जे देखेका छौं त्‍यसको गवाही दिन्‍छौं, तर तिमीहरू हाम्रो गवाही स्‍वीकार गर्दैनौ।
12 मैले तिमीहरूलाई पृथ्‍वीका कुरा भनें, र पनि तिमीहरू विश्‍वास गर्दैनौ, त तिमीहरूलाई स्‍वर्गका कुरा बताएँ भने कसरी विश्‍वास गर्न सक्‍छौ?
13 स्‍वर्गबाट ओर्लिआउने मानिसको पुत्रबाहेक कोही पनि स्‍वर्गमा उक्‍लेको छैन।
14 जसरी मोशाले उजाड-स्‍थानमा सर्पलाई उचाले, त्‍यसरी नै मानिसको पुत्र उचालिनुपर्छ,
15 र जस-जसले उहाँमाथि विश्‍वास गर्छ, त्‍यसले अनन्‍त जीवन पाउँछ।
16 “किनभने परमेश्‍वरले संसारलाई यस्‍तो प्रेम गर्नुभयो, कि उहाँले आफ्‍ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्‍वास गर्ने कोही पनि नाश नहोस्, तर त्‍यसले अनन्‍त जीवन पाओस्‌।
17 किनकि परमेश्‍वरले संसारलाई दोषी ठहराउन भनी पुत्रलाई संसारमा पठाउनुभएन, तर संसार उहाँद्वारा बाँचोस्‌ भनेर पठाउनुभयो।
18 जसले उहाँमाथि विश्‍वास गर्छ, त्‍यो दोषी ठहरिँदैन, तर विश्‍वास नगर्नेचाहिँ अघि नै दोषी ठहरिएको छ, किनभने उसले परमेश्‍वरका एकमात्र पुत्रको नाउँमा विश्‍वास गरेको छैन।
19 फैसलाचाहिँ यही हो: ज्‍योति संसारमा आएको छ, र मानिसहरूले ज्‍योतिभन्‍दा बरु अन्‍धकारलाई रुचाए, किनकि तिनीहरूका काम दुष्‍ट थिए।
20 किनभने दुष्‍ट काम गर्ने हरेकले ज्‍योतिलाई घृणा गर्छ, र ज्‍योतिमा आउँदैन, नत्रता त्‍यसका काम प्रकट हुनेछन्‌।
21 सत्‍यद्वारा जिउने मानिस ज्‍योतिमा आउँछ, र यसरी उसले गरेका कामहरू परमेश्‍वरमा गरिएका हुन्‌ भन्‍ने प्रस्‍टै देखिन्‍छ।”
22 यसपछि येशू र उहाँका चेलाहरू यहूदिया देशमा जानुभयो, र त्‍यहाँ तिनीहरूसँग केही दिन वास गर्नुभयो, र बप्‍तिस्‍मा दिनुभयो।
23 यूहन्‍नाले पनि सालीमको छेउ एनोनमा बप्‍तिस्‍मा दिन्‍थे, किनकि त्‍यहाँ प्रशस्‍त पानी थियो। त्‍यहाँ मानिसहरू आउँथे र बप्‍तिस्‍मा लिन्‍थे।
24 त्‍यस बेलासम्‍म यूहन्‍ना झ्‍यालखानमा परेका थिएनन्‌।
25 त्‍यसै बेला यूहन्‍नाका चेलाहरूको एक जना यहूदीसँग शुद्धीकरणको विषयमा वाद-विवाद भयो।
26 यूहन्‍नाकहाँ आएर तिनीहरूले उनलाई भने, “गुरुज्‍यू, यर्दन पारि जो तपाईंसँग हुनुहुन्‍थ्‍यो, जसको बारेमा तपाईंले गवाही दिनुभयो, हेर्नुहोस्, उहाँले बप्‍तिस्‍मा दिइरहनुभएको छ, र सबै उहाँकहाँ जाँदैछन्‌।”
27 यूहन्‍नाले जवाफ दिए, “मानिसलाई स्‍वर्गबाट नदिइएसम्‍म त्‍यसले कुनै कुरा पाउन सक्‍दैन।
28 ‘म ख्रीष्‍ट होइनँ, तर म उहाँभन्‍दा अगाडि पठाइएको हुँ’ भन्‍ने मेरो गवाही तिमीहरू आफै दिन्‍छौ।
29 जससँग दुलही छ, दुलहा त्‍यही हो। दुलहाको मित्र जो उसको छेउमा खड़ा हुन्‍छ, उसको सोर सुनेर अत्‍यन्‍त आनन्‍दित हुन्‍छ। यसकारण मेरो यो आनन्‍द अब पूर्ण भएको छ।
30 उहाँ बढ्‌नु, तर मचाहिँ घट्‌नु आवश्‍यक छ।
31 “माथिबाट आउनुहुनेचाहिँ सबैभन्‍दा उच्‍च हुनुहुन्‍छ। पृथ्‍वीबाट हुने पृथ्‍वीकै हो, र पृथ्‍वीकै कुरा बोल्‍छ। स्‍वर्गबाट आउनुहुने सबैभन्‍दा उच्‍च हुनुहुन्‍छ।
32 उहाँले जे देख्‍नु र सुन्‍नुभएको छ, त्‍यसको गवाही उहाँ दिनुहुन्‍छ, तर उहाँको गवाही कसैले ग्रहण गर्दैन।
33 जसले उहाँको गवाही ग्रहण गरेको छ, त्‍यसले परमेश्‍वर सत्‍य हुनुहुन्‍छ भन्‍ने कुराको प्रमाण दिन्‍छ।
34 किनभने जसलाई परमेश्‍वरले पठाउनुभयो, त्‍यसले परमेश्‍वरका वाणी बोल्‍दछ, किनकि परमेश्‍वरले विनानाप पवित्र आत्‍मा दिनुहुन्‍छ।
35 पिताले पुत्रलाई प्रेम गर्नुहुन्‍छ, र सबै थोक उहाँकै हातमा दिनुभएको छ।
36 जसले पुत्रमाथि विश्‍वास गर्छ, त्‍यससित अनन्‍त जीवन छ। जसले पुत्रको आज्ञापालन गर्दैन, त्‍यसले जीवन देख्‍नेछैन, तर परमेश्‍वरको क्रोध त्‍यसमाथि रहिरहन्‍छ।”

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *