बाइबलले के भन्छ स्वागत गर्दै – बारेमा सबै बाइबल पदहरू स्वागत गर्दै

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् स्वागत गर्दै

गलाती 3 : 28
28 अब न त यहूदी छ न ग्रीक, न कमारा छ न फुक्‍का, न त पुरुष न स्‍त्री छ, किनभने ख्रीष्‍ट येशूमा तिमीहरू सबै एउटै हौ।

मर्कूस 10 : 13 – 16
13 मानिसहरूले साना बाल-बालिकाहरूलाई येशूले छोइदेऊन्‌ भन्‍ने उद्देश्‍यले उहाँकहाँ ल्‍याए, तर चेलाहरूले तिनीहरूलाई हकारे।
14 तर यो देखेर येशू रिसाउनुभयो, र तिनीहरूलाई भन्‍नुभयो, “साना बाल-बालिकाहरूलाई मकहाँ आउन देओ, तिनीहरूलाई नरोक, किनभने परमेश्‍वरको राज्‍य यस्‍तैहरूको हो।
15 साँच्‍चै म तिमीहरूलाई भन्‍दछु, जसले परमेश्‍वरको राज्‍यलाई एउटा सानो बालकले जस्‍तै ग्रहण गर्दैन, त्‍यो कदापि त्‍यसभित्र पस्‍नेछैन।”
16 अनि उहाँले तिनीहरूलाई काखमा लिएर तिनीहरूमाथि आफ्‍नो हात राखी तिनीहरूलाई आशीर्वाद दिनुभयो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *