Hadadezer

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् Hadadezer

२ शमूएल 8 : 13
13 नूनको उपत्‍यकामा अठार हजार एदोमीहरूलाई मारेर दाऊदले ठूलो नाउँ कमाए।

२ शमूएल 10 : 19
19 जब हददेजेरका अधीनमा भएका सबै राजाहरूले हामी त इस्राएलद्वारा परास्‍त भएका छौं भनी देखे, तब उनीहरूले सन्‍धि गर्न मागे, र इस्राएलीहरूको अधीनता स्‍वीकार गरे। त्‍यसपछि अरामीहरूले अम्‍मोनीहरूलाई फेरि कहिल्‍यै सहायता दिने आँट गरेनन्‌।

१ राजाहरू 11 : 23
23 अनि परमेश्‍वरले सोलोमनको विरुद्धमा अर्को एक जना विरोधी खड़ा गर्नुभयो, अर्थात्‌ एल्‍यादाका छोरा रेसोन, जो आफ्‍ना मालिक सोबाका राजा हददेजेरबाट भागेर गएका थिए।

१ इतिहास 18 : 10
10 तब दाऊदले हददेजेरलाई लड़ाइँमा जितेको कारण तिनलाई अभिवादन र बधाई दिन उनले आफ्‍ना छोरा हदोरमलाई दाऊद राजाकहाँ पठाए, किनभने हददेजेर र तोऊका बीचमा युद्ध चलेको थियो। हदोरमले आफूसँग सुन, चाँदी र काँसका सबै किसिमका भाँड़ाहरू ल्‍याए।

१ इतिहास 19 : 19
19 हददेजेरका मानिसहरूले आफूलाई इस्राएलीहरूले परास्‍त गरेका देखेर सन्‍धिको निम्‍ति बिन्‍ती चढ़ाए, र दाऊदकहाँ आत्‍मसमर्पण गरे। यसकारण अरामीहरू फेरि कहिल्‍यै अम्‍मोनीहरूलाई सहायता दिनलाई राजी भएनन्‌।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *