यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् आगो
लूका 3 : 16
16 तब यूहन्नाले ती सबैलाई जवाफ दिए, “म तिमीहरूलाई पानीले बप्तिस्मा दिन्छु, तर एक जना मभन्दा शक्तिशाली आउँदैहुनुहुन्छ, जसका जुत्ताको फित्ता खोल्ने लायकको म छैनँ। उहाँले तिमीहरूलाई पवित्र आत्मा र आगोले बप्तिस्मा दिनुहुनेछ।
भजनसंग्रह 104 : 4
4 उहाँले बतासलाई आफ्नो दूत, र आगोका ज्वालालाई आफ्ना सेवक तुल्याउनुहुन्छ।
हिब्रू 12 : 29
29 किनभने हाम्रा परमेश्वर भस्म पार्ने आगो हुनुहुन्छ।
२ इतिहास 7 : 1
1 जब सोलोमनले यो प्रार्थना गरिसके तब स्वर्गबाट आगो झर्यो, र आगोले होमबलि र बलिदानहरू भस्म गर्यो, अनि परमप्रभुको महिमाले मन्दिर भरियो।
१ कोरिन्थी 3 : 11 – 15
11 किनकि जुन जग बसालिसकिएको छ, जो येशू ख्रीष्ट हुनुहुन्छ, त्यसबाहेक कुनै मानिसले अर्को जग बसाल्न सक्दैन।
12 अब यदि कुनै मानिसले यस जगमाथि सुन, चाँदी, बहुमूल्य पत्थर, काठ, घाँस वा पराल प्रयोग गरेर घर बनायो भने,
13 प्रत्येक मानिसको काम प्रकट हुनेछ, किनकि न्यायको दिनले त्यो खुलस्त गरिदिनेछ। त्यो आगोद्वारा प्रकट हुनेछ, र हरेकले कस्तो काम गरेको छ, सो आगोले जाँच गर्नेछ।
14 यदि कुनै मानिसले त्यस जगमाथि बनाएको काम रहिरह्यो भने उसले इनाम पाउनेछ।
15 यदि कुनै मानिसको काम जलेर नष्ट भयो भने त्यसले नोक्सानी भोग्नुपर्नेछ, तर त्यो आफैचाहिँ आगोबाट उम्केझैँ बाँच्नेछ।
यर्मिया 20 : 9
9 तर “म उहाँको चर्चा गर्नेछैनँ, म फेरि कहिल्यै उहाँको नाउँमा बोल्नेछैनँ” भनी यदि म भन्छु भने उहाँको वचन मेरो हृदयमा जलिरहेको र मेरा हड्डीहरूमा थुनिराखेको आगोजस्तो हुन्छ। त्यसलाई भित्र रोकिराख्दा म थकित हुन्छु, साँच्चै म त्यो थाम्नै सक्दिनँ।
आमोस 1 : 10
10 म टुरोसका पर्खालहरूमा आगो पठाइदिनेछु, र त्यसले त्यसका किल्लाहरू भस्म पार्नेछ।”
प्रकाश 20 : 9
9 तिनीहरूले सारा पृथ्वीभरि गएर सन्तहरूका छाउनीको वरिपरि र प्रिय सहरलाई घेरे, तर स्वर्गबाट आगो बर्सेर तिनीहरूलाई भस्म पार्यो।
प्रेरित 2 : 3
3 आगोका जिब्राहरूजस्ता तिनीहरूकहाँ देखा परे, र भाग-भाग भएर तिनीहरू हरेकमाथि बसे।
यर्मिया 23 : 29
29 “के मेरो वचन आगोजस्तै छैन र? चट्टानलाई चूरचूर पार्ने के त्यो एउटा ठूलो घनझैँ छैन र?” परमप्रभु भन्नुहुन्छ।
लूका 12 : 49
49 “म पृथ्वीमाथि आगो खन्याउन आएको हुँ, त्यो त बरु अघिबाटै सल्किसकेको भए हुनेथियो!
प्रस्थान 3 : 2
2 त्यहाँ एउटा जलिरहेको पोथ्राको ज्वालामा परमप्रभुका दूत तिनीकहाँ प्रकट भए, र तिनले पोथ्रालाई हेरे। त्यो पोथ्रा जलिरहेको थियो— तापनि भस्म हुँदैनथ्यो।
प्रकाश 21 : 8
8 तर डरपोकहरू, अविश्वासीहरू, घिनलाग्दा भएकाहरू, हत्याराहरू, व्यभिचारीहरू, जादूगरहरू, मूर्तिपूजकहरू र झूटा बोल्नेहरू सबैको हिस्सा आगो र गन्धक दन्कने कुण्डमा हुनेछ। यो दोस्रो मृत्यु हो।
यशैया 33 : 14
14 सियोनमा भएका पापीहरू डराएका छन्। ईश्वरहीनहरूलाई कम्पनले समातेको छ। “भस्म गर्ने आगोसँग हामीहरूमध्ये को बस्न सक्छ र? अनन्त जलनमा हामीहरूमध्ये को रहन सक्छ र?”
प्रस्थान 40 : 38
38 तसर्थ सबै इस्राएलीहरूका घरानाअगि र तिनीहरूका सबै यात्राभरि दिउँसो परमप्रभुको बादल पवित्र वासस्थानमा हुन्थ्यो, र रातीचाहिँ बादलमा आगो हुन्थ्यो।
१ कोरिन्थी 3 : 15 – 17
15 यदि कुनै मानिसको काम जलेर नष्ट भयो भने त्यसले नोक्सानी भोग्नुपर्नेछ, तर त्यो आफैचाहिँ आगोबाट उम्केझैँ बाँच्नेछ।
16 के तिमीहरूलाई थाहा छैन, तिमीहरू परमेश्वरका मन्दिर हौ, र परमेश्वरका पवित्र आत्मा तिमीहरूमा वास गर्नुहुन्छ?
17 यदि कसैले परमेश्वरको मन्दिरलाई नष्ट गर्छ भने परमेश्वरले त्यसलाई नष्ट गर्नुहुनेछ। किनकि परमेश्वरको मन्दिर पवित्र हुन्छ, र त्यो मन्दिर तिमीहरू नै हौ।
प्रस्थान 13 : 21
21 अनि तिनीहरू रातदिन हिँड्न सकून् भनेर तिनीहरूलाई बाटो देखाउनका निम्ति परमप्रभु दिनमा बादलको खामो र राती आगोको खामोमा तिनीहरूको अगिअगि जानुहुन्थ्यो।
२ राजाहरू 1 : 9 – 12
9 तब तिनले एक जना कप्तान तिनका पचास जना मानिसको दलसहित एलियाकहाँ पठाए। ती कप्तान उक्लेर एलियाकहाँ गए, जो डाँड़ाको टाकुरामा बसिरहेका थिए, र तिनलाई भने, “हे परमेश्वरका जन, राजाले तपाईंलाई भन्नुहुन्छ, ‘ओर्लेर आउनुहोस्’।”
10 एलियाले ती कप्तानलाई जवाफ दिए, “यदि म परमेश्वरका जन हुँ भने, स्वर्गबाट आगो झरेर तिमी र तिम्रा पचासै मानिसलाई भस्म पारोस्!” तब स्वर्गबाट आगो झरेर ती कप्तान र तिनका मानिसलाई भस्म पार्यो।
11 त्यसपछि राजाले अर्का एक जना कप्तानलाई तिनको पचास जनाको दलसहित एलियाकहाँ पठाए। ती कप्तानले तिनलाई भने, “हे परमेश्वरका जन, राजा यसो भन्नुहुन्छ, ‘झट्टै तल आऊ’!”
12 एलियाले जवाफ दिए, “यदि म परमेश्वरका जन हुँ भने, स्वर्गबाट आगो झरेर तिमी र तिम्रा पचास मानिसलाई भस्म पारोस्।” तब परमेश्वरको आगो स्वर्गबाट झर्यो र तिनी र तिनका मानिसहरूलाई भस्म पार्यो।
मत्ती 13 : 50
50 र उनीहरूलाई आगोको भट्टीमा फालिदिनेछन्। त्यहाँ मानिसहरू रुनेछन् र दाह्रा किट्नेछन्।”
मत्ती 3 : 11
11 “मचाहिँ त तिमीहरूलाई पश्चात्तापको लागि पानीले बप्तिस्मा दिन्छु, तर मपछि आउनुहुने मभन्दा अझ शक्तिशाली हुनुहुन्छ, जसका जुत्ता बोक्ने योग्यको म छैनँ। उहाँले तिमीहरूलाई पवित्र आत्मा र आगोले बप्तिस्मा दिनुहुनेछ।
Leave a Reply