यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् Iconoclasm
प्रस्थान 23 : 24
24 उनीहरूका देवताहरूलाई नढोग, पूजा नगर, र उनीहरूका रीतिअनुसार नगर, तर उनीहरूलाई बिलकुलै नाश गर, र उनीहरूका चोखा ढुङ्गाहरूलाई टुक्रा-टुक्रा पार।
प्रस्थान 34 : 13
13 उनीहरूका वेदीहरू भत्काइदिनू। उनीहरूका चोखा ढुङ्गाहरू टुक्रा-टुक्रा पारिदिनू, र उनीहरूका अशेरा देवीका मूर्तिहरूलाई काटेर ढालिदिनू।
गन्ती 33 : 52
52 तब तिमीहरूले त्यस देशका बासिन्दाहरू सबैलाई त्यहाँबाट धपाइदिनू, र उनीहरूका खोपिएका प्रतिमाहरू र ढलौटे मूर्तिहरू सबै नष्ट पारिदिनू। उनीहरूका डाँड़ाका थानहरू भत्काइदिनू।
व्यवस्था 7 : 5
5 तिमीहरूले उनीहरूसित यस्तो वर्ताव गर्नू: उनीहरूका वेदी भत्काइदिनू, उनीहरूका चोखा ढुङ्गाहरू टुक्रै-टुक्रा पारिदिनू, उनीहरूका अशेरा देवीका खम्बाहरू काटेर ढालिदिनू, र उनीहरूका मूर्तिहरू आगोमा जलाइदिनू।
व्यवस्था 7 : 26
26 तिमीहरूले कुनै घृणित कुरो आफ्नो घरमा नल्याउनू, नत्रता तिमीहरू पनि त्योजस्तै नाशको लागि अलग गरिनेछौ। तिमीहरूले त्यसलाई एकदमै तिरस्कार र घृणा गर्नू, किनकि त्यो नाशको लागि अलग गरिएको हो।
व्यवस्था 12 : 4
4 तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको आराधना उनीहरूको पाराले नगर्नू।
न्यायकर्ताहरू 2 : 2
2 तिमीहरूले पनि यस देशका बासिन्दाहरूसँग करार नबाँध्नू। तिमीहरूले उनीहरूका वेदीहरू भत्काइदिनू’। तर तिमीहरूले मेरो आज्ञापालन गरेनौ। हेर, तिमीहरूले के गर्यौ?
यर्मिया 50 : 2
2 “जाति-जातिहरूका बीचमा यो कुराको सूचना दे, र घोषणा गर्। झन्डा खड़ा गरेर घोषणा गर्, केही कुरा नलुका, तर भन्, ‘बेबिलोन लिइनेछ, बेल लाजमा पारिनेछ, मरोदक त्रासले भरिनेछ। त्यसका प्रतिमाहरू लाजमा पारिनेछन्, त्यसका मूर्तिहरू पनि त्रासले भरिनेछन्।’
उत्पत्ति 35 : 4
4 यसकारण तिनीहरूले आफू-आफूसित भएका विदेशी देवताहरू र आफ्ना कानमा भएका कुण्डलहरू याकूबलाई दिए र याकूबले शकेमको नजिकै भएको फलाँटको रूखमुनि ती गाड़िदिए।
प्रस्थान 32 : 20
20 तब तिनीहरूले बनाएको त्यो बाछो लिएर तिनले आगोमा जलाइदिए, र त्यसलाई धूलोपीठो पारेर पानीमा छरिदिए। अनि तिनले इस्राएलीहरूलाई त्यो पिउन लाए।
न्यायकर्ताहरू 6 : 32
32 त्यस दिन उनीहरूले गिदोनको नाउँ यसो भनेर यरूब-बाल [1] राखिदिए, “यस मानिसको विरुद्धमा बाल आफै लड़ोस्, किनभने त्यसको वेदी यसैले भत्काइदिएको छ।”
२ शमूएल 5 : 21
21 पलिश्तीहरूले आफ्ना मूर्तिहरू त्यहीँ छोड़े, अनि दाऊद र तिनका मानिसहरूले ती लगे।
१ इतिहास 14 : 12
12 पलिश्तीहरूले त्यहाँ आफ्ना देवताहरू छोड़ेका थिए, र दाऊदले ती जलाइदिन भनी हुकुम दिए।
२ राजाहरू 10 : 28
28 यसरी येहूले इस्राएलमा बालको पूजालाई खतम गरिदिए।
२ राजाहरू 11 : 18
18 देशका सबै मानिसहरू बालको मन्दिरमा गए र त्यो भत्काइदिए। तिनीहरूले त्यसका वेदीहरू र मूर्तिहरूलाई टुक्रा-टुक्रा पारे, र बालको पूजाहारी मत्तानलाई वेदीहरूका अगि मारे। तब यहोयादा पूजाहारीले परमप्रभुको मन्दिरमा पहरादारहरू नियुक्त गरे।
२ राजाहरू 18 : 6
6 तिनी परमप्रभुका भक्त भइरहे, र उहाँको पछि लाग्न छोड़ेनन्। परमप्रभुले मोशालाई दिनुभएका आज्ञाहरू तिनले पालन गरे।
२ राजाहरू 23 : 20
20 त्यहाँका अल्गा-अल्गा ठाउँहरूका सबै पूजाहारीहरूलाई योशियाहले वेदीहरूमाथि मारे, र ती वेदीहरूमा तिनले मानिसहरूका हड्डी जलाए। त्यसपछि तिनी यरूशलेममा फर्के।
२ इतिहास 14 : 5
5 तिनले यहूदाका सबै सहरहरूमा भएका अल्गा थानहरू र धूप बाल्ने वेदीहरू पनि हटाइदिए। तिनको शासनमुनि देशले शान्ति पायो।
२ इतिहास 15 : 16
16 आसा राजाले आफ्नी बज्यै माकालाई पनि राजमाताको पदबाट हटाइदिए, किनभने अशेरा देवीको घिनलाग्दो मूर्ति तिनले राखेकी थिइन्। आसाले त्यो काटेर ढालिदिए, र त्यसलाई धूलोपीठो पारेर किद्रोन खोल्सामा जलाइदिए।
२ इतिहास 17 : 6
6 परमप्रभुका मार्गमा हिँड्न तिनी गर्व गर्थे। यसबाहेक तिनले यहूदाबाट डाँड़ाका थानहरू र अशेरा देवीका मूर्तिहरू हटाइदिए।
२ इतिहास 19 : 3
3 तापनि तपाईंमा केही असल कुरो छ, किनभने तपाईंले अशेरा देवीका मूर्तिहरूलाई देशबाट हटाइदिनुभएको छ, र परमप्रभुलाई खोज्न तपाईंले मन लाउनुभएको छ।”
Leave a Reply