सर्वज्ञता

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् सर्वज्ञता

भजनसंग्रह 147 : 5
5 हाम्रा परमप्रभु महान्‌ हुनुहुन्‍छ, सर्वशक्तिमान्‌ र सर्वज्ञानी हुनुहुन्‍छ।

१ यूहन्‍ना 3 : 20
20 जब हाम्रो हृदयले हामीलाई दोष दिन्‍छ, हामी जान्‍दछौं परमेश्‍वर हाम्रो हृदयभन्‍दा महान्‌ हुनुहुन्‍छ, र उहाँले सब कुरा जान्‍नुहुन्‍छ।

यर्मिया 1 : 5
5 “मैले तँलाई गर्भमा रच्‍नभन्‍दा अघि नै तँलाई चिनिसकेको थिएँ, तँ जन्‍मनभन्‍दा अघि नै मैले तँलाई अलग गरें। मैले तँलाई जाति-जातिहरूका निम्‍ति एक अगमवक्ता नियुक्त गरें।”

यशैया 40 : 28
28 के तँलाई थाहा छैन? के तैंले सुनेको छैनस्‌? परमप्रभु सदासर्वदा परमेश्‍वर हुनुहुन्‍छ, पृथ्‍वीको पल्‍लो छेउसम्‍मका सृष्‍टिकर्ता हुनुहुन्‍छ। उहाँ न त थकित न हैरान हुनुहुन्‍छ, र कसैले पनि उहाँको समझलाई नाप्‍न सक्‍दैन?

यर्मिया 23 : 24
24 के कोही मानिस गुप्‍त ठाउँहरूमा लुक्‍न सक्‍छ र म त्‍यसलाई देख्‍न सक्‍दिनँ?” परमप्रभु भन्‍नुहुन्‍छ। “के स्‍वर्ग र पृथ्‍वी दुवैलाई म ढाक्‍दिनँ र?” परमप्रभु भन्‍नुहुन्‍छ।

भजनसंग्रह 147 : 4 – 5
4 उहाँले ताराहरूको संख्‍या निश्‍चित गर्नुहुन्‍छ, र एक-एकलाई आ-आफ्‍नो नाउँ दिनुहुन्‍छ।
5 हाम्रा परमप्रभु महान्‌ हुनुहुन्‍छ, सर्वशक्तिमान्‌ र सर्वज्ञानी हुनुहुन्‍छ।

भजनसंग्रह 139 : 1 – 6
1 सङ्गीत निर्देशकको निम्‍ति दाऊदको भजन [1] हे परमप्रभु, तपाईंले मेरो पारख गर्नुभएको छ, अनि मलाई चिन्‍नुहुन्‍छ।
2 तपाईंले मेरो बसाइ र मेरो उठाइ जान्‍नुहुन्‍छ, टाढ़ैबाट मेरो विचार बुझ्‍नुहुन्‍छ।
3 तपाईंले मेरो बाहिरी जवाइ र मेरो सुताइ स्‍पष्‍टसँग जान्‍नुहुन्‍छ, र मेरा सबै आचरणहरूसँग तपाईं परिचित हुनुहुन्‍छ।
4 मेरो जिब्रोमा कुनै कुरा आउन अघि नै, हे परमप्रभु, तपाईंले त्‍यो सम्‍पूर्ण रूपले जान्‍नुहुन्‍छ।
5 तपाईंले मलाई अगि र पछि घेर्नुभएको छ, र आफ्‍नो बाहुली ममाथि राख्‍नुभएको छ।
6 यस्‍तो ज्ञान मेरो निम्‍ति साह्रै आश्‍चर्यपूर्ण छ, यो प्राप्‍त गर्न मेरो निम्‍ति अति गाह्रो छ।

यशैया 40 : 13 – 14
13 कसले परमप्रभुको मन बुझेको छ, अथवा उहाँको सल्‍लाहकार भएर उहाँलाई शिक्षा दिएको छ?
14 बुद्धिको प्रकाशको निम्‍ति परमप्रभुले कससित सल्‍लाह लिनुभयो र कसले उहाँलाई ठीक बाटो सिकायो? कसले उहाँलाई ज्ञान सिकायो, अथवा समझको मार्ग देखायो?

मत्ती 10 : 30
30 तिमीहरूका शिरका केशहरू पनि सबै गन्‍ती भएका छन्‌।

१ कोरिन्थी 2 : 11
11 मानिसभित्र रहेको आफ्‍नै आत्‍माबाहेक कसले मानिसका विचारलाई बुझ्‍न सक्‍छ? त्‍यसरी नै परमेश्‍वरका विचार परमेश्‍वरका आत्‍माबाहेक कसैले बुझ्‍दैन।

प्रेरित 1 : 24
24 तिनीहरूले यसरी प्रार्थना गरे, “सबै मानिसका हृदयको कुरा जान्‍नुहुने प्रभु, यी दुईमध्‍ये तपाईंले कसलाई चुन्‍नुभएको छ सो हामीलाई देखाउनुहोस्,

रोमी 11 : 33 – 36
33 आहा! परमेश्‍वरको वैभव र बुद्धि र ज्ञान कति गहिरो! उहाँका इन्‍साफहरू कति अगम र उहाँका मार्ग बुझ्‍न नसकिने!
34 “किनभने प्रभुको मनलाई कसले जानेको छ? अथवा उहाँको सल्‍लाहकार को भएको छ?”
35 “अथवा, कसले उहाँलाई कुनै उपहार दिएको छ र परमेश्‍वरले उसलाई फिर्ता दिनुपरोस्‌?”
36 किनकि सबै थोक उहाँबाट, उहाँद्वारा र उहाँकै निम्‍ति हुन्‌। उहाँलाई नै सदासर्वदा महिमा होस्‌। आमेन।

१ इतिहास 28 : 9
9 “अनि तिमी सोलोमन मेरा छोराचाहिँ, तिम्रा पिताका परमेश्‍वरलाई आफ्‍नै ईश्‍वर मान, र सारा हृदय र राजीखुशीको मनले उहाँको सेवा गर। किनभने परमप्रभुले हरेक हृदय जाँच्‍नुहुन्‍छ र मानिसको हरेक विचारलाई थाहा पाउनुहुन्‍छ। यदि उहाँलाई खोज्‍यौ भने तिमीले उहाँलाई भेट्टाउनेछौ, तर तिमीले उहाँलाई त्‍याग्‍यौ भने उहाँले तिमीलाई सधैँको निम्‍ति इन्‍कार गर्नुहुनेछ।

हिब्रू 4 : 13
13 परमेश्‍वरको दृष्‍टिमा सृष्‍टिको कुनै कुरा लुकेको हुँदैन। उहाँका नजरको सामुन्‍ने सबै कुरा स्‍पष्‍ट र खुला छन्, उहाँलाई नै हामीले लेखा दिनुपर्छ।

यर्मिया 29 : 11
11 किनभने जुन योजनाहरू मैले तिमीहरूका निम्‍ति बनाएको छु, ती म जान्‍दछु,” परमप्रभु भन्‍नुहुन्‍छ। “ती तिमीहरूका उन्‍नतिको निम्‍ति हुन्, नोक्‍सानीको निम्‍ति होइनन्, तिमीहरूलाई आशा र भविष्‍य दिनलाई।

व्यवस्था 29 : 29
29 प्रकट नभएका कुराहरू परमप्रभु हाम्रा परमेश्‍वरका हुन्‌। तर हामीले यस व्‍यवस्‍थाका सम्‍पूर्ण वचन पालन गर्नलाई प्रकट भएका कुराहरू हाम्रा र हाम्रा सन्‍तानका लागि सदाको निम्‍ति हुन्‌।

रोमी 8 : 29
29 जस-जसलाई उहाँले पहिलेबाटै चिन्‍नुभएको छ, उहाँले तिनीहरूलाई आफ्‍ना पुत्रको रूपसमान बनाउनलाई, धेरै भाइहरूमध्‍ये उहाँचाहिँ ज्‍येष्‍ठ होऊन्‌ भनेर, अघिबाटै नियुक्त गर्नुभयो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *