सिजरिया

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् सिजरिया

प्रेरित 8 : 40
40 तर फिलिप अश्‍दोदमा देखा परे, र कैसरिया नपुगुञ्‍जेल सबै सहरहरूमा सुसमाचार सुनाउँदै गए।

प्रेरित 21 : 8
8 भोलिपल्‍ट हामी बिदा भएर कैसरियामा आयौं, र प्रचारक फिलिपको घरमा पस्‍यौं। तिनी ती सात जनामध्‍ये एक थिए, र हामी तिनीसँग बस्‍यौं।

प्रेरित 10 : 1
1 कैसरियामा कर्नेलियस नाउँका एक जना मानिस थिए, जो इटालिया भन्‍ने पल्‍टनका एक कप्‍तान थिए।

प्रेरित 10 : 24
24 पर्सिपल्‍ट तिनीहरू कैसरिया पुगे। आफ्‍ना कुटुम्‍बहरू र घनिष्‍ठ मित्रहरूलाई बोलाएर जम्‍मा गरी कर्नेलियस तिनीहरूको बाटो हेरिरहेका थिए।

प्रेरित 12 : 23
23 तर परमेश्‍वरलाई महिमा नदिएकोमा त्‍यत्तिखेरै प्रभुका एउटा स्‍वर्गदूतले उनलाई प्रहार गरे, र स्‍याउँ-स्‍याउँ कीरा परेर उनको देहान्‍त भयो।

प्रेरित 23 : 24
24 अनि पावलको निम्‍ति पनि घोडाको व्‍यवस्‍था गर, र उनलाई सुरक्षासाथ हाकिम फेलिक्‍सकहाँ पुर्‍याऊ।”

प्रेरित 9 : 30
30 तर यो थाहा पाएर भाइहरूले तिनलाई कैसरियामा ल्‍याए र त्‍यहाँबाट तिनलाई टार्ससमा पठाइदिए।

प्रेरित 23 : 35
35 “तिमीलाई अभियोग लाउनेहरू आएपछि तिम्रो मुद्दा सुन्‍नेछु।” अनि उनले तिनलाई हेरोदले बनाएको दरबारमा राख्‍नू भनी हुकुम गरे।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *