dreadlocks

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् dreadlocks

गन्ती 6 : 5
5 “त्‍यो अलग हुने भाकल राखेका सम्‍पूर्ण दिनसम्‍म त्‍यसको शिरमा छुरा नलाओस्‌। जहिलेसम्‍म परमप्रभुको निम्‍ति आफूलाई अलग राख्‍छ, त्‍यो समय पूरा नहोउञ्‍जेल त्‍यो शुद्ध बसोस्‌। त्‍यसले आफ्‍नो कपाल लामो हुन देओस्‌।

न्यायकर्ताहरू 16 : 13
13 फेरि दलीलाले तिनलाई भनी, “तपाईंले त अझै पनि मलाई बेवकूफ तुल्‍याइराख्‍नुभएको छ र मलाई झूट बोल्‍दैहुनुहुन्‍छ। भन्‍नुहोस्, तपाईंलाई कसरी बाँध्‍न सकिन्‍छ?” तिनले भने, “मेरा कपालका सात वटा लट्टालाई तानमा बुनेर कीलाले कसेर राख्‍यौ भने म अरू मानिसजस्‍तै निर्बल भइहाल्‍नेछु।”

१ शमूएल 1 : 11
11 हन्‍नाहले यी कुरा भनेर भाकल गरिन्, “हे सर्वशक्तिमान्‌ परमप्रभु, यदि तपाईंले मेरो दु:ख बुझेर ममाथि कृपा-दृष्‍टि गर्नुभयो र मलाई सम्‍झनुभयो, अनि यदि तपाईंले मलाई भुल्‍नुभएन, र एउटा बालक दिनुभयो भने, म त्‍यस बालकलाई त्‍यसको जीवनपर्यन्‍त परमप्रभुमा समर्पण गर्नेछु, र त्‍यसको कपालमा कहिल्‍यै छुरा लाग्‍नेछैन।”

इजकिएल 44 : 20
20 “‘तिनीहरूले आफ्‍ना केश मुड़ाउनुहुँदैन अथवा ती लामा बढ्‌न पनि दिनुहुँदैन, तर तिनीहरूले आफ्‍नो केश छोटो गरी काट्‌नुपर्छ।

लेवीहरू 21 : 5
5 “‘पूजाहारीहरूले शोकमा आफ्‍नो कपाल नखौरून्, दाह्रीका कुनाहरू नछाँटून्‌ र आफ्‍नो शरीरमा कुनै चोट नपारून्‌।

न्यायकर्ताहरू 16 : 19
19 त्‍यसले शिमशोनलाई आफ्‍नो काखमा सुताई, र एक जना मान्‍छेलाई बोलाएर सातै वटा लट्टा खौरिन लगाई। यसरी दलीलाले शिमशोनलाई काबूमा पार्न लागी अनि तिनको बल हट्‌यो।

इजकिएल 8 : 3
3 तिनले हातजस्‍तै आकार पसारेर मेरो कपालको लट्टा समातेर मलाई जुरुक्‍क उठाए। त्‍यसपछि आत्‍माले मलाई पृथ्‍वी र स्‍वर्गको बीचमा उचालेर परमेश्‍वरका दर्शनहरू देखाउँदै यरूशलेममा मन्‍दिरको भित्री चोकमा प्रवेश गर्ने उत्तरपट्टिको मूल ढोकानेर लग्‍नुभयो। त्‍यहाँ डाह तुल्‍याउने मूर्तिको आसन थियो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *