सफलता

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् सफलता

फिलिप्पी 4 : 13
13 जसले मलाई शक्ति दिनुहुन्‍छ, उहाँमा नै म सब कुरा गर्न सक्‍छु।

भजनसंग्रह 37 : 4
4 परमप्रभुमा आनन्‍दित होऊ, र उहाँले तिम्रो मनोरथ पूर्ण गर्नुहुनेछ।

मत्ती 6 : 25 – 33
25 “यसैकारण म तिमीहरूलाई भन्‍दछु, ‘के खाउँला, के पिउँला’ भनी आफ्‍नो प्राणको निम्‍ति र ‘के लगाउँला’ भनी आफ्‍नो शरीरको निम्‍ति फिक्री नगर।’ के जीवन खानेकुराभन्‍दा र शरीर लुगाफाटाभन्‍दा उत्तम होइन?
26 आकाशका चराचुरुङ्गीलाई हेर। तिनीहरूले न त बीउ छर्छन्, न अन्‍न कटनी गर्छन्, न भकारीमा बटुल्‍छन्, तर तिमीहरूका स्‍वर्गका पिताले तिनीहरूलाई खुवाउनुहुन्‍छ। के तिमीहरू तिनीहरूभन्‍दा बढ़ी मूल्‍यवान्‌ छैनौ र?
27 तिमीहरूमध्‍ये कुनचाहिँले फिक्री गरेर आफ्‍नो आयुमा एक घड़ी पनि थप्‍न सक्‍छ?
28 “अनि लुगाफाटाका निम्‍ति तिमीहरू किन फिक्री गर्दछौ? मैदानका लिली फूललाई हेर, ती कसरी बढ्‌दछन्‌। तिनले न परिश्रम गर्दछन्, न धागो कात्‍छन्‌।
29 तर म तिमीहरूलाई भन्‍दछु, सोलोमन राजा पनि आफ्‍ना सारा वैभवमा तिनीहरूमध्‍ये एउटा जति आभूषित थिएनन्‌।
30 आज हुने र भोलि अगेनोमा फालिने घाँसलाई परमेश्‍वरले यसरी पहिराउनुहुन्‍छ भने, ए अल्‍पविश्‍वासी हो, के तिमीहरूलाई झन्‌ बढ़ी उहाँले पहिराउनुहुनेछैन र?
31 यसकारण ‘के खाऔंला?’ कि ‘के पिऔंला?’ कि ‘के पहिरौंला?’ भनेर फिक्री नगर।
32 किनकि अन्‍यजातिहरूले यी सब थोक खोज्‍दछन्, र तिमीहरूका स्‍वर्गमा हुनुहुने पिताले तिमीहरूलाई यी सबै थोकको खाँचो छ भनी जान्‍नुहुन्‍छ।
33 तर पहिले उहाँको राज्‍य र उहाँका धार्मिकताको खोजी गर, र यी सबै थोक तिमीहरूका निम्‍ति थपिनेछन्‌।

हितोपदेश 3 : 1 – 4
1 हे मेरो छोरा, मेरो शिक्षालाई नभुल्, तर मेरा आज्ञाहरू आफ्‍नो हृदयमा लुकाइराख्‌।
2 किनभने तिनले तँलाई दीर्घायु बनाउनेछन्, र तेरो लागि सम्‍पन्‍नता ल्‍याउनेछन्‌।
3 भक्ति र विश्‍वासयोग्‍यताले तँलाई कहिल्‍यै नछोडून्, ती तैंले आफ्‍नो गलामा बाँधिराख्, आफ्‍नो हृदयको पाटीमा ती लेखिराख्‌।
4 तब परमेश्‍वर र मानिसको दृष्‍टिमा तैंले निगाह पाउनेछस्‌ र असल नाउँ कमाउनेछस्‌।

याकूब 4 : 10
10 प्रभुको सामने आफूलाई विनम्र तुल्‍याओ, र उहाँले तिमीहरूलाई उच्‍च पार्नुहुनेछ।

हितोपदेश 16 : 3
3 तैंले गर्ने जुनसुकै कुरा परमप्रभुलाई सुम्‍पिदे, र तेरा योजनाहरू सफल हुनेछन्‌।

१ राजाहरू 2 : 3
3 र परमप्रभु आफ्‍ना परमेश्‍वरतिरको आफ्‍नो कर्तव्‍य पूरा गर। उहाँका मार्गमा हिँड़। मोशाको व्‍यवस्‍थामा लेखेका उहाँका विधिहरू र आज्ञाहरू, उहाँका नियमहरू र आदेशहरू पालन गर, ताकि तिमीले जे-जे गर्छौ र तिमी जहाँकहीँ जान्‍छौ, त्‍यसमा तिम्रो उन्‍नति होस्,

मत्ती 16 : 26
26 सारा जगत्‌ प्राप्‍त गरेर पनि आफ्‍नो प्राण गुमायो भने, मानिसलाई के लाभ हुन्‍छ? अथवा मानिसले आफ्‍नो प्राणको सट्टामा के दिन सक्‍छ?

रोमी 12 : 2
2 यस संसारको ढाँचामा नचल, तर आफ्‍नो मनमा नयाँ भई पूर्ण रूपले परिवर्तित होओ, र परमेश्‍वरको असल, ग्रहणयोग्‍य र सिद्ध इच्‍छा के हो, त्‍यो तिमीहरूले जाँच्‍न सक।

लूका 16 : 10 – 11
10 “जो थोरै कुरामा ईमानदार हुन्‍छ, त्‍यो धेरैमा पनि ईमानदार हुन्‍छ, र जो अति सानो कुरामा बेईमान हुन्‍छ, त्‍यो धेरैमा पनि बेईमान हुन्‍छ।
11 यसकारण तिमीहरू सांसारिक धनमा ईमानदार भएनौ भने, तिमीहरूलाई साँचो धनको जिम्‍मा कसले देला?

भजनसंग्रह 1 : 1 – 6
1 धन्‍य हो त्‍यो मानिस, जो दुष्‍टहरूको सल्‍लाहमा हिँड्‌दैन, जो पापीहरूको मार्गमा खड़ा हुँदैन, अनि गिल्‍ला गर्नेहरूको सङ्गतमा बस्‍दैन।
2 तर परमप्रभुको व्‍यवस्‍थामा नै त्‍यो खुशी रहन्‍छ, र त्‍यसले दिनरात उहाँकै व्‍यवस्‍थामा मनन गर्छ।
3 त्‍यो खोलाको किनारमा रोपेको बोटजस्‍तै हुन्‍छ, जसले आफ्‍नो ऋतुमा फल दिन्‍छ, अनि जसको पात कहिल्‍यै ओइलाउँदैन। त्‍यसले जे पनि गर्छ, त्‍यसमा त्‍यो सफल हुन्‍छ।
4 दुष्‍टहरू त्‍यस्‍ता हुँदैनन्‌! तिनीहरू बतासले उड़ाएर लैजाने भुसजस्‍तै हुन्‍छन्‌।
5 यसकारण दुष्‍टहरू न्‍यायको दिनमा टिक्‍नेछैनन्‌, र पापीहरूले धर्मीहरूको सभामा स्‍थान पाउनेछैनन्‌।
6 किनकि परमप्रभुले धर्मीहरूको मार्गको रक्षा गर्नुहुन्‍छ, तर दुष्‍टहरूको मार्ग नष्‍ट हुनेछ।

हितोपदेश 3 : 3 – 4
3 भक्ति र विश्‍वासयोग्‍यताले तँलाई कहिल्‍यै नछोडून्, ती तैंले आफ्‍नो गलामा बाँधिराख्, आफ्‍नो हृदयको पाटीमा ती लेखिराख्‌।
4 तब परमेश्‍वर र मानिसको दृष्‍टिमा तैंले निगाह पाउनेछस्‌ र असल नाउँ कमाउनेछस्‌।

यहोशू 1 : 5 – 9
5 तेरो जीवनभरि तेरो सामुन्‍ने कोही मानिस खड़ा हुन सक्‍नेछैन। जसरी म मोशासँग रहें, त्‍यसरी नै म तँसँग रहनेछु। म तँलाई छोड्‌ने, अनि तँलाई त्‍याग्‍नेछैनँ।
6 “बलियो र खूब साहसी बन्, किनकि मैले तिनीहरूका पिता-पुर्खाहरूलाई दिन्‍छु भनी प्रतिज्ञा गरेको देश तिनीहरूको अधिकारमा गराउन तैंले तिनीहरूलाई अगुवाइ गर्नेछस्‌।
7 बलियो र अति साहसी हो। मेरो दास मोशाले तँलाई आज्ञा गरेअनुसार सबै व्‍यवस्‍था पालन गर्‌। त्‍यसबाट दाहिनेतिर वा देब्रेतिर नफर्कनू, र तँ जहीँ गए पनि सफलता पाउनेछस्‌।
8 व्‍यवस्‍थाको यो पुस्‍तक तेरो ओठबाट नहटोस्, तर त्‍यसमाथि तैंले दिनरात ध्‍यान गर्नू अनि त्‍यसमा लेखिएका सबै कुरा होशियारीसाथ पालन गर्नू, र तेरा सबै मार्गहरूमा तैंले उन्‍नति गर्नेछस्‌ र सफलता पाउनेछस्‌।
9 तँलाई मेरो आज्ञा छ बलियो र खूबै साहसी हो, नडरा, निराश नहो, किनकि तँ जहाँ गए पनि, परमप्रभु तेरा परमेश्‍वर, तेरो साथमा हुनुहुनेछ।”

यहोशू 1 : 8
8 व्‍यवस्‍थाको यो पुस्‍तक तेरो ओठबाट नहटोस्, तर त्‍यसमाथि तैंले दिनरात ध्‍यान गर्नू अनि त्‍यसमा लेखिएका सबै कुरा होशियारीसाथ पालन गर्नू, र तेरा सबै मार्गहरूमा तैंले उन्‍नति गर्नेछस्‌ र सफलता पाउनेछस्‌।

हितोपदेश 3 : 5
5 आफ्‍नो सारा हृदयले परमेश्‍वरमा भरोसा राख्, र तेरो आफ्‍नै समझशक्तिमा भर नपर्‌

गलाती 5 : 22 – 23
22 तर पवित्र आत्‍माको फलचाहिँ प्रेम, आनन्‍द, शान्‍ति, धैर्य, दया, भलाइ, विश्‍वस्‍तता,
23 नम्रता, संयम हुन्‌। यस्‍ता कुराहरूका विरुद्धमा कुनै व्‍यवस्‍था छैन।

यशैया 41 : 10
10 यसैले नडरा, किनकि म तँसित छु। निरुत्‍साहित नहो, किनकि म तेरा परमेश्‍वर हुँ। म तँलाई बलियो पार्नेछु। म तँलाई सहायता गर्नेछु। मेरो धार्मिकताको दाहिने हातले म तँलाई सम्हाल्‍नेछु।

व्यवस्था 8 : 18
18 तर परमप्रभु तिमीहरूका परमेश्‍वरलाई सम्‍झ, किनकि उहाँले नै तिमीहरूलाई धन-सम्‍पत्ति प्राप्‍त गर्ने शक्ति दिनुहुन्‍छ। यसरी नै उहाँले तिमीहरूका पुर्खाहरूसित बाँध्‍नुभएको करार स्‍थिर गर्नुहुन्‍छ, जो आजसम्‍म छँदैछ।

यर्मिया 29 : 11
11 किनभने जुन योजनाहरू मैले तिमीहरूका निम्‍ति बनाएको छु, ती म जान्‍दछु,” परमप्रभु भन्‍नुहुन्‍छ। “ती तिमीहरूका उन्‍नतिको निम्‍ति हुन्, नोक्‍सानीको निम्‍ति होइनन्, तिमीहरूलाई आशा र भविष्‍य दिनलाई।

उत्‍पत्ति 39 : 2 – 6
2 परमप्रभु योसेफको साथमा हुनुहुन्‍थ्‍यो, र त्‍यहाँ तिनको उन्‍नति भयो। तिनी आफ्‍ना मिश्री मालिकको घरमा बस्‍थे।
3 तिनका मालिकले परमप्रभु तिनको साथमा हुनुभएको र तिनले गरेका सबै काममा परमप्रभुले उन्‍नति गराउनुभएको देखे।
4 यसैले उनको निगाह योसेफमाथि रह्यो। योसेफले उनको सेवा-शुश्रूषा गर्थे। उनले तिनलाई आफ्‍नो घरको मुख्‍य कारिन्‍दा तुल्‍याएर उनीसँग भएका सब थोकको जिम्‍मा तिनलाई दिए।
5 उनले तिनलाई आफ्‍नो घरको र आफूसँग भएका सबै कुराको मुख्‍य कारिन्‍दा तुल्‍याएको समयदेखि परमप्रभुले योसेफको खातिर त्‍यस मिश्रीको घरमा आशिष्‌ दिनुभयो। परमप्रभुको आशिष्‌ उनको घरबार, अन्‍न-खेत र सबै कुरामाथि थियो।
6 यसैले आफूसँग भएका सबै उनले योसेफको जिम्‍मामा छोड़िदिए। आफूले खाने भोजनबाहेक आफूसँग भएको अरू कुनै कुराको विषयमा उनी वास्‍ता राख्‍दैनथिए। योसेफ सुन्‍दर र हेर्नमा राम्रा थिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *