यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् illuminati
मर्कूस 13 : 22
22 किनभने झूटा ख्रीष्टहरू र झूटा अगमवक्ताहरू खड़ा हुनेछन्, अनि सम्भव भए, चुनिएकाहरूलाई भ्रममा पार्न तिनीहरूले चिन्हहरू र आश्चर्यका कामहरू गर्नेछन्।
प्रकाश 16 : 14
14 तिनीहरू चमत्कार देखाउने दुष्टात्माहरू हुन्। तिनीहरू समस्त संसारका राजाहरूकहाँ जाँदछन्, र सर्वशक्तिमान् परमेश्वरको महान् दिनमा युद्ध गर्नलाई तिनीहरूलाई भेला गर्छन्।
यहूदा 1 : 4
4 किनकि धेरै अघिदेखि नै दण्डका भागीदार ठहरिएका कोही-कोही मानिसहरू गुप्त रूपले तिमीहरूका माझमा पसिसकेका छन्। यिनीहरू ईश्वरहीन मानिसहरू हुन्, जसले हाम्रा परमेश्वरको अनुग्रहलाई विलासितामा परिणत गरेका छन्, र हाम्रा एकमात्र स्वामी र प्रभु, येशू ख्रीष्टलाई इन्कार गर्छन्।
एफिसी 6 : 12
12 किनकि हामीहरूको युद्ध शरीर र रगतको विरुद्ध होइन, तर प्रधानताहरूका विरुद्ध, शक्तिहरूका विरुद्ध, वर्तमान अन्धकारका सांसारिक शासकहरूका विरुद्ध र स्वर्गीय स्थानहरूमा भएका दुष्ट्याइँका आत्मिक सेनाहरूका विरुद्ध हो।
१ यूहन्ना 5 : 19
19 हामी जान्दछौं, हामी परमेश्वरका हौं, र सारा संसार त्यस दुष्टको अधीनमा परेको छ।
२ कोरिन्थी 10 : 3 – 5
3 किनभने हामी संसारका हौं, तापनि सांसारिक लड़ाइँ त लड्दैनौं।
4 किनकि हाम्रो युद्धका अस्त्र-शस्त्र सांसारिक होइनन्, तर किल्लाहरू नाश गर्ने ईश्वरीय सामर्थ्य तिनमा छ।
5 परमेश्वरका ज्ञानको विरुद्धमा खड़ा हुने बहसहरू र हरेक अहङ्कारपूर्ण बाधालाई हामी नाश गर्छौं, र हरेक विचारलाई ख्रीष्टको आज्ञापालन गर्नलाई वशमा पार्छौं।
यूहन्ना 14 : 6
6 येशूले तिनलाई भन्नुभयो, “बाटो, सत्य र जीवन म नै हुँ। मद्वारा बाहेक कोही पनि पिताकहाँ आउन सक्दैन।
प्रकाश 3 : 9
9 हेर, शैतानको सभाघरका यहूदी नभए तापनि यहूदी हौं भनी झूटा बोल्नेहरूलाई म आएर तिम्रा चरणमा ढोग्न लाउनेछु र तिमीलाई म प्रेम गर्दछु भन्ने तिनीहरूलाई बुझाइदिनेछु।
एफिसी 5 : 11
11 अन्धकारका निष्फल कार्यहरूमा भाग नलेओ, बरु तिनलाई प्रकट गरिदेओ।
मत्ती 4 : 8 – 9
8 फेरि दियाबलसले उहाँलाई एउटा अल्गो पर्वतमा लगेर संसारका सबै राज्य र तिनको वैभव उहाँलाई देखायो,
9 र उहाँलाई भन्यो, “तपाईंले घोप्टेर मलाई दण्डवत् गर्नुभयो भने, यी सबै थोक म तपाईंलाई दिनेछु।”
मर्कूस 7 : 7
7 तिनीहरू व्यर्थमा मेरो उपासना गर्दछन्, तर तिनीहरूका शिक्षा मानिसहरूले सिकाएका विधि मात्र हुन्।’
यूहन्ना 8 : 31 – 32
31 येशूले आफूमाथि विश्वास गर्ने यहूदीहरूलाई भन्नुभयो, “तिमीहरू मेरो वचनमा रह्यौ भने तिमीहरू साँच्चै मेरा चेला हौ।
32 तब तिमीहरूले सत्य के हो सो जान्नेछौ, र सत्यले तिमीहरूलाई स्वतन्त्र तुल्याउनेछ।”
१ यूहन्ना 2 : 4
4 जसले “म उहाँलाई चिन्छु” भन्छ, तर उहाँका आज्ञाहरू उल्लङ्घन गर्छ, त्यो झूटो हो, र त्यसमा सत्य छैन।
हितोपदेश 3 : 5 – 6
5 आफ्नो सारा हृदयले परमेश्वरमा भरोसा राख्, र तेरो आफ्नै समझशक्तिमा भर नपर्
6 आफ्ना सारा मार्गमा उहाँलाई सम्झी, र उहाँले तेरा मार्गहरू सोझा तुल्याइदिनुहुनेछ।
१ पत्रुस 5 : 7 – 8
7 तिमीहरूका सारा फिक्री उहाँलाई सुम्पिदेओ, किनकि उहाँले तिमीहरूको वास्ता गर्नुहुन्छ।
8 सचेत रहो, जागा रहो, तिमीहरूको शत्रु दियाबलस कसलाई भेट्टाऊँ र खाइहाँलू भनी गर्जने सिंहझैँ खोजिहिँड्छ।
भजनसंग्रह 97 : 10
10 परमप्रभुलाई प्रेम गर्ने सबैले खराबीलाई घृणा गरून्। किनकि उहाँले आफ्ना भक्तजनहरूको प्राण रक्षा गर्नुहुन्छ, र दुष्टहरूका हातबाट तिनीहरूलाई छुटाउनुहुन्छ।
लूका 6 : 46
46 “मैले भनेका कुरा गर्दैनौ भने किन मलाई ‘प्रभु, प्रभु,’ भन्दछौ?
यूहन्ना 12 : 48
48 मलाई इन्कार गर्ने र मेरा वाणी ग्रहण नगर्नेको लागि एक जना न्यायाधीश छन्। जो वचन मैले बोलें त्यसैले अन्त्यको दिनमा त्यसको न्याय गर्नेछ।
प्रकाश 11 : 6 – 7
6 तिनीहरूले अगमवाणी बोलेका दिनहरूमा पानी नपरोस् भनी आकाश बन्द गर्ने तिनीहरूसित शक्ति छ, र पानीहरूलाई रगत तुल्याउने र तिनीहरूलाई इच्छा लागेको बेलामा पृथ्वीमा हरकिसिमका विपत्ति ल्याउने तिनीहरूसित शक्ति छ।
7 तिनीहरूले आफ्नो गवाहीको काम सिद्ध्याइसकेपछि अतल कुण्डबाट निस्किआउने त्यस पशुले तिनीहरूसँग लड़ाइँ गरी तिनीहरूलाई जितेर मार्नेछ।
Leave a Reply