यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् illuminati षडयन्त्र
यशैया 8 : 12 – 13
12 “जुन कुरालाई यी मानिसहरू षड्यन्त्र भन्छन्, त्यसलाई तैंले षड्यन्त्र नभन्, र जे कुरादेखि तिनीहरू डराउँछन् त्यसदेखि तँ नडरा, त्यसदेखि भयभीत नहो।
13 सर्वशक्तिमान् परमप्रभुलाई नै तैंले पवित्र ठान्नू, र उहाँकै भय तैंले मान्नू, उहाँसँग नै तँ डराउनू।
प्रकाश 13 : 1 – 18
1 समुद्रबाट एउटा पशु निस्किआएको मैले देखें, जसका दश वटा सीङ र सात वटा शिर थिए। त्यसका सीङमा दश वटा मुकुट थिए, र त्यसका शिरमा ईश्वर-निन्दाको नाउँ थिए।
2 मैले देखेको त्यो पशु चितुवाजस्तै थियो, त्यसका खुट्टाहरू भालूका जस्ता थिए, र त्यसको मुख सिंहको जस्तो थियो। त्यस अजिङ्गरले त्यस पशुलाई आफ्नो शक्ति, आफ्नो सिंहासन र ठूलो अधिकार दियो।
3 त्यसको एउटा शिरमा चाहिँ घातक चोट लागेको जस्तो देखिन्थ्यो, तर त्यसको चोट निको भयो। अनि सारा पृथ्वी छक्क परेर त्यस पशुको पछिपछि लाग्यो।
4 मानिसहरूले अजिङ्गरको पूजा गर्दथे, किनकि त्यसले आफ्नो अधिकार पशुलाई दिएको थियो। तिनीहरूले यसो भन्दै पशुको पूजा गरे, “यो पशुजस्तो अरू को छ? यसको विरुद्धमा को लड्न सक्ने?”
5 त्यसलाई अहङ्कारी र ईश्वर-निन्दक शब्दहरू उच्चारण गर्ने मुख दिइयो। त्यसलाई बयालीस महिनासम्म अधिकार चलाउने अनुमति दिइयो।
6 परमेश्वरको विरुद्धमा निन्दा गर्न, उहाँको नाउँ र उहाँको वासस्थान, र स्वर्गमा बस्नेहरूसमेत सबैको निन्दा गर्नलाई त्यसले आफ्नो मुख खोल्यो।
7 अनि त्यसलाई सन्तहरूसँग लड़ाइँ गर्न र तिनीहरूलाई जित्न अनुमति दिइयो। सबै कुलहरू, मानिसहरू, भाषाहरू र जातिहरूमाथि त्यसलाई अधिकार दिइयो।
8 र पृथ्वीमा वास गर्ने सबैले त्यस पशुको पूजा गर्नेछन्, अर्थात् तिनीहरूले, जसको नाउँ संसारको सृष्टिदेखि नै मारिनुभएका थुमाका जीवनको पुस्तकमा लेखिएको छैन।
9 जसको कान छ त्यसले सुनोस्—
10 कैदमा जानुपर्ने कैदमा नै जानेछ, तरवारले मारिनेचाहिँ तरवारले नै मारिनेछ। सन्तहरूको सहनशीलता र विश्वास यसैमा छ।
11 अनि पृथ्वीबाट निस्किरहेको अर्को एउटा पशु मैले देखें। त्यसको पनि थुमाका जस्तै दुई वटा सीङ थिए, र अजिङ्गरजस्तै त्यो बोल्दथ्यो।
12 त्यसले पहिलो पशुको उपस्थितिमा त्यही पशुको सारा अधिकार चलाउँदथ्यो, र पृथ्वी र त्यसका सम्पूर्ण बासिन्दाहरूलाई पहिलो पशुको पूजा गर्न लाउँथ्यो, जसको घातक चोट निको भएको थियो।
13 मानिसका आँखाको अगि आकाशबाट पृथ्वीमा आगो झार्नेजस्ता ठूला-ठूला चिन्हहरू पनि त्यसले गर्यो।
14 पहिलो पशुको उपस्थितिमा जुन चमत्कार देखाउने शक्ति त्यसलाई दिइएको थियो, त्यहीद्वारा त्यसले पृथ्वीका बासिन्दाहरूलाई बहकायो। तरवारको चोट खाएर पनि जीवित भएको त्यस पहिलो पशुको सम्मानमा एउटा मूर्ति बनाउने हुकुम त्यसले तिनीहरूलाई दियो।
15 त्यस पहिलो पशुको मूर्तिमा सास हालिदिने अनुमति त्यसलाई दिइयो, यस हेतुले कि पशुको त्यो मूर्ति बोल्न सकोस्, र त्यस पशुको मूर्तिलाई नपुज्नेहरू मारिऊन्।
16 अनि त्यसले साना र ठूला, धनी र गरीब, फुक्का र कमारा सबैलाई तिनीहरूका दाहिने हात वा निधारमा छाप लगाउन लायो।
17 त्यो छाप नभईकन कसैले पनि किनमेल गर्न नपाउने भयो। त्यो छापचाहिँ त्यस पशुको नाउँ वा त्यसका नाउँको संख्या हो।
18 बुद्धिमत्ता यसैमा छ: जसको समझ छ, त्यसले त्यस पशुको संख्या जोडोस्, किनकि त्यो कुनै मानिसको संख्या हो, र यो संख्याचाहिँ छ सय छयसट्ठी हो।
यहूदा 1 : 4
4 किनकि धेरै अघिदेखि नै दण्डका भागीदार ठहरिएका कोही-कोही मानिसहरू गुप्त रूपले तिमीहरूका माझमा पसिसकेका छन्। यिनीहरू ईश्वरहीन मानिसहरू हुन्, जसले हाम्रा परमेश्वरको अनुग्रहलाई विलासितामा परिणत गरेका छन्, र हाम्रा एकमात्र स्वामी र प्रभु, येशू ख्रीष्टलाई इन्कार गर्छन्।
दानिएल 7 : 24
24 दश सीङहरू त्यस राज्यबाट आएका दश राजाहरू हुन्। त्यसपछि पहिलेको भन्दा फरक, अर्को राजा खड़ा हुनेछ। उसले तीन राजाहरूलाई दबाउनेछ।
प्रकाश 14 : 1 – 20
1 अनि मैले हेरें, र सियोन डाँड़ामा थुमा खड़ा हुनुभएको मैले देखें। उहाँको साथमा एक लाख चवालीस हजार थिए, जसका निधारमा उहाँको नाउँ र उहाँका पिताको नाउँ लेखिएका थिए।
2 अनि धेरै पानीहरूको आवाजजस्तै, र ठूलो गर्जनको आवाजजस्तो स्वर्गबाट आएको एउटा सोर मैले सुनें। मैले सुनेको त्यो सोर वीणा बजाउनेहरूले बजाइरहेका वीणाको सोरजस्तो थियो।
3 सिंहासनको र ती चार जीवित प्राणीहरूका र धर्म-गुरुहरूका अगाडि तिनीहरूले एउटा नयाँ गीत गाउँदथे। पृथ्वीबाट मोल तिरी छुटाएका एक लाख चवालीस हजारले बाहेक कसैले त्यो गीत सिक्न सक्दैनथ्यो।
4 तिनीहरू स्त्रीसँग लसपस भएका थिएनन्, र आफूलाई चोखो राखेका थिए। थुमा जता-जता जानुहुन्छ उहाँको पछिपछि लाग्नेहरू यिनीहरू नै हुन्। परमेश्वर र थुमाको निम्ति पहिलो फलको रूपमा मानिसहरूका बीचबाट यिनीहरू मोल तिरी छुटाइएका थिए।
5 तिनीहरूका मुखमा कुनै झूट पाइएन, तिनीहरू निष्खोट छन्।
6 अनि अर्को स्वर्गदूतलाई मध्य आकाशमा उड़िरहेका मैले देखें। पृथ्वीमा रहने हरेक जाति, कुल, भाषा र मानिसलाई घोषणा गर्ने अनन्त सुसमाचार तिनीसँग थियो।
7 तिनले चर्को सोरमा भने, “परमेश्वरसँग डराओ, र उहाँलाई महिमा देओ। किनकि उहाँका इन्साफको घड़ी आएको छ। स्वर्ग, पृथ्वी, समुद्र र पानीका मूलहरू बनाउनुहुनेलाई दण्डवत् गर।”
8 अनि एउटा अर्को स्वर्गदूत, अर्थात् दोस्राचाहिँ यसो भन्दै पछिपछि लागे, “पतन भयो! जाति-जातिलाई आफ्नो व्यभिचारका क्रोधको मद्य पिउन लाउने महान् बेबिलोनको पतन भयो।”
9 त्यसपछि तेस्रा स्वर्गदूत चर्को सोरले यसो भन्दै तिनीहरूका पछि आए, “यदि कुनै मानिसले त्यो पशु र त्यसको मूर्तिलाई पुज्यो र निधार वा हातमा त्यसको छाप लियो भने,
10 त्यसले पनि उहाँका क्रोधको कचौरामा केही नमिसाई तयार गरिएको परमेश्वरका क्रोधको कड़ा मद्य पिउनेछ, र पवित्र स्वर्गदूतहरू र थुमाको सामुन्ने आगो र गन्धकमा त्यसलाई यातना दिइनेछ।
11 तिनीहरूका यातनाको धूवाँ सदासर्वदा मास्तिर गइरहनेछ। तिनीहरू यी नै हुन् जसले त्यो पशु र त्यसको मूर्तिलाई पूजा गर्छन्, र त्यसका नाउँको छाप लिन्छन्। तिनीहरूले दिनरात कहिल्यै पनि आराम पाउनेछैनन्।”
12 परमेश्वरका आज्ञाहरू पालन गर्ने र येशूमाथि विश्वास राख्ने सन्तहरूको धैर्य धारण यसैमा छ।
13 अनि स्वर्गबाट आएको यस्तो आवाज मैले सुनें, “यो लेख: अब उप्रान्त प्रभुमा मर्नेहरू धन्यका हुन्।” आत्मा भन्नुहुन्छ, “हो, तिनीहरूले आ-आफ्ना परिश्रमबाट आराम पाउनेछन्, किनकि तिनीहरूका काम तिनीहरूका पछि लाग्नेछन्।”
14 अनि मैले हेरें, र एउटा सेतो बादल र त्यसमाथि बस्नुभएको मानिसको पुत्रजस्तो एक जनालाई देखें, जसको शिरमा सुनको मुकुट थियो र हातमा एउटा धारिलो हँसिया थियो।
15 अर्को एउटा स्वर्गदूत मन्दिरबाट बाहिर आए, र बादलमाथि बस्नुहुनेलाई चर्को सोरले भने, “तपाईंको हँसिया लिनुहोस्, र कटनी गर्नुहोस्, किनकि कटनीको समय आएको छ, किनभने पृथ्वीको बाली पूरै पाकिसकेको छ।”
16 यसरी बादलमाथि बस्नुहुनेले आफ्नो हँसिया पृथ्वीमाथि चलाउनुभयो, अनि पृथ्वीको कटनी भयो।
17 अनि स्वर्गमा भएको मन्दिरबाट एउटा अर्को स्वर्गदूत बाहिर आए। तिनीसँग पनि एउटा धारिलो हँसिया थियो।
18 तब वेदीबाट अर्को स्वर्गदूत आए, जसको आगोमाथि शक्ति थियो। धारिलो हँसिया लिनेलाई चर्को सोरले तिनले भने, “तिम्रो धारिलो हँसिया चलाऊ, र पृथ्वीका अंगूरका झुप्पाहरू जम्मा गर, किनकि पृथ्वीका अंगूर पूरै पाकिसकेका छन्।”
19 ती स्वर्गदूतले आफ्नो हँसिया पृथ्वीमा चलाए, र पृथ्वीका अंगूरको फसल जम्मा गरे, र त्यसलाई परमेश्वरका क्रोधको ठूलो दाख-कुण्डमा फालिदिए।
20 सहर बाहिरको दाख-कुण्डमा ती अंगूर कुल्चिए, दाख-कुण्डबाट रगत निस्किबग्यो। त्यो रगत घोडाको लगामसम्म पुग्ने गरी गहिरो थियो, र तीन सय किलोमिटरसम्म फैलिएको थियो।
दानिएल 11 : 37
37 आफ्ना पिता-पुर्खाहरूका देवहरू वा स्त्रीहरूले रुचाएका देवको पनि उसले वास्ता गर्नेछैन, न त उसले कुनै पनि देवको वास्ता गर्छ, तर त्यसले आफैलाई ती सबैभन्दामाथि उचाल्नेछ।
दानिएल 9 : 24 – 27
24 “तिम्रो जाति र तिम्रो पवित्र सहरको निम्ति अपराध खतम पार्न, पाप समाप्त गर्न, दुष्टताको लागि प्रायश्चित गर्न, अनन्त धार्मिकता ल्याउन, दर्शन र अगमवाणीलाई मोहोर लगाएर बन्द गर्न र महापवित्रस्थानलाई अभिषेक गर्न सत्तरी ‘सातहरू’ [2] को आदेश तोकिएको छ।
25 “यो जान र बुझ, यरूशलेमको पुनर्स्थापन र पुनर्निर्माण गर्न यो आदेश जारी गरेको समयदेखि अभिषिक्त जन, अर्थात् एक शासक नआउञ्जेलसम्म सात ‘सातहरू’ र बयसट्ठी ‘सातहरू’ हुनेछन्। गल्ली र सुरुङहरूसहित यसको पुनर्निर्माण हुनेछ, तर दु:खको समयमा।
26 बयसट्ठी ‘सातहरू’ पछि ती अभिषिक्त जन हटाइनेछन् र तिनीसँग केही पनि रहनेछैन। शासकका मानिसहरू आएर त्यस सहर र पवित्रस्थानलाई विनाश गर्नेछन्। अन्त बाढ़ीझैँ आउनेछ: लड़ाइँ अन्तसम्म रहनेछ, र उजाड़ अवस्थाहरूको आदेश जारी भएको छ।
27 धेरै जनासित एक ‘सात’ [3] को लागि तिनले एउटा करारको सदर गर्नेछन्। ‘सात’ को बीचमा तिनले बलिदान र भेटीलाई समाप्त गर्नेछन्। अनि मन्दिरको एक भागमा तिनले विनाशकारी घृणित थोक खड़ा गर्नेछन्, जबसम्म तिनीमाथि आदेश गरिएको अन्त खन्याइनेछैन।”
यूहन्ना 3 : 16 – 17
16 “किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस्, तर त्यसले अनन्त जीवन पाओस्।
17 किनकि परमेश्वरले संसारलाई दोषी ठहराउन भनी पुत्रलाई संसारमा पठाउनुभएन, तर संसार उहाँद्वारा बाँचोस् भनेर पठाउनुभयो।
यशैया 1 : 1 – 31
1 यहूदाका राजाहरू, उज्जियाह, योताम, आहाज र हिजकियाका शासनकालमा यहूदा र यरूशलेमको विषयमा आमोजका छोरा यशैयाले देखेका दर्शन।
2 हे आकाश, सुन्! हे पृथ्वी, कान थाप्! किनकि परमप्रभुले भन्नुभएको छ, “मैले छोराछोरीहरूलाई पालनपोषण गरेर हुर्काएँ, तर तिनीहरू मेरो विरुद्धमा अटेरी भएका छन्।
3 गोरुले आफ्नो मालिक चिन्छ, र गधाले आफ्नो स्वामीको डूँड़ चिन्छ, तर इस्राएलले चिन्दैन, मेरा मानिसहरूले बुझ्दैनन्।”
4 हाय, पापी जाति, दोषले लादिएका मानिसहरू, दुष्ट काम गर्नेहरूका बच्चा, भ्रष्टाचार गर्नेहरूका सन्तान। तिनीहरूले परमप्रभुलाई त्यागेका छन्, तिनीहरूले इस्राएलका परमपवित्रलाई हेला गरेका छन्, र उहाँतिर आफ्नो पिठिउँ फर्काएका छन्।
5 तिमीहरूले किन अझै पिटाइ खानुपर्छ? किन तिमीहरू अझै अटेरी बनिरहन्छौ? तिमीहरूका सारा शिरमा चोट लागेको छ, र सारा हृदय पीडित भएको छ।
6 पैतालादेखि टुपीसम्मै चोट नभएको कहीँ छैन। चोटैचोट, डामहरू र खुल्ला घाउहरू मात्र छन्। ती न त सफा गरिएका न बाँधिएका, न तेलले नरम बनाइएका छन्।
7 तिमीहरूको देश उजाड़ छ। तिमीहरूका सहरहरू आगोले डढ़ाइएका छन्। तिमीहरूको जमिन तिमीहरूकै सामुन्ने विदेशीहरूले नाङ्गो पारिरहेछन्, परदेशीहरूले नाश पारेझैँ त्यो उजाड़ पारिएको छ।
8 सियोनकी छोरीचाहिँ दाखबारीको छाप्रोजस्तै, खरबूजाको मचानजस्तै र घेरिएको सहरजस्तै भएकी छ।
9 यदि सर्वशक्तिमान् परमप्रभुले हाम्रा निम्ति केही बाँचेकाहरू नछोड्नुभएको भए त हामी सदोमजस्तै हुनेथियौं, हामी गमोराजस्तै हुनेथियौं।
10 हे सदोमका शासकहरू हो, परमप्रभुको वचन सुन! हे गमोराका मानिस हो, हाम्रा परमेश्वरको कानून ध्यान दिएर सुन!
11 परमप्रभु भन्नुहुन्छ, “तिमीहरूका बलिदानहरूको थुप्रो मेरो निम्ति के काम लाग्छ? म त भेड़ाहरूका होमबलि र पालेका मोटा पशुहरूका बोसोका होमबलिदेखि अघाएको छु। साँढ़े, थुमा र बोकाहरूको रगतदेखि म प्रसन्न हुन्नँ।
12 जब तिमीहरू मसँग भेट्नलाई आउँछौ, तिमीहरूले चढ़ाएका यी थोकहरू कसले चाहन्छ र? मेरा आँगनहरू खुट्टाले कुल्चीमिल्ची गर्न कसले तिमीहरूलाई भनेको छ र?
13 व्यर्थका बलिहरू नल्याओ। तिमीहरूको धूप त मेरो निम्ति घिनलाग्दो छ। औंसी, शबाथ, र सभाहरूका साथसाथै तिमीहरूका दुष्ट जमघटहरू म सहन सक्दिनँ।
14 तिमीहरूका औंसीका दिनहरू र ठहराएका चाड़हरूलाई मेरो हृदयले घृणा गर्छ। ती त मेरो निम्ति भार भएका छन्। ती बोक्दा-बोक्दा म थाकेको छु।
15 तिमीहरूले प्रार्थनामा आफ्ना हात पसार्दा, म मेरा आँखा तिमीहरूदेखि छोप्नेछु। तिमीहरूले ज्यादै प्रार्थना गर्दा पनि म सुन्नेछैनँ। तिमीहरूका हात रगतले भरिएका छन्।
16 आफूलाई धोएर चोखो पार। मेरो नजरबाट तिमीहरूका दुष्ट कामहरू फालिदेओ! खराबी गर्न छोड़।
17 भलाइ गर्न सिक! न्याय खोज, अत्याचारमा परेकाहरूलाई प्रोत्साहन देओ, टुहुरा-टुहुरीको रक्षा गर, विधवाको पक्षमा बोलिदेओ।
18 परमप्रभु भन्नुहुन्छ, “अब आओ, हामी सँगसँगै बसेर आफ्ना कुराको छलफल गरौं। तिमीहरूका पापहरू सिन्दूरे रङ्गका भए तापनि ती हिउँजस्तै सेता हुनेछन्। गाढ़ा राता रङ्गका भए तापनि ती ऊनजस्तै हुनेछन्।
19 यदि तिमीहरू राजी र आज्ञाकारी भयौ भने, तिमीहरूले यस देशका असल-असल कुरा खान पाउनेछौ।
20 तर तिमीहरू इन्कार गर्छौ र अटेरी हुन्छौ भने, तिमीहरू तरवारले काटिनेछौ।” किनकि परमप्रभुकै मुखले यो कुरा भन्नुभएको हो।
21 हेर त, विश्वासयोग्य सहर कसरी एउटी वेश्या भई त! उहिले त्यो न्यायले पूर्ण थियो। त्यसमा धार्मिकताले वास गर्थ्यो, तर अब त त्यो हत्याराहरूले भरिएको छ!
22 तेरो चाँदी मैला भएको छ, तेरो दाखमद्यमा पानी मिसाइएको छ।
23 तेरा शासकहरू अटेरी, र चोरहरूका साथी भएका छन्। तिनीहरू सबैलाई घूस मन पर्छ, र उपहारको पछि दौड़न्छन्। तिनीहरू टुहुरा-टुहरीहरूको पक्ष लिँदैनन्। विधवाहरूको उजूर तिनीहरूकहाँ पुग्दैन।
24 यसैकारण प्रभु, सर्वशक्तिमान् परमप्रभु, इस्राएलका शक्तिशाली परमपवित्र भन्नुहुन्छ, “मेरा दुश्मनहरूदेखि म मुक्त हुनेछु, र मेरा शत्रुहरूसित साटो लिनेछु।
25 मेरो हात तेरो विरुद्धमा फर्काउनेछु, तेरो मैला जम्मै फालिदिनेछु, र तेरा सबै अशुद्धता हटाइदिनेछु।
26 म तेरा न्यायकर्ताहरूलाई पहिलेको जस्तै, र तेरा सल्लाहकारहरूलाई सुरुमा जस्तै फेरि नियुक्त गर्नेछु। त्यसपछि तँ धार्मिकताको सहर र विश्वासयोग्य सहर कहलाइनेछस्।”
27 न्यायसित सियोनको छुटकारा हुनेछ, र पश्चात्ताप गर्ने त्यहाँका बासिन्दाहरूको छुटकारा धार्मिकतासित हुनेछ।
28 तर अटेरीहरू र पापीहरू दुवै एकसाथ टुक्रिनेछन्, र परमप्रभुलाई त्याग्नेहरूचाहिँ नष्ट हुनेछन्।
29 “तिमीहरूले अति प्रसन्न गरेका पवित्र फलाँटका रूखहरूको कारण तिमीहरू शर्ममा पर्नेछौ, र तिमीहरूले चुनेका बगैँचाहरूको कारण तिमीहरू लज्जित हुनेछौ।
30 पात ओइलाइसकेको फलाँटको रूख र पानी नभएको बगैँचाजस्तै तिमीहरू हुनेछौ।
31 शक्तिशाली मानिसचाहिँ सनपाटका धुस्नुजस्तै, र त्यसको काम आगोको झिल्काजस्तै हुनेछ। ती दुवै एकैसाथ जल्नेछन्, र कसैले त्यस आगोलाई निभाउनेछैन।”
हितोपदेश 22 : 24 – 25
24 गरम मिजासको मानिसलाई मित्र नबना, सितिमिति रिसाउने मानिससँग सङ्गत नगर्,
25 नत्रता त्यसको चाल तैंले सिक्लास्, र आफै पासोमा पर्लास्।
प्रकाश 1 : 1 – 20
1 येशू ख्रीष्टको प्रकाश, जो परमेश्वरले चाँड़ै हुन आउने कुराहरू आफ्ना सेवकहरूलाई देखाउन उहाँलाई दिनुभयो। उहाँले आफ्नो दूत पठाउनुभएर यो कुरा आफ्नो सेवक यूहन्नालाई प्रकट गरिदिनुभयो।
2 यूहन्नाले देखेका सबै कुराहरूको, अर्थात् परमेश्वरको वचन र येशू ख्रीष्टको साक्षीको गवाही दिए।
3 त्यो धन्य हो, जसले अगमवाणीका यी वचनहरू उच्च स्वरले पाठ गर्दछ, र धन्य हुन् तिनीहरू, जसले सुन्दछन् र त्यहाँ लेखिएका कुरा पालन गर्दछन्, किनकि समय नजिक छ।
4 यूहन्नाबाट एशियामा भएका सात वटा मण्डलीहरूलाई: [1] उहाँबाट तिमीहरूलाई अनुग्रह र शान्ति, जो हुनुहुन्छ, जो हुनुहुन्थ्यो, जो आउनुहुनेछ, र उहाँको सिंहासन अगि रहनुहुने सात आत्माबाट,
5 विश्वासयोग्य साक्षी येशू ख्रीष्टदेखि, मृतकबाट प्रथम जीवित हुनुभएको, तथा पृथ्वीका राजाहरूका शासकको तर्फबाट। हामीलाई प्रेम गर्नुहुने र आफ्नो रगतले हामीलाई हाम्रा पापबाट स्वतन्त्र पार्नुहुनेलाई,
6 हामीलाई एउटा राज्य, उहाँका पिता र परमेश्वरका पूजाहारीहरू तुल्याउनुहुने, उहाँलाई महिमा र पराक्रम सदासर्वदा होस्। आमेन।
7 हेर, उहाँ बादलहरूसाथ आउँदैहुनुहुन्छ, र हरेक आँखाले उहाँलाई देख्नेछ। तिनीहरूले पनि, जसले उहाँलाई घोचे, र पृथ्वीका सबै कुलहरूले उहाँको कारण विलाप गर्नेछन्। यसै होस्। आमेन।
8 “अल्फा र ओमेगा म नै हुँ,” सर्वशक्तिमान् परमप्रभु परमेश्वर भन्नुहुन्छ, जो हुनुहुन्छ, जो हुनुहुन्थ्यो र जो आउनुहुनेछ।
9 म यूहन्ना, तिमीहरूका दाजु, तिमीहरूका साथसाथै येशूमा भएका कष्ट, राज्य र सहनशीलतामा सहभागी छु। परमेश्वरको वचन र येशू ख्रीष्टको गवाहीको खातिर म पत्मोस भन्ने टापूमा थिएँ।
10 प्रभुको दिनमा म आत्मामा थिएँ, र तुरहीको जस्तो एउटा चर्को आवाज मेरो पछाडि यसो भनिरहेको मैले सुनें,
11 “तिमी जे देख्तछौ, सो एउटा पुस्तकमा लेख, र सातै वटा मण्डलीलाई पठाऊ, अर्थात् एफिसस, स्मुर्ना, पर्गामम, थिआटीरा, सार्डिस, फिलाडेल्फिया र लाउडिकियालाई।”
12 मसँग बोल्नेलाई हेरौं भनेर म पछि फर्के। फर्केर हेर्दा सात वटा सुनका सामदान
13 र सामदानहरूका माझमा मानिसको पुत्रजस्तै पाउसम्मै पोशाक लाउनुभएको र छातीमा सुनौला चौडा फित्ता लाउनुभएको एक जनालाई मैले देखें।
14 उहाँका शिर र केश ऊनजस्तो सेता र हिउँजस्तै सेता, र उहाँका आँखा आगोका ज्वालाजस्तै थिए।
15 उहाँका पाउहरू आगोको भट्टीमा खारेर टल्काएका काँसाजस्ता थिए, र उहाँको सोरचाहिँ उर्लिंदो पानीहरूको आवाजजस्तै थियो।
16 उहाँको दाहिने बाहुलीले सात वटा ताराहरू पक्रिराखेको थियो, र उहाँको मुखबाट धारिलो दुईधारे तरवार निस्केको थियो। उहाँको मुहारचाहिँ पूरा तेजमा चम्केको सूर्यजस्तै थियो।
17 जब मैले उहाँलाई देखें, तब म मरेतुल्य भएर उहाँका पाउमा परें। तर उहाँले आफ्नो दाहिने बाहुली यसो भनेर ममाथि राख्नुभयो, “नडराऊ, आदि र अन्त्य
18 र जीवितचाहिँ म नै हुँ। म मरेको थिएँ। हेर, म सदासर्वदाको निम्ति जीवित छु, अनि मृत्यु र पातालका साँचाहरू मसित छन्।
19 यसकारण तिमीले जे देख्छौ, र जे छ र यसपछि जे हुन आउनेछ, लेख।
20 मेरो दाहिने हातमा तिमीले देखेका यी सात तारा र सुनका यी सात सामदानको रहस्य यो हो: सात तारा सात मण्डलीका स्वर्गदूतहरू र सात वटा सामदानचाहिँ सात मण्डलीहरू हुन्।”
भजनसंग्रह 109 : 1 – 31
1 सङ्गीत-निर्देशकको निम्ति दाऊदको भजन [1] हे परमेश्वर, जसको म प्रशंसा गर्छु, मौन नबस्नुहोस्।
2 किनकि दुष्ट र कपटपूर्ण मानिसहरूले मेरो विरुद्धमा आफ्ना मुख खोलेका छन्, तिनीहरूले मेरो विषयमा झूटो बोल्ने जिब्राले बोलेका छन्।
3 घृणास्पद शब्दले तिनीहरूले मलाई घेरेका छन्, अनि विनाकारण तिनीहरू ममाथि आक्रमण गर्छन्।
4 मेरो मित्रताको साटो तिनीहरू मलाई दोष दिन्छन्, तर म त प्रार्थना गर्ने मानिस हुँ।
5 तिनीहरूले मेरो भलाइको साटो खराबी गर्छन्, र मेरो मित्रताको साटो घृणा।
6 कुनै दुष्ट मानिसलाई त्यसको विरोध गर्न नियुक्त गर्नुहोस्, र त्यसलाई दोष लाउने मानिस त्यसको दाहिनेपट्टि खड़ा हुन दिनुहोस्।
7 त्यसको इन्साफ हुँदा त्यो दोषी ठहरिओस्, र त्यसका प्रार्थनाले नै त्यसलाई दण्ड मिलोस्।
8 त्यसको आयु अल्प होस्, र त्यसको पद अर्कोले खोसोस्।
9 त्यसका छोरा-छोरीहरू पितृहीन होऊन्, र त्यसकी पत्नी विधवा होस्।
10 त्यसका छोरा-छोरीहरू भीख माग्ने होऊन्, तिनीहरूले वास गरेका उजाड-घरहरूबाट तिनीहरू धपाइऊन्।
11 त्यससँग भएका सबै सम्पत्ति साहूले जफत गरोस्, र त्यसको परिश्रमका फलहरू पराईहरूले लुटून्।
12 त्यसमाथि दया गर्ने कोही पनि नहोस्, न त त्यसका पितृहीन छोराछोरीमाथि टिठाउने कोही होस्।
13 त्यसका सन्तान-दरसन्तान बहिष्कृत होऊन्, अनि आउने पुस्तामा तिनीहरूका नाउँ पनि मेटिऊन्।
14 त्यसका पिता-पुर्खाको अधर्म परमप्रभुको समक्ष सम्झना होस्, र त्यसकी आमाको पाप कहिल्यै नमेटिओस्।
15 तिनीहरूका पाप निरन्तर परमप्रभुको सामु रहून्, र उहाँले तिनीहरूको स्मृति पृथ्वीबाट मेटिदेऊन्।
16 किनभने त्यसले कहिले पनि कृपा देखाउन विचार गरेन, तर दु:खी र दरिद्र मानिसहरू र चूर्ण हृदय भएकाहरूलाई मृत्युसम्मै त्यसले खेदो गरेको थियो।
17 त्यसले सराप दिन मन पराउँथ्यो— त्यो सराप त्यहीमाथि आइपरोस्। त्यसले आशिष् दिन रुचाएन— त्यसबाट पनि आशिष् टाढ़ै रहोस्।
18 त्यसले वस्त्र धारण गरेजस्तै सराप धारण गर्यो। सराप त्यसको पेटमा पानीजस्तै भरियो, र तेलजस्तै त्यसका हड्डीहरूमा प्रवेश गर्यो।
19 सराप त्यसको लागि वस्त्रजस्तै होस्, र यो त्यसको कमरमा निरन्तर बाँधिने पटुकाजस्तै होस्।
20 मलाई दोष लाउनेहरू र मेरा विरुद्धमा दुष्ट कुरा बोल्नेहरूलाई परमप्रभुले यस्तै पुरस्कार देऊन्।
21 तर हे परमप्रभु परमेश्वर, तपाईंका नाउँको खातिर मसँग दयाको व्यवहार गर्नुहोस्, र मलाई छुटाउनुहोस्।
22 किनभने म दरिद्र र दु:खी छु, र मेरो हृदय मभित्र घायल छ।
23 म बेलुकीको छायाजस्तै विलोप हुन्छु, सलह झैं म टकटक्याइएर फालिएको छु।
24 उपवास बस्दा-बस्दा मेरा घुँड़ाहरू निर्बल भएका छन्, र मेरो शरीर दुब्लो र सुकेको छ।
25 मलाई अभियोग लाउनेहरूको दृष्टिमा म तिरस्कारको पात्र भएको छु, तिनीहरूले मलाई देख्दा मुन्टो हल्लाउँछन्।
26 हे परमप्रभु मेरा परमेश्वर, मलाई सहायता गर्नुहोस्, तपाईंको करुणाअनुसार मलाई बचाउनुहोस्।
27 यो तपाईंको हात हो भनी तिनीहरूले जानून्, र हे परमप्रभु, तपाईंले नै यो गर्नुभएको हो भनी तिनीहरूले बुझून्।
28 तिनीहरूले सराप्न सक्छन्, तर तपाईंले आशिष् दिनुहुनेछ। तिनीहरूले आक्रमण गर्दा तिनीहरू शर्ममा पर्नेछन्, तर तपाईंको दास हर्षित हुनेछ।
29 मलाई दोष लाउनेहरूले अपमानको वस्त्र लाएका हुनेछन्, र आफ्नो शर्मको खास्टोले ढाकेका हुनेछन्।
30 म मेरो मुखले परमप्रभुमा धेरै प्रशंसा चढ़ाउनेछु, धेरै भीड़का बीचमा म उहाँको स्तुति गर्नेछु।
31 किनभने उहाँ दरिद्रको दाहिने हाततर्फ खड़ा हुनुहुन्छ, र त्यसलाई दण्ड दिन चाहनेको हातबाट उहाँले त्यसलाई बचाउनुहुन्छ।
प्रकाश 2 : 15
15 यसरी नै तिमीकहाँ निकोलाइटसहरूका शिक्षा पालन गर्नेहरू पनि कति जना छन्।
याकूब 4 : 4
4 व्यभिचारी मानिस हो, संसारसँगको मित्रता परमेश्वरसँगको शत्रुता हो भन्ने कुरा के तिमीहरूलाई थाहा छैन? यसकारण जो संसारसँग मित्र हुन चाहन्छ त्यसले आफैलाई परमेश्वरको शत्रु बनाउँछ।
Leave a Reply