बाइबलले के भन्छ सोलोमन – बारेमा सबै बाइबल पदहरू सोलोमन

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् सोलोमन

२ शमूएल 12 : 24
24 तब दाऊदले आफ्‍नी पत्‍नी बतशेबालाई सान्‍त्‍वना दिए। दाऊद तिनीकहाँ गए, र तिनीसित सहवास गरे, अनि तिनले एउटा छोरो जन्माइन्, र त्‍यसको नाउँ सोलोमन राखियो। परमप्रभुले त्‍यसलाई प्रेम गर्नुभयो,

१ राजाहरू 1 : 13
13 गएर दाऊद राजासँग भेटेर उहाँलाई यसो भन्‍नुहोस्, ‘हे प्रभु मेरा महाराजा, के हजूरले आफ्‍नी दासीसँग यसो भनेर शपथ खानुभएको थिएन, “निश्‍चय नै तिम्रो छोरो सोलोमन मपछि राजा हुनेछ र त्‍यो नै मेरो सिंहासनमा बस्‍नेछ? तब किन अदोनियाह राजा भयो त?”

१ राजाहरू 1 : 17
17 तिनले राजालाई भनिन्, “हे मेरा प्रभु, हजूरले आफ्‍नी दासीसँग परमप्रभु हजूरका परमेश्‍वरको नाउँमा यस्‍तो शपथ खानुभएको थियो, ‘मपछि तिम्रो छोरो सोलोमन राजा हुनेछ, र त्‍यो मेरो सिंहासनमा बस्‍नेछ’।

१ राजाहरू 1 : 21
21 नत्रता जब हजूर आफ्‍ना पितृहरूसित सुतिजानुहुनेछ, तब म र मेरो छोरो सोलोमनलाई अपराधीझैँ व्‍यवहार गरिनेछ।”

२ शमूएल 12 : 25
25 अनि परमप्रभुले त्‍यसलाई प्रेम गर्नुभएको हुनाले त्‍यसको नाउँ यददीयाह राखिओस्‌ भनी नातान अगमवक्ताद्वारा उहाँले दाऊदलाई समाचार पठाउनुभयो।

मत्ती 1 : 6
6 यिशै दाऊद राजाका पिता थिए। दाऊद सोलोमनका पिता थिए। सोलोमनकी आमा उरियाहकी पत्‍नी थिइन्‌।

१ राजाहरू 1 : 48
48 ‘परमप्रभु इस्राएलका परमेश्‍वरलाई प्रशंसा होस्, जसले मलाई मेरा आँखाले आज मेरो सिंहासनमा एउटा उत्तराधिकारीलाई हेर्न दिनुभयो’।”

१ राजाहरू 2 : 12
12 अनि सोलोमन आफ्‍ना पिता दाऊदको सिंहासनमा बसे, र तिनको शासन सुदृढ़सित स्‍थापित भयो।

१ इतिहास 23 : 1
1 जब दाऊद वृद्ध र धेरै उमेरका भए, तब तिनले आफ्‍ना छोरा सोलोमनलाई इस्राएलमाथि राजा बनाए।

उपदेशक 1 : 12
12 म, उपदेशकले यरूशलेममा इस्राएलका राजा भएर शासन गरें।

१ इतिहास 29 : 22
22 त्‍यसरी ठूलो आनन्‍दसित परमप्रभुको सामु तिनीहरूले त्‍यस दिन खानपान गरे। त्‍यसपछि तिनीहरूले दोस्रो खेप दाऊदका छोरा सोलोमन राजालाई स्‍वीकार गरे, र परमप्रभुको सामु तिनलाई राजा र सादोकलाई चाहिँ पूजाहारी अभिषेक गरे।

१ राजाहरू 3 : 14
14 अनि तेरो पिता दाऊदले गरेझैँ यदि तँ मेरा मार्गमा हिँड़िस्‌ र मेरा धर्म-विधिहरू र आज्ञाहरू पालन गरिस्‌ भने, म तँलाई दीर्घायु तुल्‍याउनेछु।”

२ इतिहास 1 : 12
12 बुद्धि र ज्ञान तँलाई दिइनेछन्‌। अनि म तँलाई यस्‍तो धन-सम्‍पत्ति, अधिकार र मानमर्यादा पनि दिनेछु, जो तँभन्‍दा अघिका कुनै राजाले पाएका थिएनन्, अनि पछिका राजाले पनि पाउनेछैनन्‌।”

१ राजाहरू 9 : 9
9 मानिसहरूले यस्‍तो जवाफ दिनेछन्, ‘किनभने तिनीहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरलाई त्‍यागेका छन्, जसले तिनीहरूका पिता-पुर्खाहरूलाई मिश्रदेशबाट निकालेर ल्‍याउनुभएको थियो, र तिनीहरूले अरू देवताहरूको सेवा गर्दै र यिनीहरूलाई पुज्‍दै आलिङ्गन गरेका छन्‌। यसैकारणले हो कि परमप्रभुले यी सबै विपत्ति तिनीहरूमाथि ल्‍याउनुभयो’।”

२ इतिहास 7 : 22
22 मानिसहरूले यस्‍तो जवाफ दिनेछन्, ‘किनभने तिनीहरूलाई मिश्रदेशबाट निकालेर ल्‍याउनुहुने आफ्‍ना पुर्खाहरूका परमप्रभु परमेश्‍वरलाई तिनीहरूले त्‍यागेका छन्, र अरू देवताहरूलाई मानेर तिनको सेवा गर्दै र यिनीहरूलाई पुज्‍दै आलिङ्गन गरेका छन्‌। यसैकारण परमप्रभुले यी सबै विपत्ति तिनीहरूमाथि ल्‍याउनुभयो’।”

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *