यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् सरायाह
२ शमूएल 8 : 17
17 अहीतूबका छोरा सादोक र अबियाथारका छोरा अहीमेलेक पूजाहारीहरू थिए। सरायाह सचिव थिए।
२ शमूएल 20 : 25
25 शेभाचाहिँ सचिव थिए, अनि सादोक र अबियाथार पूजाहारीहरू थिए।
१ राजाहरू 4 : 3
3 शीशाका छोरा, एलीहोरेफ र अहियाह— सचिवहरू, अहीलूदका छोरा यहोशापात— लेखापाल,
१ इतिहास 18 : 16
16 अहीतूबका छोरा सादोक र अबियाथारका छोरा अहीमेलेक पूजाहारीहरू थिए। शब्शा सचिव थिए।
२ राजाहरू 25 : 18
18 अङ्गरक्षकहरूका सेनापतिले मुख्य पूजाहारी सरायाह र दोस्रो दर्जाका पूजाहारी सपन्याहलाई र तीन जना ढोकेहरूलाई पनि कैद गरेर लगे।
एज्रा 7 : 1
1 यी घटनापछि फारसका राजा अर्तासास्तको राजत्वकालमा एज्रा बेबिलोनबाट उक्लेर आए। तिनी सरायाहका छोरा, जो अजर्याहका छोरा, जो हिल्कियाहका छोरा,
२ राजाहरू 25 : 21
21 त्यहाँ हमातका देशको रिब्लामा बेबिलोनका राजाले तिनीहरूलाई मार्न लाए। यसरी यहूदा आफ्नो देशबाट कैदमा लगियो।
यर्मिया 52 : 27
27 यिनीहरूलाई हमात देशको रिब्लामा राजाले मार्ने हुकुम दिए। यसरी यहूदा आफ्नो देशबाट कैदमा लगियो।
२ राजाहरू 25 : 23
23 जब सेनाका सबै अधिकृतहरू र तिनीहरूका मानिसहरूले बेबिलोनका राजाले गदल्याहलाई राज्यपाल नियुक्त गरेको कुरा सुने, तब तिनीहरू मिस्पामा गदल्याहकहाँ आए— नतन्याहका छोरा इश्माएल, कारेहका छोरा योहानान, नतोपाती तन्हूमेतका छोरा सरायाह र माकातीका छोरा याजन्याह, र तिनीहरूका मानिसहरू।
यर्मिया 40 : 8
8 तब तिनीहरू मिस्पामा गदल्याहकहाँ आए। तिनीहरू यी नै थिए: नतन्याहका छोरा इश्माएल, कारेहका दुई छोराहरू योहानान र जोनाथन, तन्हूमेतका छोरा सरायाह, नतोपाती एफैका छोराहरू, माकातीका छोरा याजन्याह र यिनीहरू सबैका मानिसहरू।
१ इतिहास 4 : 14
14 मोनोतै ओप्राका पिता थिए। सरायाह योआबका पिता थिए, र योआब गे-हरशीमका पिता थिए। त्यहाँका मानिसहरू कारीगरहरू भएका हुनाले तिनको त्यही नाम राखियो।
१ इतिहास 4 : 35
35 योएल, योशिब्याहका छोरा येहू, जो सरायाहका नाति र असीएलका पनाति थिए।
एज्रा 2 : 2
2 तिनीहरू यरुबाबेल, येशूअ, नहेम्याह, सरायाह, रेलयाह, मोर्दकै, बिल्शान, मिस्पार, बिग्वै, रेहूम र बानाहाका साथ आएका थिए। इस्राएलको प्रजाका पुरुषहरूको नामावली:
नहेम्याह 12 : 1
1 शालतिएलका छोरा यरुबाबेल र येशूअसँग फर्किआएका पूजाहारीहरू र लेवीहरू यिनै हुन्:
नहेम्याह 12 : 12
12 योयाकीमको पालोमा यी पूजाहारीहरू आ-आफ्ना परिवारका मुखिया थिए: सरायाहका परिवारका मरायाह, यर्मियाका हनन्याह,
Leave a Reply