यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् mormons
गलाती 1 : 8
8 हामीले प्रचार गरेका सुसमाचारको विपरीत हामीले वा स्वर्गबाट आउने दूतले नै प्रचार गर्यो भने पनि त्यो व्यक्ति श्रापित होस्।
२ कोरिन्थी 11 : 4
4 किनकि यदि कुनै व्यक्ति आएर हामीले प्रचार गरेका भन्दा अर्कै येशूलाई प्रचार गर्यो भने, अथवा तिमीहरूले पाएका आत्माभन्दा अर्कै आत्मा तिमीहरूले ग्रहण गर्यौ भने, वा तिमीहरूले पाएका सुसमाचारभन्दा अर्कै कुनै सुसमाचार ग्रहण गर्यौ भने, तिमीहरू यी सबका सामु सजिलै झुक्दारहेछौ।
यूहन्ना 14 : 6
6 येशूले तिनलाई भन्नुभयो, “बाटो, सत्य र जीवन म नै हुँ। मद्वारा बाहेक कोही पनि पिताकहाँ आउन सक्दैन।
कलस्सी 2 : 8
8 ध्यान देओ, कि कसैले दर्शनशास्त्र र खोक्रो छलद्वारा तिमीहरूलाई शिकार नबनाओस्, जो ख्रीष्टकाअनुसार होइनन्, तर मानिसको परम्परा र विश्वका आधारभूत सिद्धान्तहरूमाथि अड़िएका हुन्छन्।
प्रकाश 22 : 18 – 19
18 यस पुस्तकको अगमवाणीका वचन सुन्ने हरेक मानिसलाई म चेताउनी दिन्छु: यदि कसैले तिनमा थप्यो भने यस पुस्तकमा लेखिएका विपत्तिहरू परमेश्वरले त्यसमाथि थपिदिनुहुनेछ।
19 अनि कसैले यस अगमवाणीको पुस्तकका वचनबाट केही घटायो भने, यस पुस्तकमा लेखिएका जीवनको वृक्ष र पवित्र सहरबाट त्यसले पाउने हिस्सा परमेश्वरले त्यसबाट खोस्नुहुनेछ।
यशैया 44 : 6
6 “इस्राएलका महाराजा र उद्धारक र सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ: पहिलो र पछिल्लो म नै हुँ। मबाहेक अरू परमेश्वर छैन।
Leave a Reply