यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् ushers
भजनसंग्रह 84 : 10
10 तपाईंको मन्दिरभित्रको एक दिन अरू ठाउँका हजार दिनभन्दा उत्तम छ। दुष्टहरूका पालमा बस्नुभन्दा बरु मेरा परमेश्वरका भवनको ढोके हुनलाई मलाई मन पर्छ।
रोमी 12 : 13
13 सन्तहरूको खाँचोमा सहायता देओ, अतिथिसत्कार कायम राख।
२ तिमोथी 2 : 15
15 शर्माउन नपर्ने र सत्यको वचनलाई ठीकसँग प्रयोग गर्ने कामदारजस्तै आफूले आफूलाई परमेश्वरमा ग्रहणयोग्य तुल्याउने भरमग्दूर प्रयत्न गर।
१ इतिहास 9 : 17 – 27
17 द्वारपालहरू: शल्लूम, अक्कूब, तल्मोन, अहीमन र तिनीहरूका भाइहरू। तिनीहरूका दाजु शल्लूमचाहिँ प्रधान थिए।
18 यस बेलासम्म तिनी पूर्वपट्टिका राजाको मूल ढोकामा द्वारपाल थिए। तिनीहरू लेवीहरूको छाउनीका द्वारपालहरू थिए।
19 शल्लूम, जो कोरेका छोरा, जो एब्यासापका छोरा, जो कोरहका छोरा थिए, र तिनका कुटुम्बहरू, कोरहवंशीहरूचाहिँ पालका [1] प्रवेशद्वारका रक्षा गर्ने सेवाका जिम्मामा थिए, जसरी तिनीहरूका पुर्खाहरूले परमप्रभुको वासस्थानको प्रवेशद्वारका रक्षकको काम गरेका थिए।
20 उहिलेका समयमा एलाजारका छोरा पीनहास तिनीहरूका हेर-विचार गर्ने मुख्य कर्मचारी थिए, अनि परमप्रभु तिनीसँग हुनुहुन्थ्यो।
21 मेशेलेम्याहका छोरा जकरिया भेट हुने पालका द्वारपाल थिए।
22 द्वारपालको काममा चुनिएकाहरूको संख्या २१२ थियो। तिनीहरूका आफ्ना गाउँ-गाउँ गरी वंशावलीको सूचीमा लेखिएका थिए। दाऊद र दर्शी शमूएलले तिनीहरूलाई आफ्नो विश्वासको काममा नियुक्ति गरेका थिए।
23 तिनीहरू र तिनीहरूका छोराहरूका जिम्मामा परमप्रभुको भवनका मूल ढोकाहरूमा पहरा बस्ने काम थियो, जुन भवनलाई पाल भनिन्थ्यो।
24 ती द्वारपालहरू पूर्व, पश्चिम, उत्तर, दक्षिण, चारैतिर बस्नुपर्दथ्यो।
25 तिनीहरूका कुटुम्बहरूचाहिँ आफ्ना गाउँहरूबाट तिनीहरूसँग एक पल्टमा सात दिनसम्म पालैपालो काममा आउनुपर्थ्यो।
26 तर चार जना मुख्य-मुख्य द्वारपालहरू, जो लेवीहरू हुन्थे, तिनीहरू परमप्रभुको भवनमा भएका कोठाहरू र भण्डारहरूका जिम्मेवारी हुन्थे।
27 तिनीहरू सधैँ परमप्रभुका भवनको हाताभित्रै सुत्थे, किनभने पहर-पहरमा तिनीहरूको काम हुन्थ्यो। अनि बिहानैपिच्छे मूल ढोकाहरू खोल्ने साँचोको जिम्मा तिनीहरूको थियो।
१ कोरिन्थी 15 : 58
58 यसकारण मेरा प्रिय भाइ हो, स्थिर र अटल रहो। प्रभुको काममा सधैँ बढ्दैजाओ। किनकि तिमीहरू जान्दछौ, कि प्रभुमा तिमीहरूको परिश्रम व्यर्थ हुँदैन।
२ राजाहरू 22 : 4
4 तिनले भने, “प्रधान पूजाहारी हिल्कियाहकहाँ जाऊ, र ढोकेहरूले मानिसहरूबाट ग्रहण गरेका, परमप्रभुको मन्दिरमा ल्याइएको रुपियाँपैसा तयार राख्नू भनी तिनलाई भन।
२ राजाहरू 25 : 18
18 अङ्गरक्षकहरूका सेनापतिले मुख्य पूजाहारी सरायाह र दोस्रो दर्जाका पूजाहारी सपन्याहलाई र तीन जना ढोकेहरूलाई पनि कैद गरेर लगे।
१ कोरिन्थी 12 : 4 – 5
4 वरदानहरू विभिन्न किसिमका छन्, तर पवित्र [1] आत्मा एउटै हुनुहुन्छ।
5 सेवाहरू धेरै थरीका हुन्छन्, तर प्रभु एउटै हुनुहुन्छ।
याकूब 2 : 1 – 4
1 मेरा भाइ हो, प्रभु येशू ख्रीष्ट, महिमाका प्रभुमाथि तिमीहरूको विश्वास भएको हुनाले तिमीहरूले कुनै भेदभाव नदेखाओ।
2 यदि कोही मानिस सुनका औँठीहरू र राम्रा-राम्रा लुगा लगाएर तिमीहरूको सभामा आयो, र कुनै एक जना गरीब पनि झुत्रे-झाम्रे लुगा लगाएर आयो भने,
3 तिमीहरूले त्यो राम्रो लुगा लाउनेलाई आदर गरेर, “यहाँ राम्रो ठाउँमा बस्नुहोस्” भन्छौ, र त्यस गरीबलाई चाहिँ “तँ त्यहीँ उभि” अथवा “मेरा पाउनेर बस्” भन्छौ भने,
4 के तिमीहरूले आफ्नै बीचमा भेदभाव देखाएनौ, र कुविचार भएका न्यायकर्ता भएनौ र?
मत्ती 25 : 31 – 46
31 “जब मानिसको पुत्र सारा स्वर्गदूतहरूसँग आफ्नो महिमामा आउनेछ, तब ऊ आफ्नो महिमामय सिंहासनमा बस्नेछ।
32 र उसको सामुन्ने सबै जातिहरू भेला हुनेछन्, र जसरी गोठालाले भेड़ा र बाख्रालाई छुट्ट्याउँछ, त्यसरी नै उसले तिनीहरूलाई एउटालाई अर्काबाट अलग गर्नेछ।
33 उसले भेड़ाहरूलाई आफ्नो दाहिनेपट्टि, र बाख्राहरूलाई देब्रेपट्टि राख्नेछ।
34 “तब राजाले आफ्ना दाहिनेपट्टिकाहरूलाई भन्नेछ, ‘आओ, मेरा पिताका धन्यका हो! संसारको उत्पत्तिदेखि तिमीहरूका निम्ति तयार गरिएको राज्यलाई अधिकार गर।
35 किनभने म भोकाएको थिएँ, तिमीहरूले मलाई खान दियौ। म तिर्खाएको थिएँ, तिमीहरूले मलाई पिउन दियौ। म परदेशी थिएँ, तिमीहरूले मलाई आश्रय दियौ।
36 नाङ्गै थिएँ, तिमीहरूले मलाई वस्त्र लगाइदियौ। बिरामी थिएँ, तिमीहरू मलाई हेर्न आयौ। झ्यालखानमा थिएँ, तिमीहरू मकहाँ आयौ।’
37 “तब धर्मीजनहरूले उनलाई जवाफ दिनेछन्, ‘हे प्रभु, कहिले हामीले तपाईंलाई भोकाउनुभएको देख्यौं, र खान दियौं? अथवा तिर्खाउनुभएको देख्यौं, र पिउन दियौं?
38 कहिले हामीले तपाईंलाई परदेशी देख्यौं, र तपाईंलाई आश्रय दियौं? अथवा नाङ्गो देख्यौं र वस्त्र लगाइदियौं?
39 र कहिले हामीले तपाईंलाई बिरामी वा झ्यालखानमा देख्यौं, र तपाईंकहाँ आयौं?’
40 “तब राजाले तिनीहरूलाई जवाफ दिएर भन्नेछन्, ‘साँच्चै, म तिमीहरूलाई भन्दछु, तिमीहरूले यी मेरा भाइहरूमध्ये सबैभन्दा सानामा एक जनालाई जे-जति गर्यौ, त्यो तिमीहरूले मलाई नै गर्यौ।’
41 “त्यसपछि उनले देब्रेपट्टिका मानिसहरूलाई भन्नेछन्, ‘श्रापित मानिस हो! मबाट दूर होओ, र दियाबलस र त्यसका दूतहरूका लागि तयार गरिएको अनन्तको आगोमा जाओ।
42 किनभने म भोकाएको थिएँ, तिमीहरूले मलाई खान दिएनौ। तिर्खाएको थिएँ, तिमीहरूले मलाई पिउन दिएनौ।
43 म परदेशी थिएँ, तिमीहरूले मलाई आश्रय दिएनौ। नाङ्गो थिएँ, र तिमीहरूले मलाई वस्त्र लगाइदिएनौ, बिरामी र झ्यालखानमा थिएँ, र तिमीहरू मलाई हेर्न आएनौ।’
44 “तिनीहरूले पनि यसो भनेर जवाफ दिनेछन्, ‘प्रभु, कहिले हामीहरूले तपाईंलाई भोकाएको वा तिर्खाएको देख्यौं, परदेशी वा नाङ्गो वा बिरामी देख्यौं, वा झ्यालखानमा देख्यौं, र तपाईंको सेवा गरेनौं?’
45 “तब उनले तिनीहरूलाई जवाफ दिनेछन्, ‘साँच्चै, म तिमीहरूलाई भन्दछु, यी सबैभन्दा सानाहरूमध्ये एक जनालाई जे-जति गरेनौ, त्यो तिमीहरूले मेरो निम्ति गरेनौ।’
46 “तब यिनीहरू अनन्त दण्डको भागी हुनेछन्, तर धर्मी जनहरू अनन्त जीवनमा प्रवेश गर्नेछन्’।”
Leave a Reply