यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् सुकोथ
उत्पत्ति 33 : 17
17 तर याकूबचाहिँ सुक्कोततिर लागे, र आफ्नो लागि एउटा डेरा र गाईबस्तुलाई छाप्राहरू बनाए। यसैकारण त्यस ठाउँको नाउँ सुक्कोत राखियो।
यहोशू 13 : 27
27 र बेँसीका बेथ-हाराम, बेथ-निम्रा, सुक्कोत, सापोन र हेश्बोनका राजा सीहोनका राज्यका बाँकी रहेजति (यर्दनको पूर्वतिरको किन्नरेत झीलको [1] पल्लो छेउसम्म)।
न्यायकर्ताहरू 8 : 8
8 तिनी त्यहाँबाट पनीएलमा गए, र त्यही बिन्ती गरे। पनीएलका मानिसहरूले पनि सुक्कोतका मानिसहरूले झैँ जवाफ दिए।
न्यायकर्ताहरू 8 : 16
16 तब तिनले सहरका ती बूढ़ा-प्रधानहरूलाई लिए, र ती सुक्कोतका मानिसहरूलाई मरुभूमिका काँढ़ा र घोच्ने बुटाले दण्ड दिए।
१ राजाहरू 7 : 46
46 राजाले ती यर्दनको मैदानमा सुक्कोत र सार्तानको बीचमा साँचाहरूमा ढालेर बनाउन लगाएका थिए।
२ इतिहास 4 : 17
17 राजाले ती यर्दन नदीको मैदानमा सुक्कोत र सार्तानको बीचमा साँचाहरूमा ढालेर बनाउन लगाएका थिए।
भजनसंग्रह 60 : 6
6 परमेश्वरले आफ्नो पवित्रस्थानबाट भन्नुभएको छ, “विजयमा शकेमलाई विभाजन गर्नेछु, र सुक्कोतको बेँसी नापेर छुट्ट्याउनेछु।
भजनसंग्रह 108 : 7
7 परमेश्वरले आफ्नो पवित्रस्थानबाट भन्नुभएको छ, “विजयमा शकेमलाई विभाजन गर्नेछु, र सुक्कोतका बेँसी नापेर छुट्ट्याउनेछु।
प्रस्थान 12 : 37
37 इस्राएलीहरू रामसेसबाट हिँड़ेर सुक्कोतमा गए। आइमाई र केटाकेटीहरू छोड़ेर करीब छ लाख पैदल हिँड्ने मानिसहरू थिए।
प्रस्थान 13 : 20
20 तिनीहरू सुक्कोतबाट गएपछि, उजाड़-स्थानको नजिकै एथाममा डेरा बनाएर वास बसे।
गन्ती 33 : 6
6 तिनीहरू सुक्कोतबाट हिँड़ेर उजाड़-स्थानको किनारको एथाममा वास बसे।
Leave a Reply