elohim

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् elohim

उत्‍पत्ति 1 : 26
26 अनि परमेश्‍वरले भन्‍नुभयो, “मानिसलाई आफ्‍नै स्‍वरूपमा, हाम्रै प्रतिरूपमा बनाऔं। तिनीहरूले समुद्रका माछाहरू, आकाशका पक्षीहरू, पाल्तु पशुहरू र जमिनमा चलहल गर्ने सबै जन्‍तुहरूमाथि अधिकार गरून्‌।”

उत्‍पत्ति 1 : 1
1 आदिमा परमेश्‍वरले आकाशमण्डल र पृथ्‍वी सृष्‍टि गर्नुभयो।

व्यवस्था 6 : 4
4 हे इस्राएल, सुन, परमप्रभु हाम्रा परमेश्‍वर एउटै परमप्रभु हुनुहुन्‍छ।

भजनसंग्रह 2 : 7
7 परमप्रभुको यो आदेश म घोषणा गर्नेछु, उहाँले मलाई भन्‍नुभयो, ‘तिमी मेरा पुत्र हौ, आज मैले तिमीलाई जन्‍माएको छु।’

१ कोरिन्थी 8 : 6
6 तर हाम्रा निम्‍ति त एउटै परमेश्‍वर पिता हुनुहुन्‍छ, जसबाट सबै थोक हुन आए, अनि उहाँकै निम्‍ति हामी जिउँदछौं— हाम्रा निम्‍ति एउटै प्रभु, येशू ख्रीष्‍ट हुनुहुन्‍छ, जसद्वारा सबै कुरा हुन आए, र जसद्वारा हामी जिउँदछौं।

भजनसंग्रह 110 : 1
1 दाऊदको भजन [1] परमप्रभुले मेरा प्रभुलाई भन्‍नुहुन्‍छ, “तिमी मेरो दाहिने हातपट्टि बस, जबसम्‍म म तिम्रा शत्रुहरूलाई तिम्रा खुट्टाको पाउदान तुल्‍याउँदिनँ।”

यशैया 9 : 6
6 किनभने हाम्रा निम्‍ति एक जना बालकको जन्‍म भएको छ। हाम्रा निम्‍ति एक जना छोरो दिइएको छ। शासन उहाँको काँधमा हुनेछ। उहाँ अचम्‍मका सल्‍लाहकार, शक्तिशाली परमेश्‍वर, अनन्‍तका पिता, शान्‍तिका राजकुमार कहलाइनुहुनेछ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *