यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् ecumenism
गलाती 3 : 28
28 अब न त यहूदी छ न ग्रीक, न कमारा छ न फुक्का, न त पुरुष न स्त्री छ, किनभने ख्रीष्ट येशूमा तिमीहरू सबै एउटै हौ।
लूका 11 : 23
23 “जो मेरो पक्षमा छैन, त्यो मेरो विरुद्धमा हुन्छ, र जसले मसँग बटुल्दैन, त्यसले छरपष्ट पार्छ।
यूहन्ना 17 : 20 – 23
20 “म यिनीहरूका निम्ति मात्र प्रार्थना गर्दिनँ, तर यिनीहरूका सन्देशद्वारा ममाथि विश्वास गर्नेहरूका निम्ति पनि प्रार्थना गर्छु,
21 कि तिनीहरू सबै एक होऊन्। हे पिता, जसरी तपाईं ममा हुनुहुन्छ, र म तपाईंमा, त्यसरी तिनीहरू पनि हामीमा होऊन्, र तपाईंले मलाई पठाउनुभयो भनी संसारले विश्वास गरोस्।
22 जुन महिमा तपाईंले मलाई दिनुभएको छ, मैले तिनीहरूलाई दिएको छु, ताकि हामी एक भएझैँ तिनीहरू पनि एक होऊन्।
23 म तिनीहरूमा, अनि तपाईं ममा, र तिनीहरू पूर्ण रूपले एक होऊन्, र तपाईंले मलाई पठाउनुभएको हो, अनि मलाई प्रेम गर्नुभएजस्तो तपाईंले तिनीहरूलाई पनि प्रेम गर्नुभयो भनी संसारले जानोस्।
एफिसी 2 : 22
22 अनि पवित्र आत्मामा परमेश्वरको वासस्थान हुनलाई तिमीहरू पनि उहाँमा एकसाथ निर्माण हुँदैजान्छौ।
मत्ती 6 : 24
24 “कसैले दुई मालिकको सेवा गर्न सक्दैन। किनभने त्यसले एउटालाई घृणा गर्नेछ र अर्कालाई प्रेम गर्नेछ। अथवा त्यसले एउटाप्रति भक्ति राख्नेछ, र अर्कालाई त्यसले तुच्छ ठान्नेछ। तिमीहरूले परमेश्वर र धनको सेवा गर्न सक्दैनौ।
एफिसी 5 : 11
11 अन्धकारका निष्फल कार्यहरूमा भाग नलेओ, बरु तिनलाई प्रकट गरिदेओ।
२ कोरिन्थी 6 : 14 – 18
14 अविश्वासीहरूसँग एउटै जुवामा ननारिओ। किनकि धर्म र अधर्मको के साझेदारी हुन्छ? अथवा अँध्यारोसँग उज्यालोको के सहभागिता?
15 ख्रीष्टको बेलिआलसँग के सरोकार? वा विश्वास गर्नेको विश्वास नगर्नेसित के समानता?
16 मूर्तिहरूसँग परमेश्वरको मन्दिरको के सम्झौता? किनभने हामी जीवित परमेश्वरका मन्दिर हौं, जसरी परमेश्वरले भन्नुभएको छ, “म तिनीहरूमा वास गर्नेछु, र तिनीहरूका बीचमा हिँड्डुल गर्नेछु, र म तिनीहरूका परमेश्वर हुनेछु, अनि तिनीहरू मेरा प्रजा हुनेछन्”
17 “यसकारण तिनीहरूका बीचबाट निस्केर आओ, र तिनीहरूबाट तिमीहरू अलग होओ, परमप्रभु भन्नुहुन्छ। अशुद्ध कुरा केही नछोओ, र म तिमीहरूलाई ग्रहण गर्नेछु।
18 म तिमीहरूका पिता हुनेछु, र तिमीहरू मेरा छोरा-छोरीहरू हुनेछौ, सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ।”
याकूब 4 : 4
4 व्यभिचारी मानिस हो, संसारसँगको मित्रता परमेश्वरसँगको शत्रुता हो भन्ने कुरा के तिमीहरूलाई थाहा छैन? यसकारण जो संसारसँग मित्र हुन चाहन्छ त्यसले आफैलाई परमेश्वरको शत्रु बनाउँछ।
कलस्सी 2 : 8
8 ध्यान देओ, कि कसैले दर्शनशास्त्र र खोक्रो छलद्वारा तिमीहरूलाई शिकार नबनाओस्, जो ख्रीष्टकाअनुसार होइनन्, तर मानिसको परम्परा र विश्वका आधारभूत सिद्धान्तहरूमाथि अड़िएका हुन्छन्।
१ यूहन्ना 2 : 22
22 झूटो को हो? झूटो त्यो हो, जसले येशू नै ख्रीष्ट हुनुहुन्छ भन्ने कुरा इन्कार गर्दछ। पिता र पुत्रलाई जसले इन्कार गर्छ, ख्रीष्ट विरोधी त्यही हो।
२ थेसलोनिकी 3 : 6
6 अब भाइ हो, हाम्रा प्रभु येशू ख्रीष्टको नाउँमा हामी तिमीहरूलाई आज्ञा दिन्छौं, कि हामीबाट तिमीहरूले पाएका शिक्षामा नचल्ने हरेक अल्छे भाइबाट अलग बस।
गलाती 1 : 9 – 11
9 हामीले अघिदेखि नै भनेजस्तै म फेरि अहिले पनि भन्दछु, तिमीहरूले जुन सुसमाचार ग्रहण गरेका छौ, त्यसको विपरीत अरू कसैले तिमीहरूलाई प्रचार गर्दछ भने, त्यो श्रापित होस्।
10 के म मानिसहरूको निगाह खोज्दैछु, कि परमेश्वरको? अथवा के मैले मानिसहरूलाई खुशी पार्न खोज्दैछु? यदि मैले अझै मानिसहरूलाई खुशी पार्न कोसिस गरेको भए म ख्रीष्टको दास हुनेथिइनँ।
11 भाइ हो, तिमीहरूले यो जान भन्ने म चाहन्छु, कि मैले प्रचार गरेको सुसमाचार मानिसको सुसमाचार होइन।
प्रकाश 13 : 8
8 र पृथ्वीमा वास गर्ने सबैले त्यस पशुको पूजा गर्नेछन्, अर्थात् तिनीहरूले, जसको नाउँ संसारको सृष्टिदेखि नै मारिनुभएका थुमाका जीवनको पुस्तकमा लेखिएको छैन।
प्रकाश 18 : 2
2 तिनले यसो भनेर शक्तिशाली सोरले कराए: “महानगरी बेबिलोनको पतन भयो, यो महानगरी भूतहरूको वासस्थान, हरेक अशुद्ध आत्मा, र हरेक अशुद्ध तथा घृणित पक्षीको अखड़ा भएको छ।
मत्ती 28 : 18 – 20
18 तब येशू तिनीहरूकहाँ आएर भन्नुभयो, “स्वर्ग र पृथ्वीमा समस्त अधिकार मलाई दिइएको छ।
19 यसकारण जाओ, र सबै देशका जातिहरूलाई चेला बनाओ, पिता र पुत्र र पवित्र आत्माको नाउँमा तिनीहरूलाई बप्तिस्मा देओ,
20 मैले तिमीहरूलाई आज्ञा गरेका सबै कुरा पालन गर्न तिनीहरूलाई सिकाओ। हेर, म युगको अन्त्यसम्म सधैँ तिमीहरूका साथमा छु।”
१ राजाहरू 18 : 21
21 एलियाले मानिसहरूका अगि आएर भने, “तिमीहरू कहिलेसम्म दोधारमा बसिरहन्छौ? यदि परमप्रभु नै परमेश्वर हुनुहुन्छ भने उहाँलाई पछ्याओ। तर यदि बाल परमेश्वर हो भने त्यसलाई पछ्याओ।” तर मानिसहरूले केही भनेनन्।
यर्मिया 25 : 4 – 7
4 परमप्रभुले आफ्ना सबै दास, अगमवक्ताहरूलाई यसो भनी घरीघरी पठाउनुभए तापनि तिमीहरूले सुनेनौ, अथवा तिमीहरूले ध्यान दिएनौ।
5 तिनीहरूले भने, “तिमीहरू हरेक आफ्नो खराब चाल र खराब व्यवहारदेखि फर्क, र परमप्रभुले तिमीहरू र तिमीहरूका पिता-पुर्खाहरूलाई सदासर्वदाको लागि दिनुभएको देशमा बस्न पाउँछौ।
6 पराई देवताहरूका सेवा र पूजा गर्नलाई तिनीहरूका पछि नलाग। तिमीहरूका हातले बनाएका कामबाट मलाई रीस नउठाओ। तब म तिमीहरूको केही नोक्सानी गर्नेछैनँ।”
7 “तर तिमीहरूले मेरो कुरामा ध्यानै दिएनौ, तर तिमीहरूका आफ्नै हातको कामद्वारा मलाई रीस उठाएका छौ, र तिमीहरूले आफैमाथि नोक्सानी ल्याएका छौ,” परमप्रभु भन्नुहुन्छ।
मत्ती 28 : 19 – 20
19 यसकारण जाओ, र सबै देशका जातिहरूलाई चेला बनाओ, पिता र पुत्र र पवित्र आत्माको नाउँमा तिनीहरूलाई बप्तिस्मा देओ,
20 मैले तिमीहरूलाई आज्ञा गरेका सबै कुरा पालन गर्न तिनीहरूलाई सिकाओ। हेर, म युगको अन्त्यसम्म सधैँ तिमीहरूका साथमा छु।”
२ राजाहरू 17 : 38 – 41
38 मैले तिमीहरूसित बाँधेको करारलाई नभुल्नू, र तिमीहरूले अरू देवताहरूको उपासना नगर्नू।
39 बरु परमप्रभु तिमीहरूका परमेश्वरको मात्र उपासना गर्नू। उहाँले नै तिमीहरूलाई तिमीहरूका सबै शत्रुहरूका हातबाट छुटकारा दिनुहुनेछ।”
40 तापनि तिनीहरूले सुन्न मानेनन्, र आफ्ना अगाड़िका व्यवहारमा हिँड़िरहे।
41 परमप्रभुको उपासना गर्दागर्दै पनि तिनीहरूले आफ्नै मूर्तिहरूको सेवा गरिरहे। आजको दिनसम्मै तिनीहरूका छोराछोरीहरू र नाति-नातिनाहरू आफ्ना पिता-पुर्खाहरूका चालमा हिँड्दैआएका छन्।
Leave a Reply