यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् सहरहरू
उत्पत्ति 4 : 17
17 आफ्नी पत्नीसित कयिनको सहवास भयो, र गर्भवती भएर तिनले हनोकलाई जन्माइन्। कयिनले एउटा सहर बनाएर आफ्नो छोराकै नाउँमा त्यस सहरको नाउँ पनि हनोक राखे।
उत्पत्ति 10 : 12
12 अनि निनवे र कालहको बीचमा रेसेन सहर बनाए। रेसेनचाहिँ महान् सहर हो।
गन्ती 32 : 36
36 बेथ-निम्रा, बेथ-हारान— यी पर्खालले घेरेका सहरहरू बनाए, र भेड़ाबाख्राका निम्ति खोरहरू बनाए।
व्यवस्था 9 : 1
1 हे इस्राएली हो, सुन, तिमीहरूभन्दा महान् र शक्तिशाली जातिहरू, र आकाश छुने पर्खाल लाएका ठूला-ठूला सहरहरू अधिकार गर्न तिमीहरू आज यर्दन पारि जान लागेको छौ।
यहोशू 10 : 20
20 जब यहोशू र इस्राएलीहरूले उनीहरूलाई संहार गरेर सत्यानाश पारे, र बाँचेकाहरू जति थिए उनीहरू पर्खालले घेरिएका सहरहरूभित्र प्रवेश गरे,
यहोशू 14 : 12
12 यसकारण अब यो पहाड़ी देश मलाई दिनुहोस्, जसको बारेमा परमप्रभुले त्यस दिन भन्नुभएको थियो। त्यहाँ अनाकीहरू रहन्छन्, उनीहरूका ठूला-ठूला गढ़ भएका सहरहरू छन् भन्ने तपाईंले त्यस बेला सुन्नुभएकै थियो। परमप्रभुको सहायताद्वारा उहाँको वचनअनुसार म उनीहरूलाई धपाउनेछु।”
२ इतिहास 8 : 5
5 तिनले माथिल्लो र तल्लो बेथ-होरोनलाई पर्खालले घेरे, र आग्ला लाएका मूल ढोकाहरू बनाएर सुरक्षित सहरहरू निर्माण गरे।
२ इतिहास 11 : 12
12 तिनले प्रत्येक सहरमा ढाल र भालाहरू जम्मा गरेर राखे, र तिनका गढ़ीहरू सुदृढ़ पारे। यसरी तिनले यहूदा र बेन्यामीनमाथि आफ्नो अधिकार कायम राखे।
२ इतिहास 17 : 2
2 तिनले यहूदाका किल्ला भएका सबै सहरहरूमा फौज राखे। अनि यहूदाभरि र तिनका पिता आसाले कब्जा गरेका एफ्राइमका सहरहरूमा रक्षाको निम्ति छाउनीहरू राखे।
२ इतिहास 17 : 19
19 यहूदाका किल्ला भएका सहरहरूमा राजाले राखेकाहरूबाहेक यी मानिसहरू राजाको सेवामा लागेका थिए।
२ इतिहास 21 : 3
3 तिनका पिताले तिनीहरूलाई सुन, चाँदी र बहुमूल्य थोकहरू अनि यहूदामा सुरक्षित सहरहरू पनि दान दिए। तर राज्यचाहिँ तिनले यहोरामलाई नै दिए, किनभने तिनीचाहिँ जेठा थिए।
यहोशू 10 : 2
2 उनी र उनका मानिसहरू ज्यादै डराए, किनभने गिबोन एक ठूलो नगर थियो, राजकीय नगरझैँ, त्यो ऐभन्दा पनि ठूलो थियो र त्यहाँका सबै निवासीहरू शूरवीर थिए।
१ शमूएल 27 : 5
5 दाऊदले आकीशलाई भने, “तपाईंको निगाह ममाथि भए तपाईंका देशको कुनै एउटा गाउँमा बसोबास गर्न मलाई ठाउँ दिनुहोस्। म किन तपाईं महाराजासित राजधानीमा बस्नू?”
२ शमूएल 12 : 26
26 त्यसपछि योआबले अम्मोनीहरूको सहर रब्बालाई चढ़ाइ गरेर राजाको किल्ला कब्जा गरे।
१ इतिहास 11 : 7
7 दाऊदले त्यस किल्लालाई नै आफ्नो निवासस्थान बनाए। यसैकारण मानिसहरूले त्यसलाई दाऊदको सहर भने।
उत्पत्ति 41 : 48
48 तिनले सहकालका सात वर्षसम्म मिश्रका सबै अन्न जम्मा गरे, र सहर-सहरमा अनाजहरू थन्क्याए। तिनले हरेक सहरमा वरिपरिका खेतहरूका अनाज थन्क्याएर राखे।
प्रस्थान 1 : 11
11 यसैकारण उनीहरूले तिनीहरूलाई कठोर काम लगाएर सताउनलाई तिनीहरूमाथि नाइकेहरू खटाए, र तिनीहरूले फारोको निम्ति पिताम र रामसेस भन्ने भण्डारका सहरहरू बनाए।
१ राजाहरू 9 : 19
19 अनि आफ्ना सबै भण्डार राख्ने सहरहरूसमेत आफ्ना रथहरू र घोड़ाहरू राख्नका निम्ति नगरहरू पनि बनाए। यरूशलेममा, लेबनानमा र आफूले शासन गरेका सबै इलाकाहरूमा तिनले बनाउनलाई इच्छा गरेका सबै कामहरू पूरा गरे।
२ इतिहास 8 : 4
4 अनि उजाड़-स्थानको तदमोर र हमातमा तिनले बनाएका भण्डार राख्ने सबै सहरहरूलाई पुनर्निर्माण गरे।
२ इतिहास 16 : 4
4 बेन-हददले आसा राजाको कुरा स्वीकार गरे। तिनले आफ्ना सेनापतिहरूलाई इस्राएलका सहरहरूका विरुद्धमा लड्न हुकुम दिए, र तिनीहरूले इयोन, दान, हाबिल-मैम अनि नप्तालीका सबै भण्डार राख्ने सहरहरूलाई कब्जा गरे।
२ इतिहास 17 : 12
12 यहोशापात झन् शक्तिशाली भए। तिनले यहूदामा किल्लाहरू र भण्डार राख्ने सहरहरू बनाए।
२ इतिहास 1 : 14
14 सोलोमनले धेरै रथ र घोड़ाहरू जम्मा गरे। तिनका चौध सय रथ र बाह्र हजार घोड़ाहरू थिए। कोही तिनले रथ राख्ने सहरहरूमा र कोहीचाहिँ आफूसित यरूशलेममा राखे।
२ इतिहास 8 : 6
6 तिनले बालात र तिनका भण्डार राख्ने सबै सहरहरू, र आफ्ना रथहरू र घोड़ाहरू राख्ने सबै नगरहरू बनाए। यरूशलेममा, लेबनानमा र आफ्ना सारा राज्यभरि आफैले इच्छा गरेका परियोजनाअनुसार तिनले सहरहरू बनाए।
Leave a Reply