बाइबलले के भन्छ स्मिथ – बारेमा सबै बाइबल पदहरू स्मिथ

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् स्मिथ

उत्‍पत्ति 4 : 22
22 सिल्‍लाले तूबल-कयिनलाई जन्‍माइन्‌। उनी सबै किसिमका काँसो र फलामका हतियारहरू बनाउँथे। तूबल-कयिनकी बहिनी नामा थिइन्‌।

प्रस्‍थान 31 : 11
11 र पवित्रस्‍थानको निम्‍ति अभिषेक गर्ने तेल र सुगन्‍धित धूप तिनीहरूले बनाऊन्‌। मैले तँलाई दिएका सबै आज्ञाअनुसार तिनीहरूले गरून्‌।”

१ शमूएल 13 : 19
19 त्‍यस बेला इस्राएलभरि नै कुनै लोहार पाइँदैनथ्‍यो, किनभने पलिश्‍तीहरूले हिब्रूहरूलाई तरवार र भाला बनाउन नदिने निश्‍चय गरेका थिए।

२ राजाहरू 24 : 14
14 उनले जम्‍मै यरूशलेमलाई निर्वासनमा लगे— जम्‍मै अधिकृतहरू र योद्धाहरू र सबै कारीगरहरू र कलाकारहरूलाई— सबै जम्‍मा दश हजार जनालाई कैद गरेर लगे। केवल साह्रै कङ्गालीहरूलाई मात्र उनले छोड़े।

यर्मिया 24 : 1
1 बेबिलोनका राजा नबूकदनेसरले यहूदाका राजा यहोयाकीमका छोरा यहोयाकीन र यहूदाका अधिकारीहरू, कारीगरहरू र निपुण कलाकारहरूलाई यरूशलेमबाट निर्वासन गरेर बेबिलोनमा लगेपछि परमप्रभुका मन्‍दिरको सामुन्‍ने अञ्‍जीरका दुई डाला राखिएका परमप्रभुले मलाई देखाउनुभयो।

यशैया 41 : 7
7 निपुण कारीगरले सुनारलाई साहस दिन्‍छ र लिहीमाथि चुट्‌नेलाई घनले सम्‍म्‍याउनेले प्रोत्‍साहन दिन्‍छ। त्‍यसले रसायनको विषयमा भन्‍छ, “यो असलै छ,” र त्‍यो नहल्‍लिओस्‌ भनेर मूर्तिलाई कीला ठोकेर बलियो बनाउँछ।

यशैया 44 : 12
12 लोहारले एउटा औजार लिन्‍छ र भुङ्‌ग्रामा काम गर्छ, त्‍यसले घनले हिर्काएर मूर्तिको आकार निकाल्‍दछ। त्‍यसले आफ्‍नो बलियो पाखुराले त्‍यो काम गर्दछ। त्‍यो भोकाउँछ, र त्‍यसको बल घट्‌छ। त्‍यसले पानी पिउँदैन र त्‍यसलाई भाउन्‍न छुट्‌छ।

प्रस्‍थान 31 : 5
5 र पत्‍थर काट्‌ने र जड्‌ने, काठ खोप्‍ने र सबै किसिमका कारीगरीका काम गरोस्‌ भनेर हो।

प्रस्‍थान 35 : 35
35 तिनीहरूले सबै किसिमका शिल्‍पकारी, चित्र बनाउने काम, नीलो, बैजनी, रातो धागो र मसिनो सूती कपड़ामा बुट्टा भर्ने र बुन्‍ने काममा, सबै किसिमका शिल्‍पकारी र कलाकारका निपुण काम गरून्‌ भनी तिनीहरूलाई उहाँले दक्षताले परिपूर्ण पार्नुभएको छ।”

यशैया 54 : 16
16 “हेर, आगोको भुङ्‌ग्रो फुक्‍ने, र आफ्‍नो कामको निम्‍ति हतियार तयार गर्ने लोहारलाई मैले सृष्‍टि गरें। र उत्‍पात गरेर नष्‍ट गर्नेलाई पनि मैले नै सृष्‍टि गरेको हुँ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *