सांसारिक संगीत

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् सांसारिक संगीत

१ यूहन्‍ना 2 : 15
15 संसारलाई वा संसारमा भएका कुनै पनि थोकलाई प्रेम नगर। यदि कुनै मानिसले संसारलाई प्रेम गर्दछ भने पिताको प्रेम त्‍यसमा हुँदैन।

कलस्सी 3 : 16
16 ख्रीष्‍टको वचन तिमीहरूमा प्रशस्‍ततासँग वास गरोस्‌। पूरा बुद्धिमानीसाथ एउटाले अर्कालाई सिकाओ र अर्ती देओ, र परमेश्‍वरप्रति आफ्‍नो हृदयमा रहेको कृतज्ञतासाथ भजन, स्‍तुति र आत्‍मिक गान गाओ।

रोमी 12 : 2
2 यस संसारको ढाँचामा नचल, तर आफ्‍नो मनमा नयाँ भई पूर्ण रूपले परिवर्तित होओ, र परमेश्‍वरको असल, ग्रहणयोग्‍य र सिद्ध इच्‍छा के हो, त्‍यो तिमीहरूले जाँच्‍न सक।

१ कोरिन्थी 3 : 16
16 के तिमीहरूलाई थाहा छैन, तिमीहरू परमेश्‍वरका मन्‍दिर हौ, र परमेश्‍वरका पवित्र आत्‍मा तिमीहरूमा वास गर्नुहुन्‍छ?

रोमी 12 : 1
1 यसकारण भाइ हो, परमेश्‍वरको कृपालाई ध्‍यानमा राखी म तिमीहरूलाई अनुरोध गर्दछु, कि तिमीहरूको आत्‍मिक उपासनाको रूपमा आ-आफ्‍ना शरीरलाई पवित्र र परमेश्‍वरलाई ग्रहणयोग्‍य हुने जिउँदो बलिको रूपमा अर्पण गर।

यूहन्‍ना 12 : 43
43 किनभने परमेश्‍वरको प्रशंसाभन्‍दा मानिसको प्रशंसा तिनीहरू बढ़ी रुचाउँथे।

एफिसी 5 : 11
11 अन्‍धकारका निष्‍फल कार्यहरूमा भाग नलेओ, बरु तिनलाई प्रकट गरिदेओ।

एफिसी 5 : 19
19 एउटाले अर्कासँग भजन, गीत र आत्‍मिक गानमा बोल्‍दै र आफ्‍नो सम्‍पूर्ण हृदयले प्रभुको निम्‍ति गाउँदै र धुन निकाल्‍दै

यूहन्‍ना 4 : 24
24 परमेश्‍वर आत्‍मा हुनुहुन्‍छ, र उहाँका आराधकहरूले आत्‍मा र सत्‍यतामा आराधना गर्नुपर्छ।”

१ पत्रुस 2 : 9
9 तर तिमीहरू त चुनिएका वंश, राजकीय पूजाहारीगिरी, पवित्र जाति, परमेश्‍वरका निजी प्रजा हौ। उहाँले तिमीहरूलाई अन्‍धकारदेखि उहाँका उदेकको ज्‍योतिमा ल्‍याउनुभयो, ताकि तिमीहरू उहाँका आश्‍चर्यपूर्ण कार्यहरूको घोषणा गर्न सक।

रोमी 8 : 8
8 पापमय स्‍वभावको वशमा हुनेहरूले परमेश्‍वरलाई प्रसन्‍न पार्न सक्‍दैनन्‌।

मत्ती 6 : 33
33 तर पहिले उहाँको राज्‍य र उहाँका धार्मिकताको खोजी गर, र यी सबै थोक तिमीहरूका निम्‍ति थपिनेछन्‌।

याकूब 1 : 27
27 परमेश्‍वर र पिताको अगाडि शुद्ध र पवित्र धर्म यही हो: अनाथ र विधवाहरूलाई तिनीहरूको कष्‍टमा हेरचाह गर्नु, र आफूलाई संसारबाट निष्‍कलङ्क राख्‍नु।

यूहन्‍ना 14 : 15
15 “तिमीहरूले मलाई प्रेम गर्छौ भने मेरा आज्ञाहरू पालन गर्नेछौ।

यशैया 5 : 20
20 धिक्‍कार तिनीहरूलाई, जसले खराबलाई असल र असललाई खराब भन्‍दछन्, जसले अँध्‍यारोलाई उज्‍यालो र उज्‍यालोलाई अँध्‍यारो मान्‍दछन्‌ अनि तीतोलाई मीठो र मीठोलाई तीतोको निम्‍ति लिन्‍छन्‌।

लूका 16 : 15
15 तब उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मानिसहरूका सामुन्‍ने आफैलाई धर्मी ठहराउने तिमीहरू नै हौ, तर परमेश्‍वरले तिमीहरूका हृदय जान्‍नुहुन्‍छ, किनकि मानिसहरूका बीचमा जे उच्‍च गनिएको छ, परमेश्‍वरको दृष्‍टिमा त्‍यो तुच्‍छ ठहरिन्‍छ।

गलाती 5 : 24
24 तर तिनीहरू, जो ख्रीष्‍ट येशूका हुन्, तिनीहरूले पापमय स्‍वभावलाई त्‍यसको वासना र लालसासहित क्रूसमा टाँगिदिएका छन्‌।

भजनसंग्रह 150 : 1 – 6
1 हल्‍लेलूयाह! [1] परमप्रभुलाई उहाँको पवित्रस्‍थानमा प्रशंसा गर, उहाँको महिमामय आकाशमा उहाँको प्रशंसा गर!
2 उहाँका शक्तिशाली कार्यहरूका निम्‍ति उहाँको प्रशंसा गर! उहाँको उत्‍कृष्‍ट महानताको निम्‍ति उहाँको प्रशंसा गर!
3 तुरही बजाएर उहाँको प्रशंसा गर। वीणा र सारङ्गी बजाएर उहाँको प्रशंसा गर!
4 खैँजड़ी र नाचका साथ उहाँको प्रशंसा गर। तार-वाद्य र बाँसुरी बजाएर उहाँको प्रशंसा गर!
5 झ्‍यालीका झङ्कारका साथ उहाँको प्रशंसा गर। गुञ्‍जायमान पार्ने झ्‍यालीहरू बजाएर उहाँको प्रशंसा गर!
6 सास हुने हरेक प्राणीले परमप्रभुको प्रशंसा गरोस्‌! हल्‍लेलूयाह!

२ कोरिन्थी 5 : 17
17 यसकारण कोही ख्रीष्‍टमा छ भने त्‍यो नयाँ सृष्‍टि हो। पुरानो बितिगएको छ, हेर, नयाँ आएको छ।

यूहन्‍ना 3 : 3
3 येशूले तिनलाई जवाफ दिनुभयो, “साँच्‍चै म तिमीलाई भन्‍दछु, कोही नयाँ गरी जन्‍मेन भने उसले परमेश्‍वरको राज्‍य देख्‍न सक्‍दैन।”

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *