यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् leviathan
यशैया 27 : 1
1 त्यस दिन परमप्रभुले आफ्नो डरलाग्दो, शक्तिशाली र ठूलो तरवारले त्यो सुल्कने सर्प, लिव्यातन्, त्यो गुँडुली बस्ने सर्पलाई दण्ड दिनुहुनेछ। उहाँले समुद्रको विशाल अजिङ्गरलाई मार्नुहुनेछ।
अय्यूब 41 : 1 – 34
1 के तैंले बल्छीले लिव्यातन्लाई [1] तान्न सक्छस्? अथवा त्यसको जिब्रोमा पासोको डोरी लगाउन सक्छस्?
2 के तैंले त्यसको नाक छेड़ेर डोरी लगाउन सक्छस्? अथवा त्यसको च्यापु बल्छीले छेड्न सक्छ?
3 के दयाको लागि त्यसले तँसित बिन्ती गर्छ? अथवा आफ्नो निम्ति त्यसले तँसित नम्र सोरमा भिक्षा माग्छ?
4 तेरो जीवनभरि नै तेरो कमारा हुनलाई के त्यसले तँसित बाचा बाँध्छ र?
5 चरालाई पालेकोझैँ के तँ त्यसलाई पाल्न सक्छस्? अथवा तेरा कमारीहरूका निम्ति त्यसलाई डोरीले बाँधेर राख्न सक्छस्?
6 के व्यापारीहरूले त्यसको निम्ति भाउ कसाकस गर्छन् र? अथवा व्यापारीहरूले त्यसलाई भाग-भाग गर्छन् र?
7 के तैंले त्यसको छालामा भालाले अथवा त्यसको टाउकोलाई माछा मार्ने भालाले रोप्न सक्छस्?
8 यदि तैंले आफ्नो हात त्यसको विरुद्धमा उठाइस् भने, त्यससित लड़ाइँ गर्दा भोग्नुपर्ने कठिनाइहरू तैंले सम्झिनेछस् र फेरि कहिल्यै त्यसो गर्ने छैनस्?
9 त्यसलाई अधीनमा ल्याउने आशा झूट हो, त्यसको हेराइले मात्र पनि हताश पार्छ,
10 त्यसलाई जगाउन सक्ने कोही पनि त्यो भन्दा भयानक छैन, उसो भए मेरो सामु उभिन सक्ने को छ त?
11 मैले तिर्नु पर्छ भन्ने मेरो विरुद्धमा कसको दाबी छ? स्वर्गमुनिका सबै थोक मेरा नै हुन्।
12 “त्यसका अङ्गहरू, त्यसको बल, र त्यसको आकारको सौन्दर्यको विषयमा भन्न म चुक्नेछैन।
13 त्यसको बाहिरको पोशाकलाई कसले उतार्न सक्छ? अथवा लगाम लिएर को नजिक जान सक्ला?
14 कसले त्यसको मुखका ढोकाहरू उघार्न साहस गर्ला? किनभने त्यसका दाँतका लहरहरू डरलाग्दा हुन्छन्।
15 दर्शन-ढुङ्गाको पर्खालले घेरिएको जस्तै ढालका लहर टम्म जोड़ेर राखेको जस्तै त्यसको ढाड़ हुन्छ।
16 त्यो एउटामाथि अर्को खापाखाप भएर रहेको हुन्छ र हावा पनि त्यसको बीचबाट छिर्न सक्दैन।
17 ती एक-अर्कासँग यस्तो प्रकारले टाँसिएर बसेका हुन्छन् कि तिनीहरू कसै गरेर पनि छुट्टिन सक्दैनन्।
18 त्यसले छिउँ काढ्दा ज्वाला निकाल्छ, र त्यसका आँखा सूर्योदयजस्तै चम्कन्छन्।
19 त्यसको मुखबाट राँको र झिल्काहरू धाराजस्तै निस्कन्छन्।
20 पूरा दाउराको आगोमाथि उम्लदै गरेको कराही राखेझैँ त्यसका नाकका प्वालबाट धूवाँ निस्कन्छ।
21 त्यसको सासले झन् कोइलालाई बालिदिन्छ, र त्यसको मुखबाट आगोको ज्वाला चम्कन्छ।
22 त्यसको घिच्रोमा बल भरिएको हुन्छ, आपद् त्यसको अघि-अघि जान्छ
23 त्यसको मासु बटारिएको हुन्छ, केही कुराले थिचिए तापनि त्यो दबिदैन।
24 त्यसको छाती ढुङ्गाजस्तै कड़ा हुन्छ, जाँतोको तल्लो पाटाझैँ त्यो दृढ़ हुन्छ।
25 त्यो खड़ा हुँदा वीर मानिसहरू पनि डराउँछन्, त्यसको हमलामा तिनीहरू पछि हट्छन्।
26 तरवार अथवा भाला, चुपी वा बर्छाले त्यसलाई घोच्यो भने पनि त्यसको केही असर हुँदैन।
27 फलामलाई त त्यसले परालजस्तै ठान्छ, वा काँसा त्यसको निम्ति कुहेको काठझैँ हुन्छ।
28 कुनै पनि काँड़ले त्यसलाई भगाउन सक्दैन, घुयेँत्रोको ढुङ्गा त्यसको लागि भुसजस्तै हुन्छ।
29 मुङ्ग्रो त्यसको निम्ति निगालोजस्तो मात्र हुन्छ, बर्छा चलाउँदा ता त्यो हाँसिदिन्छ।
30 त्यसका नङ्ग्रा तिखा-तिखा खपटाजस्तै छन्, त्यो हिँड्दा हिलोलाई दाउने दाँदेझैँ यताउता घोल्छ!
31 त्यसले गहिरो पानीलाई कराहीको पानीजस्तै उमाल्छ, र भाँड़ामा मलहम घोलेझैँ त्यसले समुद्रलाई घोल्छ।
32 त्यो हिँड्दा त्यसले आफूपछि झल्किने दाग छोड़िराख्छ, महानदीको सेतो केश भएजस्तै लाग्छ?
33 पृथ्वीमा त्यसको बराबरी कोही छैन, किनभने त्यो ता डरविनाको प्राणी हो।
34 त्यसले सबै हठीहरूलाई तुच्छ दृष्टिले हेर्छ, त्यो त सबै घमण्डीहरूको राजा हो।”
भजनसंग्रह 104 : 26
26 त्यहाँ जहाजहरू यताउता जान्छन्। त्यहाँ लिव्यातन् जन्तु पनि छ, जसलाई तपाईंले त्यहाँ खेल्नलाई रच्नुभयो।
भजनसंग्रह 74 : 14
14 तपाईंले लिव्यातन् जल-पशुका शिरहरू चूरचूर पार्नुभयो, र तपाईंले त्यसलाई वनपशुहरूका आहारको निम्ति दिनुभयो।
अय्यूब 41 : 1
1 के तैंले बल्छीले लिव्यातन्लाई [1] तान्न सक्छस्? अथवा त्यसको जिब्रोमा पासोको डोरी लगाउन सक्छस्?
अय्यूब 3 : 8
8 जसले दिनहरूलाई सराप्छ त्यस दिनलाई सरापोस् जो लिव्यातन्लाई उठाउन तयार छ।
प्रकाश 20 : 2
2 तिनले त्यो अजिङ्गर, त्यो प्राचीन सर्प, जो दियाबलस वा शैतान हो, त्यसलाई पक्रे, अनि एक हजार वर्षका निम्ति बाँधेर राखे।
भजनसंग्रह 18 : 8
8 उहाँको नाकबाट धूवाँ निस्क्यो, र भस्मकारी अग्नि उहाँको मुखबाट निस्क्यो, जलिरहेको आगोको भुङ्ग्रो त्यसभित्र दन्क्यो।
भजनसंग्रह 74 : 13 – 14
13 तपाईं नै हुनुहुन्छ जसले आफ्नो शक्तिले समुद्रलाई विभक्त गर्नुभयो, तपाईंले समुद्रको ठूलो जलचरका टाउकोहरू चूर्ण पार्नुभयो।
14 तपाईंले लिव्यातन् जल-पशुका शिरहरू चूरचूर पार्नुभयो, र तपाईंले त्यसलाई वनपशुहरूका आहारको निम्ति दिनुभयो।
अय्यूब 41 : 18
18 त्यसले छिउँ काढ्दा ज्वाला निकाल्छ, र त्यसका आँखा सूर्योदयजस्तै चम्कन्छन्।
अय्यूब 40 : 15 – 24
15 “मैले तँसँगै बनाएको बहेमोथलाई [1] विचार गर्, जसले गाईबस्तुहरूले झैँ घाँस निल्छ।
16 त्यसको कम्मर कस्तो बलियो हुन्छ! त्यसको पेटको मांसपेशीमा कस्तो शक्ति हुन्छ!
17 त्यसको पुच्छर देवदारुको रूखझैँ कड़ा हुन्छ, त्यसका तिघ्राका नसाहरू खूब कसिएका हुन्छन्।
18 त्यसका हड्डीहरू काँसाका नलीहरूजस्तै हुन्छन्, र त्यसका हात-खुट्टाहरू फलामका आग्लाजस्तै हुन्छन्।
19 परमेश्वरको कार्यहरूमा त्यो सबैभन्दा मुख्य छ, यद्यपि त्यसका सृष्टिकर्ता आफ्नो तरवार लिएर त्यसको नजिक जान सक्छन्।
20 डाँड़ाहरूले आफ्ना उत्पादन त्यसकहाँ ल्याउँछन् र सबै जङ्गली जनावरहरू त्यसका वरिपरि खेल्छन्।
21 त्यो कमलको बोटमुनि बस्छ, काँसघारी र सिमसारहरूमा त्यो लुकिरहन्छ।
22 कमलले त्यसलाई आफ्ना छायामुनि लुकाइराख्छ, खोलाका लहरे-पीपलहरूले त्यसलाई घेरिराख्छन्।
23 नदी उर्लेर आयो भने पनि त्यो डराउँदैन, समुद्रमा भल बढ़ेर आयो भने पनि त्यो लमतन्न पस्रिरहन्छ।
24 के कुनै मानिसले त्यसका आँखाद्वारा त्यसलाई पक्रन सक्छ? अथवा पासो थापेर त्यसको नाक छेड्न सक्छ?”
प्रकाश 13 : 1
1 समुद्रबाट एउटा पशु निस्किआएको मैले देखें, जसका दश वटा सीङ र सात वटा शिर थिए। त्यसका सीङमा दश वटा मुकुट थिए, र त्यसका शिरमा ईश्वर-निन्दाको नाउँ थिए।
अय्यूब 41 : 32
32 त्यो हिँड्दा त्यसले आफूपछि झल्किने दाग छोड़िराख्छ, महानदीको सेतो केश भएजस्तै लाग्छ?
अय्यूब 41 : 31
31 त्यसले गहिरो पानीलाई कराहीको पानीजस्तै उमाल्छ, र भाँड़ामा मलहम घोलेझैँ त्यसले समुद्रलाई घोल्छ।
अय्यूब 41 : 30
30 त्यसका नङ्ग्रा तिखा-तिखा खपटाजस्तै छन्, त्यो हिँड्दा हिलोलाई दाउने दाँदेझैँ यताउता घोल्छ!
अय्यूब 40 : 21 – 23
21 त्यो कमलको बोटमुनि बस्छ, काँसघारी र सिमसारहरूमा त्यो लुकिरहन्छ।
22 कमलले त्यसलाई आफ्ना छायामुनि लुकाइराख्छ, खोलाका लहरे-पीपलहरूले त्यसलाई घेरिराख्छन्।
23 नदी उर्लेर आयो भने पनि त्यो डराउँदैन, समुद्रमा भल बढ़ेर आयो भने पनि त्यो लमतन्न पस्रिरहन्छ।
भजनसंग्रह 74 : 13
13 तपाईं नै हुनुहुन्छ जसले आफ्नो शक्तिले समुद्रलाई विभक्त गर्नुभयो, तपाईंले समुद्रको ठूलो जलचरका टाउकोहरू चूर्ण पार्नुभयो।
उत्पत्ति 1 : 21
21 यसैले समुद्रका विशाल जलचरहरू, पानीहरूमा भरिएर चलहल गर्ने किसिम-किसिमका सबै जीवित प्राणीहरू र जात-जातका पखेटा भएका सबै पक्षीहरू परमेश्वरले सृष्टि गर्नुभयो। अनि परमेश्वरले हेर्नुभयो, त्यो असल थियो।
Leave a Reply