यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् Stoicism
मत्ती 3 : 4
4 यूहन्नाले ऊँटका रौँको वस्त्र लाउँथे, र कम्मरमा छालाको पटुका बाँध्थे। तिनको खानेकुरा सलह र वन-मह थियो।
मत्ती 11 : 18
18 किनभने यूहन्ना खाँदै र पिउँदै आएनन्, र तिनीहरू उनलाई भूत लागेको छ भनी भन्दछन्।
लूका 7 : 33
33 बप्तिस्मा-दिने यूहन्ना आए, अनि तिनले न त रोटी खान्थे न दाखमद्य पिउँथे। तिमीहरूले ‘तिनलाई भूत लागेको छ’ भन्दछौ।
मत्ती 10 : 39
39 जसले आफ्नो प्राण जोगाउँछ, त्यसले त्यो गुमाउनेछ, र आफ्नो प्राण मेरो निम्ति गुमाउनेले त्यो बचाउनेछ।
मत्ती 16 : 24
24 तब येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “कोही मेरो पछि आउने इच्छा गर्दछ भने, उसले आफूलाई इन्कार गरोस् र आफ्नो क्रूस उठाएर मेरो पछि लागोस्।
मर्कूस 8 : 35
35 किनकि जसले आफ्नो प्राण बचाउने इच्छा गर्दछ, त्यसले त्यो गुमाउनेछ, तर मेरो र सुसमाचारको निम्ति आफ्नो प्राण गुमाउनेले त्यो बचाउनेछ।
लूका 9 : 26
26 तर कोही मदेखि र मेरा वचनदेखि शर्माउँछ भने मानिसको पुत्र पनि आफ्नो महिमामा, र पिताको र पवित्र दूतगणको महिमामा आउँदा त्यससँग शर्माउनेछ।
लूका 14 : 27
27 जुन व्यक्ति आफ्नो क्रूस बोकेर मेरो पछि लाग्दैन, त्यो मेरो चेला हुन सक्दैन।
मत्ती 10 : 37
37 “जसले मलाई भन्दा बढ़ी आफ्ना बुबा वा आमालाई प्रेम गर्दछ, त्यो मेरो योग्यको हुँदैन। जसले मलाई भन्दा बढ़ी आफ्ना छोरा वा छोरीलाई प्रेम गर्दछ, त्यो मेरो योग्यको हुँदैन।
लूका 14 : 26
26 “यदि कोही मकहाँ आउँछ, र आफ्ना बुबा, आमा, पत्नी, छोरा-छोरीहरू र दाजुभाइ, दिदी-बहिनीहरूलाई र आफ्नै प्राणलाई समेत तुच्छ ठान्दैन भने, त्यो मेरो चेला हुन सक्दैन।
रोमी 7 : 24
24 हाय, म कस्तो दुःखी मानिस! यस मृत्युको शरीरबाट मलाई कसले छुटाउला?
१ कोरिन्थी 9 : 27
27 तर म आफ्नो शरीरलाई कठोरतासाथ सधाउँछु, र यसलाई वशमा राख्तछु, नत्रता अरूहरूलाई प्रचार गरेपछि म आफैचाहिँ अयोग्य ठहरिनेछु।
Leave a Reply