यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् सिक्ने
हितोपदेश 1 : 5
5 बुद्धिमान्ले सुनून् र तिनीहरूको ज्ञान बढ़ोस्, र विवेकशील व्यक्तिलाई अगुवाइ मिलोस्,
हितोपदेश 18 : 15
15 विवेकीको हृदयले ज्ञान प्राप्त गर्छ, बुद्धिमान्को कानले त्यो खोजी निकाल्छ।
२ यूहन्ना 1 : 9
9 ख्रीष्टको सिद्धान्तमा स्थिर नबसेर त्यसको सीमादेखि बाहिर जाने मानिससँग परमेश्वर हुनुहुन्न, तर यस सिद्धान्तमा स्थिर रहनेसँग पिता र पुत्र दुवै हुनुहुन्छ।
हितोपदेश 1 : 7
7 परमप्रभुको भय नै ज्ञानको सुरु हो, तर मूर्खले [1] बुद्धि र अनुशासनलाई तुच्छ ठान्दछ।
हितोपदेश 10 : 17
17 जसले अनुशासन पालन गर्छ, त्यसले जीवनको बाटो देखाउँछ, तर सुधारको बेवास्ता गर्नेले अरूलाई पनि बहकाउँछ।
तीतस 2 : 1
1 तिमीले चाहिँ जे पक्का धार्मिक-सिद्धान्त सुहाँउदो छ त्यही सिकाऊ।
हितोपदेश 4 : 5 – 6
5 बुद्धि प्राप्त गर्, समझशक्ति प्राप्त गर्, मेरा वचनहरू नबिर्सी र तिनीहरूबाट तर्किएर नजा।
6 बुद्धिलाई नत्याग्, र त्यसले तँलाई सुरक्षित राख्नेछ। त्यसलाई प्रेम गर्, र त्यसले तँमाथि हेरचाह गर्नेछ।
हितोपदेश 9 : 9
9 बुद्धिमान्लाई अर्ती दे, र त्यो झन् बढी बुद्धिमान् हुनेछ। धर्मी मानिसलाई शिक्षा दे, र त्यसले आफ्नो ज्ञान अझ बढ़ाउनेछ।
कलस्सी 2 : 8
8 ध्यान देओ, कि कसैले दर्शनशास्त्र र खोक्रो छलद्वारा तिमीहरूलाई शिकार नबनाओस्, जो ख्रीष्टकाअनुसार होइनन्, तर मानिसको परम्परा र विश्वका आधारभूत सिद्धान्तहरूमाथि अड़िएका हुन्छन्।
हितोपदेश 4 : 1 – 2
1 हे मेरा छोराहरू हो, आफ्नो बुबाको अर्ती सुन, यसमा ध्यान देओ र समझशक्ति प्राप्त गर।
2 किनकि म तिमीहरूलाई उत्तम शिक्षा दिन्छु, यसैकारण मेरो अर्तीलाई नत्याग।
२ तिमोथी 3 : 16
16 सम्पूर्ण पवित्र-शास्त्र परमेश्वरको प्रेरणाबाट भएको हो, र यो सिकाउनलाई, अर्ती दिनलाई, सच्याउनलाई, धार्मिकतामा तालीम दिनलाई लाभदायक हुन्छ,
२ तिमोथी 3 : 15
15 तिमी बाल्यकालदेखि पवित्र-धर्मशास्त्रसँग परिचित छौ, जसले ख्रीष्ट येशूमा भएको विश्वासद्वारा मुक्तिको निम्ति तिमीलाई शिक्षा दिन सक्छ।
विलाप 3 : 27
27 आफ्नो युवावस्थामा नै जुवा बोक्नु मानिसलाई असल हुन्छ।
यशैया 28 : 9
9 “त्यसले कसलाई सिकाउन चाहेको छ? कसलाई त्यसले समाचारको अर्थ बुझाउँदैछ? भर्खर दूध छोड़ेका बालकहरूलाई, भर्खर दूधबाट अलग गरिएकाहरूलाई?
१ तिमोथी 2 : 4
4 सबै मानिसहरूले मुक्ति पाऊन् र तिनीहरू सत्यको ज्ञानमा आऊन् भन्ने इच्छा उहाँ गर्नुहुन्छ।
१ यूहन्ना 4 : 1
1 प्रिय हो, जुनसुकै आत्मालाई विश्वास नगर, तर आत्माहरू परमेश्वरबाट आएका हुन् कि होइनन् भनेर तिनको जाँच गर। किनभने धेरै झूटा अगमवक्ताहरू यस संसारमा निस्केका छन्।
१ यूहन्ना 4 : 1 – 3
1 प्रिय हो, जुनसुकै आत्मालाई विश्वास नगर, तर आत्माहरू परमेश्वरबाट आएका हुन् कि होइनन् भनेर तिनको जाँच गर। किनभने धेरै झूटा अगमवक्ताहरू यस संसारमा निस्केका छन्।
2 यसैबाट तिमीहरू परमेश्वरका आत्मालाई चिन्छौ कि हरेक आत्मा जसले येशू ख्रीष्ट शरीरमा आउनुभएको हो भनी स्वीकार गर्छ, सो परमेश्वरबाट हो।
3 येशूलाई स्वीकार नगर्ने हरेक आत्मा परमेश्वरबाट होइन, तर त्यो ख्रीष्ट विरोधीको आत्मा हो, जसको विषयमा “त्यो आउँछ” भन्ने तिमीहरूले सुनेका छौ। अब त्यो यस संसारमा आइसकेको छ।
भजनसंग्रह 27 : 1 – 14
1 दाऊदको भजन [1] परमप्रभु मेरो ज्योति र मेरो मुक्ति हुनुहुन्छ, मैले कसको भय मान्नु? परमप्रभु नै मेरो जीवनको किल्ला हुनुहुन्छ, कोसँग म भयभीत हुनु?
2 जब दुष्ट मानिसहरू मेरो मासु खान [1] मेरो विरुद्ध अगि बढ्छन्, जब शत्रु र विरोधीहरू मलाई आक्रमण गर्छन्, तिनीहरू ठक्कर खाएर जमिनमा लोट्नेछन्।
3 सेनाले मेरो विरुद्धमा छाउनी बनाए तापनि मेरो हृदय डराउनेछैन। मेरो विरुद्धमा लड़ाइँ चले पनि त्यस बेला म पूरा आत्मविश्वास राख्नेछु।
4 एउटै कुरा म परमप्रभुसँग माग्दछु, मैले खोजेको यही हो, कि जीवनभरि म परमप्रभुको भवनमा रहन पाऊँ, र उहाँको सुन्दरतालाई हेरिरहन पाऊँ, र उहाँको मन्दिरमा उहाँलाई खोज्न सकूँ।
5 किनकि सङ्कष्टको दिनमा उहाँले मलाई उहाँको वासस्थानमा सुरक्षित राख्नुहुनेछ, आफ्नो पवित्र वासस्थानमा उहाँले मलाई लुकाइदिनुहुनेछ, अनि एउटा चट्टानमाथि उच्च राख्नुहुनेछ।
6 तब मेरो वरिपरिका शत्रुहरूमाथि मेरो शिर उच्च पारिनेछ, र उहाँको पवित्र वासस्थानमा हर्षले कराउँदै म बलिदान चढ़ाउनेछु, म भजन गाउनेछु, र परमप्रभुको प्रशंसा गर्नेछु।
7 हे परमप्रभु, जब म उच्च सोरले कराउँछु, तब सुन्नुहोस्, ममाथि कृपालु हुनुहोस्, र मलाई जवाफ दिनुहोस्।
8 मेरो हृदयले तपाईंको विषयमा भन्दछ, “उहाँको मुहारको खोजी गर्।” हे परमप्रभु, तपाईंका मुहारको खोजी म गर्नेछु।
9 तपाईंको मुहार मबाट नलुकाउनुहोस्, क्रोधमा तपाईंको दासलाई नहटाउनुहोस्। तपाईं मेरा सहायक हुनुभएको छ। मलाई इन्कार नगर्नुहोस्, मलाई नत्याग्नुहोस्, हे मेरा उद्धारकर्ता परमेश्वर!
10 मेरा बुबा र मेरी आमाले मलाई त्यागे तापनि परमप्रभुले मलाई सम्हाल्नुहुनेछ।
11 हे परमप्रभु, तपाईंको मार्ग मलाई सिकाउनुहोस्, र मेरा शत्रुहरूको कारण मलाई सोझो मार्गमा डोर्याउनुहोस्।
12 मेरा शत्रुहरूको इच्छामा मलाई नछोडिदिनुहोस्, किनकि झूटा गवाहहरू मेरो विरुद्धमा उठेका छन्, अनि तिनीहरू हिंसा गर्नलाई फुलिएर हिँड्छन्।
13 मलाई अझ पनि विश्वास छ कि जीवितहरूको देशमा परमप्रभुको उत्तमता म देख्नेछु।
14 परमप्रभुको प्रतीक्षा गर। बलिया होऊ, र तिम्रो हृदय साहसिलो होस्, र परमप्रभुकै प्रतीक्षा गर।
हिब्रू 4 : 12
12 किनकि परमेश्वरको वचन जीवित र क्रियाशील हुन्छ, र कुनै पनि दुईधारे तरवारभन्दा बढ़ी धारिलो हुन्छ। यसले प्राण र आत्मालाई त्यसका जोर्नी-जोर्नी र हाड़को गुदीसम्मलाई भाग-भाग पारुञ्जेल वारपार छेड्ने र हृदयका विचार र इच्छा जाँच्न सक्ने हुन्छ।
हितोपदेश 7 : 1
1 हे मेरो छोरो, मेरा वचनहरू पालन गर्, र मेरा आज्ञाहरू तँभित्र संचय गरिराख्।
Leave a Reply