यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् सिँचाइ
व्यवस्था 11 : 10
10 तिमीहरूले जुन देश अधिकार गर्न लागेका छौ त्यो देश तिमीहरू निस्केर आएको मिश्रजस्तो छैन, जहाँ बीउ छरेर तिमीहरूले सागबारीमा झैँ खुट्टाले पानी हाल्नुपर्थ्यो।
हितोपदेश 21 : 1
1 राजाको हृदय परमप्रभुको हातमा हुन्छ, खोलाको पानीझैँ जता मन लाग्यो उतै उहाँले फर्काउनुहुन्छ।
उपदेशक 2 : 6
6 लहलह बढ्दैगरेका वृक्षहरूका उद्यानहरूलाई सिँचाइ गर्न मैले पानीका ठूला-ठूला जलाशयहरू बनाएँ।
यशैया 58 : 11
11 परमप्रभुले तिमीहरूलाई निरन्तर डोर्याउनुहुनेछ, र घामको उखुम गर्मी परेका ठाउँहरूमा पनि तिमीहरूलाई सन्तुष्ट पार्नुहुनेछ, र तिमीहरूका हाड़हरूलाई बलिया पार्नुहुनेछ। तिमीहरू प्रशस्त पानीले भिजाएको बगैँचाझैँ र नसुक्ने पानीको मूलझैँ हुनेछौ।
१ कोरिन्थी 3 : 6
6 मैले रोपें, अपोल्लोसले पानी हाले, तर परमेश्वरले नै बढ़ाउनुभयो।
१ कोरिन्थी 3 : 8
8 रोप्ने र पानी हाल्ने एकै समान हुन्। हरेकले आफ्ना-आफ्नै मेहनतअनुसार आफ्नो ज्याला पाउनेछ।
Leave a Reply