यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् सीमा
यूहन्ना 9 : 1 – 41
1 त्यहाँबाट जाँदैगर्दा येशूले एक जना जन्मैको अन्धालाई देख्नुभयो।
2 उहाँका चेलाहरूले उहाँलाई सोधे, “रब्बी, कसले पाप गर्यो, यसले कि यसका आमा-बुबाले, र यो अन्धो जन्म्यो?”
3 येशूले जवाफ दिनुभयो, “न त यसले पाप गर्यो न यसका आमा-बुबाले, तर यो यस हेतुले भयो कि परमेश्वरको काम यस मानिसको जीवनमा प्रकट होस्।
4 मलाई पठाउनुहुनेका कामहरू हामीले दिन छँदै गर्नुपर्छ। रात आउँछ, जब कसैले काम गर्न सक्दैन।
5 म संसारमा रहुञ्जेल म संसारको ज्योति हुँ।”
6 यी कुरा भनेर उहाँले भूइँमा थुक्नुभयो, र थूकले माटो मुछेर लेप बनाई त्यसका आँखामा लगाइदिनुभयो।
7 अनि उहाँले त्यसलाई भन्नुभयो, “जाऊ, सिलोआमको (जसको अर्थ हो, पठाइएको) तलाउमा गएर पखाल।” त्यसले गएर पखाल्यो, र देख्ने भएर फर्क्यो।
8 त्यसका छिमेकीहरू र त्यसलाई भीख मागेको देख्नेहरूले भने, “बसेर भीख माग्ने मान्छे के यही होइन?”
9 कसै-कसैले भने, “यो त्यही हो।” अरूले भने, “होइन, यो त्यहीजस्तो देखिन्छ।” त्यसले भन्यो, “म त्यही हुँ।”
10 तब तिनीहरूले त्यसलाई सोधे, “तेरा आँखा कसरी खोलिए त?”
11 त्यसले जवाफ दियो, “येशू भन्ने एक जना मानिसले माटोको लेप बनाएर मेरा आँखामा लगाइदिएर मलाई भन्नुभयो, ‘सिलोआममा जाऊ र पखाल।’ तब गएर मैले पखालें, र म देख्ने भएँ।”
12 तिनीहरूले त्यसलाई भने, “तिनी कहाँ छन् त?” त्यसले भन्यो, “म जान्दिनँ।”
13 अघि अन्धो हुने त्यस मान्छेलाई तिनीहरूले फरिसीहरूकहाँ ल्याए।
14 जुन दिन येशूले माटोको लेप बनाएर त्यसका आँखा खोलिदिनुभएको थियो त्यो शबाथ-दिन थियो।
15 फरिसीहरूले त्यसलाई सोधे, “तँ कसरी देख्ने भइस्?” त्यसले तिनीहरूलाई भन्यो, “उहाँले मेरा आँखामा माटोको लेप लगाइदिनुभयो, अनि मैले पखालें र देख्ने भएँ।”
16 फरिसीहरूमध्ये कुनै-कुनैले भने, “त्यो मानिस परमेश्वरबाट आएको होइन, किनकि त्यसले शबाथ-दिन पालन गर्दैन।” तर अरूहरूले भने, “कसरी पापी मानिसले यस्ता चिन्हहरू गर्न सक्तछ?” र तिनीहरूका बीचमा फाटो हुन गयो।
17 तिनीहरूले त्यस अन्धालाई फेरि सोधे, “उसले तेरा आँखा खोलिदिएछ, अब उसको विषयमा तँ के भन्छस्?” त्यसले जवाफ दियो, “उहाँ अगमवक्ता हुनुहुन्छ।”
18 दृष्टि पाउने मानिसका आमा-बाबुलाई बोलाएर नसोधुञ्जेल यहूदीहरूले त्यो अन्धो थियो र देख्ने भयो भनेर विश्वास गरेनन्।
19 तब तिनीहरूले उनीहरूलाई सोधे, “के यो तिमीहरूको छोरो हो जो अन्धो जन्मेको थियो भनी तिमीहरू भन्छौ? त अब कसरी त्यो देख्न सक्ने भयो?”
20 त्यसका आमा-बुबाले तिनीहरूलाई भने, “हामी जान्दछौ यो हाम्रो छोरो हो, र अन्धो जन्मेको थियो।
21 तर अब यो कसरी देख्ने भयो हामी जान्दैनौं, अथवा यसका आँखा कसले खोलिदिए त्यो पनि हामी जान्दैनौं। यसको उमेर पुगेको छ, यसैलाई सोध्नुहोस्। आफ्नो विषयमा त्यो आफै बोल्नेछ।”
22 त्यसका आमा-बुबाले यी कुरा भने, किनकि उनीहरू यहूदीहरूदेखि डराउँथे। किनभने कसैले उहाँलाई ख्रीष्ट भनी स्वीकार गर्यो भने, त्यसलाई सभाघरबाट निकाल्नुपर्छ भनी यहूदीहरू अघि नै सहमत भएका थिए।
23 यसैकारण त्यसका आमा-बुबाले भने, “यसको उमेर पुगेको छ, यसैलाई सोध्नुहोस्।”
24 तब तिनीहरूले त्यस अन्धो मानिसलाई दोस्रो पल्ट बोलाएर भने, “परमेश्वरलाई महिमा दे। हामी जान्दछौं यो मान्छे पापी हो।”
25 त्यसले जवाफ दियो, “उहाँ पापी हुनुहुन्छ कि हुनुहुन्न, म जान्दिनँ। एउटै कुरा मात्र म जान्दछु कि म अन्धो थिएँ, तर अब देख्दछु।”
26 तब तिनीहरूले त्यसलाई भने, “उसले तँलाई के गर्यो? उसले तेरा आँखा कसरी खोलिदियो?”
27 त्यसले तिनीहरूलाई जवाफ दियो, “मैले तपाईंहरूलाई अघि नै भनिसकें, तर तपाईंहरूले सुन्नुभएन। अब फेरि किन सुन्न चाहनुहुन्छ? तपाईंहरू पनि उहाँका चेला हुन चाहनुहुन्छ कि कसो?”
28 तिनीहरूले त्यसलाई गाली गर्दै भने, “तँ पो उसको चेला होस्, तर हामी त मोशाका चेला हौं।
29 हामीलाई थाहा छ मोशासँग परमेश्वरले बोल्नुभएको थियो, तर हामीलाई थाहा छैन यो मानिसचाहिँ कहाँको हो।”
30 त्यस मानिसले जवाफ दिई तिनीहरूलाई भन्यो, “कस्तो विचित्र कुरो! उहाँ कहाँबाट आउनुभएको हो तपाईंहरू जान्नुहुन्न, तर मेरा आँखा उहाँले खोलिदिनुभयो।
31 हामी जान्दछौ कि परमेश्वर पापीहरूका कुरा सुन्नुहुन्न, तर परमेश्वरको भय मान्ने र उहाँको इच्छा पालन गर्ने व्यक्तिको कुरा परमेश्वरले सुन्नुहुन्छ।
32 संसार सुरु भएदेखि यसो जन्मैको अन्धाका आँखा कसैले खोलिदिएको कुरा कहिल्यै सुनिएन।
33 यदि यी मानिस परमेश्वरबाट नआउनुभएको भए उहाँले केही गर्न सक्नुहुनेथिएन।”
34 तिनीहरूले त्यसलाई जवाफ दिई भने, “तँ त बिलकुलै पापमा जन्मेको थिइस्, र के अब तँ हामीलाई सिकाउन चाहन्छस्?” अनि तिनीहरूले त्यसलाई बाहिर निकालिदिए।
35 तिनीहरूले त्यसलाई बाहिर निकालिदिए भन्ने येशूले सुन्नुभयो, र त्यसलाई भेट्टाएर भन्नुभयो, “के तिमी मानिसको पुत्रमाथि विश्वास गर्दछौ?”
36 त्यसले जवाफ दिई भन्यो, “प्रभु, उहाँ को हुनुहुन्छ? म उहाँमाथि विश्वास गर्नेछु?”
37 येशूले त्यसलाई भन्नुभयो, “तिमीले उसलाई देखेका छौ, अनि तिमीसँग बोल्ने उही नै हो।”
38 तब त्यसले भन्यो, “प्रभु, म विश्वास गर्दछु”, र त्यसले उहाँलाई दण्डवत् गर्यो।
39 अनि येशूले भन्नुभयो, “म न्यायको लागि यस संसारमा आएँ, कि नदेख्नेहरूले देखून् र देख्नेहरूचाहिँ अन्धा होऊन्।”
40 यी कुरा सुनेर उहाँका नजिकै हुने फरिसीहरूमध्ये कुनै-कुनैले उहाँलाई भने, “के हामी पनि अन्धा हौं त?”
41 येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू अन्धा भए ता पापको दोषी हुनेथिएनौ, तर तिमीहरू ‘हामी देख्छौं’ भन्दछौ, यसकारण तिमीहरूको पाप रहिरहन्छ।”
जकरिया 14 : 1 – 21
1 परमप्रभुको एउटा यस्तो दिन आउँदैछ, जब तिमीहरूबाट लुटिएको लूट तिमीहरूकै बीचमा बाँड़िनेछ।
2 म सबै जातिहरूलाई यरूशलेमको विरुद्ध लड़ाइँ गर्नलाई भेला गराउनेछु, र यो सहर लिइनेछ, र घरहरू लुटिनेछन्, र स्त्रीहरूलाई बलात्कार गरिनेछ। सहरको आधा भाग निर्वासन गरिनेछ, तर बाँकी रहेका मानिसहरूचाहिँ सहरबाट अलग लगिनेछैनन्।
3 तब युद्धको दिनमा लड़ाइँ गरेझैँ परमप्रभु निस्केर ती जाति-जातिहरूसित लड़ाइँ गर्नुहुनेछ।
4 त्यस दिन उहाँका खुट्टाले यरूशलेमको सामु पूर्वतिर भएको जैतून डाँड़ामा टेक्नेछन्, अनि पूर्वदेखि पश्चिमसम्म जैतून डाँड़ाको बीचमा धाँदो फाट्नेछ, र त्यहाँ एउटा ठूलो खोल्सा बनिनेछ। आधा पर्वत उत्तरतिर र आधा पर्वत दक्षिणतिर छुट्टिनेछ।
5 तिमीहरू मेरो पर्वतको खोल्साबाट भएर भाग्नेछौ, किनकि त्यो आसेलसम्म फैलिनेछ। यहूदाका राजा उज्जियाहको पालोमा आएको भूकम्पमा मानिसहरू भागेझैँ तिमीहरू भाग्नेछौ। तब परमप्रभु मेरा परमेश्वर उहाँका सबै पवित्र जनहरूसँग आउनुहुनेछ।
6 त्यस दिन न त उज्यालो हुनेछ, न ठन्डा हुनेछ न तुसारो पर्नेछ।
7 त्यस दिनमा रात हुनेछैन, त्यो एउटा अनौठो दिन हुनेछ— जो परमप्रभुले जान्नुहुन्छ। जब साँझ पर्छ, तब उज्यालै रहनेछ।
8 त्यस दिन यरूशलेमबाट जिउँदो पानी निस्केर आउनेछ, आधाचाहिँ पूर्वको समुद्रतिर [1] र आधाचाहिँ पश्चिमको समुद्रतिर [2] बगिनिस्कनेछ, हिउँद र वर्षामा नित्य बगिरहनेछ।
9 परमप्रभु समस्त पृथ्वीका राजा हुनुहुनेछ। त्यस दिन एकमात्र परमप्रभु हुनुहुनेछ र उहाँकै नाउँ मात्र हुनेछ।
10 गेबादेखि यरूशलेमको दक्षिण रिम्मोनसम्म सारा देश अराबाजस्तै हुनेछ। तर यरूशलेमचाहिँ अल्गो बनाइनेछ, र बेन्यामीनको ढोकादेखि पहिलो ढोकाको ठाउँसम्म, कुने ढोकासम्म, र हननेलको बुर्जादेखि राजाको दाखको कोलसम्म आफ्नै ठाउँमा रहनेछ।
11 मानिसहरू त्यसमा बस्नेछन्, र त्यो फेरि कहिल्यै नाश गरिनेछैन। यरूशलेम सुरक्षित रहनेछ।
12 जत्ति जातिहरूले यरूशलेमको विरुद्धमा लड़ाइँ गरे, ती सबैलाई परमप्रभुले यस्तो महामारीद्वारा प्रहार गर्नुहुनेछ: तिनीहरू आफ्ना खुट्टामा खड़ा भएर उभिएकैमा तिनीहरूको मासु कुहेर जानेछ, तिनीहरूका आँखा तिनीहरूकै खोपिल्टामा कुहुनेछन्, र तिनीहरूका जिब्रा तिनीहरूका मुखैमा कुहिजानेछन्।
13 त्यस दिन परमप्रभुद्वारा मानिसहरूमा ठूलो त्रास आइलाग्नेछ। तिनीहरू हरेकले अर्काको हात समात्नेछ, र एउटाले अर्कालाई आक्रमण गर्नेछ।
14 यहूदाले पनि यरूशलेममा लड़ाइँ गर्नेछ। सबै वरिपरिका जातिहरूको धन-सम्पत्ति जम्मा गरिनेछ— सुन, चाँदी, लुगाफाटाहरू ठूलो परिणाममा बटुलिनेछ।
15 घोड़ाहरू, खच्चरहरू, ऊँटहरू, गधाहरू र ती छाउनीहरूमा भएका जम्मै पशुहरूलाई पनि यही किसिमको रूढ़ीले मार्नेछ।
16 तब यरूशलेमलाई आक्रमण गर्ने जाति-जातिहरूमा जत्ति बाँचेका हुन्छन्, तिनीहरू वर्षेनी सर्वशक्तिमान् परमप्रभुका महाराजालाई दण्डवत् गर्न र छाप्रो-वासको चाड़ मान्नलाई यरूशलेममा जानेछन्।
17 सर्वशक्तिमान् परमप्रभु महाराजालाई दण्डवत् गर्न पृथ्वीका सबै परिवारमध्येका जो जाँदैनन्, तिनीहरूका निम्ति पानी पर्नेछैन।
18 मिश्रदेशका मानिसहरू त्यहाँ गएनन् भने तिनीहरूका निम्ति पानी पर्नेछैन। परमप्रभुले तिनीहरूमाथि पनि त्यही रूढ़ी ल्याउनुहुनेछ, जुन रूढ़ी छाप्रो-वासको चाड़ नमान्नेमाथि परमप्रभुले प्रहार गर्नुहुन्छ।
19 मिश्रदेशमाथि र छाप्रो-वासको चाड़ मान्नलाई नजाने सबै जातिहरूमाथि पनि त्यही दण्ड पर्नेछ।
20 त्यस दिन घोड़ाहरूका घण्टीहरूमा पनि ‘परमप्रभुको निम्ति पवित्र’ भनी खोपिएको हुनेछ, र परमप्रभुका भवनका भाँड़ाहरू वेदीको सामुन्ने भएका पवित्र कचौराहरूजस्तै हुनेछन्।
21 यरूशलेममा र यहूदामा भएका हरेक भाँड़ा सर्वशक्तिमान् परमप्रभुको निम्ति पवित्र ठहरिनेछ, र बलिदान चढ़ाउने सबै मानिसहरू आएर कुनै-कुनै भाँड़ा लिएर तिनमा नै पकाउनेछन्। अनि त्यस दिन सर्वशक्तिमान् परमप्रभुको भवनमा फेरि कहिल्यै एउटै कनानी पनि हुनेछैन।
भजनसंग्रह 127 : 3 – 5
3 छोराहरू परमप्रभुले दिनुभएको उत्तराधिकार हुन्, छोराछोरीहरू उहाँका इनाम हुन्।
4 योद्धाको हातमा भएका काँड़हरूझैँ, युवावस्थामा जन्मेका छोराहरू हुन्छन्,
5 त्यो मानिस धन्यको हो, जसको ठोक्रो काँडहरूले भरिएको हुन्छ। मूल ढोकामा आफ्ना शत्रुहरूको सामना गर्नुपर्दा, तिनीहरू शर्ममा पर्नेछैनन्।
भजनसंग्रह 150 : 1 – 6
1 हल्लेलूयाह! [1] परमप्रभुलाई उहाँको पवित्रस्थानमा प्रशंसा गर, उहाँको महिमामय आकाशमा उहाँको प्रशंसा गर!
2 उहाँका शक्तिशाली कार्यहरूका निम्ति उहाँको प्रशंसा गर! उहाँको उत्कृष्ट महानताको निम्ति उहाँको प्रशंसा गर!
3 तुरही बजाएर उहाँको प्रशंसा गर। वीणा र सारङ्गी बजाएर उहाँको प्रशंसा गर!
4 खैँजड़ी र नाचका साथ उहाँको प्रशंसा गर। तार-वाद्य र बाँसुरी बजाएर उहाँको प्रशंसा गर!
5 झ्यालीका झङ्कारका साथ उहाँको प्रशंसा गर। गुञ्जायमान पार्ने झ्यालीहरू बजाएर उहाँको प्रशंसा गर!
6 सास हुने हरेक प्राणीले परमप्रभुको प्रशंसा गरोस्! हल्लेलूयाह!
यूहन्ना 12 : 1 – 8
1 निस्तार-चाड़को छ दिनअघि येशू बेथानियामा आउनुभयो। त्यहाँ लाजरस बस्थे, जसलाई येशूले मृतकबाट जीवित पार्नुभएको थियो।
2 तिनीहरूले उहाँको निम्ति त्यहाँ बेलुकीको भोजन तयार गरे। मार्थाले सेवा-टहल गर्थिन्, अनि लाजरसचाहिँ उहाँसँगै खान बस्नेहरूमध्ये एक जना थिए।
3 तब मरियमले आधा लिटर जति कीमती जटामसीको सुगन्धित अत्तर ल्याएर येशूका पाउमा मलिन्, अनि उहाँका पाउ आफ्ना केशले पुछिन्, र अत्तरको बास्नाले घर भरियो।
4 तर उहाँका चेलाहरूमध्ये एक जना, अर्थात् उहाँलाई पक्राउन खोज्ने यहूदा इस्करियोतले भन्यो,
5 “यो अत्तर तीन सय चाँदीका सिक्कामा बेचेर त्यो रकम गरीबहरूलाई दिए हुँदैनथ्यो?”
6 तर त्यसले गरीबहरूको ख्याल राखेर यो भनेको थिएन, किनकि त्यो चोर थियो, र पैसाको थैलो त्यसैले राख्थ्यो, अनि त्यहाँबाट चोर्ने गर्थ्यो।
7 येशूले भन्नुभयो, “यिनलाई केही नभन, मेरो दफन-दिनको लागि यिनलाई त्यो राखिछोड्न देऊ।
8 किनभने गरीबहरू सधैँ तिमीहरूसँग हुन्छन्, तर म त सधैँ तिमीहरूसँग हुन्नँ।”
अय्यूब 3 : 16
16 समय नपुगी तुहेको बालकझैँ मलाई किन जमिनभित्र लुकाइएन, दिनको उज्यालो कहिल्यै नदेखेको बालकझैँ?
प्रकाश 14 : 12
12 परमेश्वरका आज्ञाहरू पालन गर्ने र येशूमाथि विश्वास राख्ने सन्तहरूको धैर्य धारण यसैमा छ।
Leave a Reply