सामग्री

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् सामग्री

हिब्रू 13 : 5
5 तिमीहरूका जीवन रुपियाँपैसाको मोहबाट अलग्‍ग राख। तिमीहरूसँग भएका कुरामा सन्‍तुष्‍ट बस, किनकि उहाँले भन्‍नुभएको छ, “म तिमीहरूलाई कुनै रीतिले छोड्‌नेछैनँ, म तिमीहरूलाई त्‍याग्‍नेछैनँ।”

रोमी 6 : 23
23 किनकि पापको ज्‍याला मृत्‍यु हो, तर परमेश्‍वरको सित्तैँको वरदान ख्रीष्‍ट येशू हाम्रा प्रभुमा अनन्‍त जीवन हो।

उत्‍पत्ति 33 : 11
11 अब बिन्‍ती छ, तपाईंलाई नै भनेर ल्‍याएको मेरो यो सौगात ग्रहण गर्नुहोस्, किनभने परमेश्‍वरको अनुग्रह ममाथि भएको हुनाले मसँग प्रशस्‍तै छ।” यसरी याकूबले जिद्दी गरे, र एसावले ती लिए।

होशे 4 : 7
7 जति-जति पूजाहारीको संख्‍या बढ्‌दैगयो, त्‍यति-त्‍यति तिनीहरूले मेरो विरुद्धमा पाप गर्दैगए। तिनीहरूले आफ्‍नो गौरवलाई नीच कुरासँग साटे।

२ कोरिन्थी 12 : 10
10 यसकारण ख्रीष्‍टको खातिर दुर्बलताहरूमा, बदनामीहरूमा, कठिनाइहरूमा, सतावटहरूमा, आपद्‌हरूमा म सन्‍तुष्‍ट रहन्‍छु। किनकि जब म दुर्बल छु, तब म शक्तिशाली छु।

हितोपदेश 28 : 25
25 लोभी मानिसले कलह मच्‍चाउँछ, तर परमप्रभुमा भरोसा राख्‍ने मानिसको फलिफाप हुन्‍छ।

२ तिमोथी 2 : 19
19 तर परमेश्‍वरको दृढ़ जग खड़ै रहन्‍छ, र त्‍यसमा यो छाप लागेको छ, “प्रभुले आफ्‍ना जतिलाई चिन्‍नुहुन्‍छ,” र “प्रभुको नाउँ लिने जति हरेक अधर्मबाट टाढ़ै रहोस्‌।”

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *