यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् सपना
यर्मिया 23 : 28
28 कुनै अगमवक्ताले सपना देखेको भए त्यसले सपना नै कहोस्। तर कसैसित मेरो वचन छ भने त्यसले विश्वाससित मेरो वचन बोलोस्। किनकि परालको गहूँसँग के सम्बन्ध?” परमप्रभु भन्नुहुन्छ।
प्रेरित 2 : 17
17 ‘आखिरी दिनहरूमा यस्तो हुनेछ भनी परमेश्वर भन्नुहुन्छ, म सबै मानिसहरूमाथि मेरा आत्मा खन्याइदिनेछु, र तिमीहरूका छोराहरू, र तिमीहरूका छोरीहरूले अगमवाणी बोल्नेछन्, र तिमीहरूका युवकहरूले दर्शन देख्नेछन्, र तिमीहरूका बूढ़ापाकाहरू स्वप्नदर्शी हुनेछन्।
उपदेशक 5 : 3
3 जसरी धेरै चिन्ताले सपना हुन्छ, त्यसरी नै धेरै शब्दहरूमा मूर्खका बोली हुन्छन्।
१ यूहन्ना 4 : 1
1 प्रिय हो, जुनसुकै आत्मालाई विश्वास नगर, तर आत्माहरू परमेश्वरबाट आएका हुन् कि होइनन् भनेर तिनको जाँच गर। किनभने धेरै झूटा अगमवक्ताहरू यस संसारमा निस्केका छन्।
जकरिया 10 : 2
2 मूर्तिहरू छलका कुरा बोल्छन्, र मन्त्रतन्त्र गर्नेहरूले झूटा दर्शनहरू देख्छन् र झूटा सपनाहरू बताउँछन्, तिनीहरू व्यर्थमा सान्त्वना दिन्छन्। यसैकारण गोठालाको कमीले गर्दा अत्याचारमा परेका भेड़ाझैँ मानिसहरू बरालिन्छन्।
योएल 2 : 28
28 “त्यसपछि म मेरा आत्मा सबै मानिसमाथि खन्याउनेछु। तिमीहरूका छोराछोरीहरूले अगमवाणी बोल्नेछन्। तिमीहरूका बूढ़ा मानिसहरू स्वप्नदर्शी हुनेछन्, र तिमीहरूका युवकहरूले दर्शन देख्नेछन्।
अय्यूब 4 : 12 – 21
12 “एउटा कुरा सुस्त-सुस्त मेरो कानमा आयो, र त्यसको कानेखुसी मेरो कानले सुन्यो।
13 रातका बेचैन सपनाहरूमा, जब मानिसहरू घोर निद्रामा परेका हुन्छन्,
14 त्रास र थरहरीले मलाई पक्रे, र मेरा हाड़हरूलाई कमायो।
15 एउटा आत्मा मेरो छेउ भएर गयो, र मेरो शरीरको रौँ खड़ा भयो।
16 त्यो रोयो, तर त्यो के हो मैले ठम्याउन सकिनँ, एउटा आकार मेरो आँखाकोअघि खड़ा भयो। यसो भन्ने एउटा मधुर सोर मैले सुने—
17 ‘के मरणशील मानिस परमेश्वरभन्दा बढ़ी धर्मी ठहर्न सक्छ? के कुनै प्राणी आफ्ना सृष्टिकर्ताभन्दा पवित्र हुन सक्छ?
18 यदि परमेश्वरले आफ्नै सेवकहरूमाथि भरोसा गर्नुभएन भने, र आफ्नै दूतहरूलाई भूल गरेको दोष लगाउनुभयो भनेता,
19 माटोका घरमा बस्नेमाथि झन् बढ़ी दोष किन भेट्टाउनुहुन्न? जसको आधार ता धूलो नै हो, जो सानो पुतलीझैँ कुल्चीमिल्ची पारिन सक्छ।
20 तिनीहरू बिहानदेखि बेलुकासम्म चकनाचूर पारिन्छन्, कसैले थाहा नपाई तिनीहरू नाश हुन्छन्।
21 के तिनीहरूका पालका डोरीहरू माथि तानिएका छैनन् र? यसरी तिनीहरू ज्ञानविना नै मर्छन्?’
भजनसंग्रह 150 : 1 – 6
1 हल्लेलूयाह! [1] परमप्रभुलाई उहाँको पवित्रस्थानमा प्रशंसा गर, उहाँको महिमामय आकाशमा उहाँको प्रशंसा गर!
2 उहाँका शक्तिशाली कार्यहरूका निम्ति उहाँको प्रशंसा गर! उहाँको उत्कृष्ट महानताको निम्ति उहाँको प्रशंसा गर!
3 तुरही बजाएर उहाँको प्रशंसा गर। वीणा र सारङ्गी बजाएर उहाँको प्रशंसा गर!
4 खैँजड़ी र नाचका साथ उहाँको प्रशंसा गर। तार-वाद्य र बाँसुरी बजाएर उहाँको प्रशंसा गर!
5 झ्यालीका झङ्कारका साथ उहाँको प्रशंसा गर। गुञ्जायमान पार्ने झ्यालीहरू बजाएर उहाँको प्रशंसा गर!
6 सास हुने हरेक प्राणीले परमप्रभुको प्रशंसा गरोस्! हल्लेलूयाह!
यर्मिया 23 : 25 – 32
25 “मैले सपना देखेको छु, ‘मैले सपना देखेको छु,’ भन्दै मेरो नाउँमा झूटा अगमवाणी कहने अगमवक्ताहरूका कुरा मैले सुनेको छु।
26 यी झूटा अगमवक्ताहरू, जसले आफ्नै मनका भ्रमको अगमवाणी कहन्छन्, तिनीहरूको हृदयमा कहिलेसम्म यो कुरा रहला?
27 तिनीहरूका पिता-पुर्खाहरूले बाल देवतालाई पुजेका कारणले मेरो नाउँ बिर्सेझैँ, यी अगमवक्ताहरूले एक-अर्कालाई कहेका आफ्ना सपनाहरूद्वारा मेरो प्रजालाई मेरो नाउँ बिर्सन लाउने विचार गर्छन्।
28 कुनै अगमवक्ताले सपना देखेको भए त्यसले सपना नै कहोस्। तर कसैसित मेरो वचन छ भने त्यसले विश्वाससित मेरो वचन बोलोस्। किनकि परालको गहूँसँग के सम्बन्ध?” परमप्रभु भन्नुहुन्छ।
29 “के मेरो वचन आगोजस्तै छैन र? चट्टानलाई चूरचूर पार्ने के त्यो एउटा ठूलो घनझैँ छैन र?” परमप्रभु भन्नुहुन्छ।
30 “यसैकारण म ती अगमवक्ताहरूका विरुद्धमा छु, जसले मबाट आएका वचन भएजस्तै गरी एक-अर्कादेखि चोर्दछन्,” परमप्रभु भन्नुहुन्छ।
31 “म ती अगमवक्ताहरूका विरुद्धमा छु, जसले आफ्नै जिब्रो चलाउँछन्, र भन्छन्, ‘परमप्रभु घोषणा गर्नुहुन्छ’।
32 साँच्चै नै झूटा सपनाहरू कहनेहरूका विरुद्धमा म छु,” परमप्रभु भन्नुहुन्छ। “मैले तिनीहरूलाई पठाइनँ न नियुक्त गरें, तापनि तिनीहरू ती सपना मेरा प्रजालाई कहेर तिनीहरूलाई असत्यद्वारा भ्रममा पार्दछन्। तिनीहरूले यी मानिसहरूलाई थोरै मात्रामा पनि लाभ पुर्याउँदैनन्,” परमप्रभु भन्नुहुन्छ।
यर्मिया 29 : 8
8 हो, सर्वशक्तिमान् परमप्रभु, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: “तिमीहरूका बीचमा हुने तिमीहरूका अगमवक्ताहरू र जोखना हेर्नेहरूले तिमीहरूलाई धोका नदेऊन्। तिमीहरूको इच्छाअनुसार तिनीहरूले देखेका सपनाका कुराहरूमा ध्यान नदेओ।
अय्यूब 20 : 8
8 सपनाझैँ कहिल्यै नभेट्टाइने गरी त्यो हराइहाल्छ, रातको दर्शनझैँ त्यो लोप भइहाल्छ।
मत्ती 1 : 20
20 तर जब उनले यी कुरा विचार गर्दैथिए, सपनामा परमप्रभुका दूत देखा परे, र उनलाई यसो भने, “योसेफ, दाऊदका छोरा, तिम्री पत्नी मरियमलाई स्वीकार गर्न नडराऊ, किनभने जो तिनको गर्भमा हुनुहुन्छ, उहाँ पवित्र आत्माबाट हुनुहुन्छ।
Leave a Reply