यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् सम्मान
लेवीहरू 19 : 32
32 “‘बुढापाकाका सम्मानमा उठ र वृद्ध मानिसको आदर गर। तिमीहरूले परमेश्वरको भय मान। म परमप्रभु हुँ।
हितोपदेश 25 : 6
6 राजाको उपस्थितिमा आफैलाई नउचाल्, र महापुरुषहरूका माझमा बस्ने हक नखोज्।
लूका 14 : 10
10 तर जब तिमीले निम्तो पाउँछौ, गएर तल्लो ठाउँमा बस, र मेजमानले आएर तिमीलाई भन्नेछ, ‘ए मित्र, माथि गएर बस्नोस्।’ त्यस बेला तिमीसँग खान बस्नेहरूका सामुन्ने तिम्रो इज्जत हुनेछ।
रोमी 12 : 10
10 भातृ-प्रेमसँग एकअर्कालाई प्रेम गर। आफूलाई भन्दा बढ़ी अरूलाई आदर गर।
फिलिप्पी 2 : 3
3 स्वार्थ वा अहङ्कारमा केही नगर, तर नम्रतामा एउटाले अर्कालाई आफूभन्दा श्रेष्ठ ठान।
१ पत्रुस 2 : 17
17 सबै मानिसहरूलाई आदर गर। भाइबन्धुलाई प्रेम गर। परमेश्वरसँग डराओ। राजाको आदर गर।
Leave a Reply